नेपाल र वेस्ट इन्डिज ‘ए’बीच टी–२०, कस्तो छ तालिका ?

२६ चैत ८०, मंगलबार

२७ चैत ,काठमाण्डौ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच नेपालमा हुने पाँच टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग पाँचवटा टी २० शृंखला खेल्ने भएको हो । त्यसका लागि वेस्टइन्डिज पहिलोपटक नेपाल आउँदै छ । उक्त खेलको खेल तालिका वेस्टइन्डिज क्रिकेट बोर्डले सार्वजनिक गरेको हो । जसअनुसार पहिलो खेल अप्रिल २७ मा हुनेछ ।

यसपछि दोस्रो अप्रिल २८, तेस्रो मे १, चौथो मे २ र पाचौँ मे ४ मा हुनेछन् । सबै खेल काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समयानुसार दिउँसो १ बजे सुरु हुनेछ । ओमानबाट पर्खेपछि नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ’ए’सँग टी–२० शृंखला खेल्ने भएको हो । ओमानमा प्रिमियर कप अप्रिल १२ देखि २१ सम्म हुँदैछ ।

उक्त शृंखला खेलेपछि नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका जानेछ । आउँदो जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी–२० विश्वकप आयोजना हुँदैछ । नेपाल र वेस्ट इन्डिज पनि यो विश्वकपमा छनोट भएका छन् । २० राष्ट्र सम्मिलित विश्वकपको नेपाल समूह डी मा रहेको छ ।

नेपालसँगै समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । यसैबीच सोमबार नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी पनि सार्वजनिक भएको छ ।

केल्मीले निर्माण गरेको जर्सीमा विगतभन्दा केही पृथक प्रयोग गरिएको छ । जर्सीको अगाडी काँधमा नेपालको झन्डा छ भने तल्लो भागमा सगरमाथा र गैंडा अंकित गर्ने डिजाइन छ । रातो र निलो रंगसँगै यसपटक पहेंलो रंग पनि जर्सीमा छ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने टि२० सिरिजमा यो जर्सी प्रयोग गर्नेछ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top