×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एभरेष्टमा कक्षा १ सम्मका विद्यार्थीहरु दिक्षित

२६ चैत्र २०८०

२६ चैत , विराटनगर ।

विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा १ उत्तीर्ण विद्यार्थीको सोमबार दिक्षान्त समारोह सम्पन्न भएको छ । प्ले ग्रुप देखि कक्षा १ सम्मको अध्ययन पूरा गरेका विद्यार्थीलाई एक समारोहका बिच दिक्षित गरिएको हो ।

Advertisement
Advertisement

एभरेष्टको सभाहलमा सम्पन्न समारोहमा कक्षा १ उत्तीर्ण गरेका ७६ जना बालबालिकालाई दिक्षित गरिएको एभरेष्ट मन्टेश्वरीकी इन्चार्ज मेलिना ओलीले बताइन ।

दिक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले युग अनुसार अभिभावकले समेत रुपान्तरण हुन सके बालबालिकाको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने बताए ।

उनले एभरेष्टले विश्वस्तरीय शैक्षिक वातावरणमा अध्ययापन गराउने प्रयत्न गरिरहेको भन्दै घरमा पनि सोहि अनुसारको वातावरण बनाउन अभिभावकसँग आग्रह गरे ।

मस्तिकको तिब्रतर विकास हुने उमेरका बालबालिकालाई मोबाइल तथा ग्याजेटबाट सकेसम्म टाढा राख्न आग्रह गर्दै प्रिन्सिपल पुरीले आफ्ना बच्चालाई सक्दो बढी समय दिन समेत आग्रह गरे ।

दिक्षान्त समारोहमा अभिभावकका तर्फबाट आफ्ना विचार राख्दै डा. एलिना बरालले एभरेष्ट मन्टेश्वरीमा बालबालिकालाई हरेक दिन नयाँपन दिने वातावरण बनाएको भन्दै प्रशंशा गरिन् ।

‘प्रत्येक दिन फरक एउटा विषयको मात्र अध्ययापन गराएर बालबालिकालाई हरेक दिन नयाँपन दिनु अत्यन्त सकारात्मक पक्ष हो’, उनले भनिन्, ‘त्यसमाथि प्रयाप्त अतिरिक्त क्रियाकलापले बालबालिकाले रमाई रमाई सिक्ने गरेको अनुभूति मलाई पनि भएको छ ।’

आफ्नी छोरी पढाईमा तिक्ष्ण भएपनि कहिल्यै नहास्ने, राम्ररी नबोल्ने भएपछि विद्यालय परिवर्तन गर्दै एभरेष्टमा ल्याएको चर्चा गर्दै उनले भनिन्, ‘धन्न यहाँ ल्याएछु, अहिले छोरीमा आएको परिवर्तनले दङ्ग भएकी छु, धन्यवाद छ एभरेष्ट परिवारलाई ।’ दिक्षान्त समारोहमा बालबालिकाले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्दै अभिभावकलाई मनोरञ्जन प्रदान गरे ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top