क्रिकेटको नयाँ जर्सीमा राष्ट्रिय झण्डा सुताएपछि

२७ चैत ८०, मंगलबार
Share this
757shares

२७ चैत ,काठमाण्डौ ।

Advertisement

नेपालले १० वर्षपछि सहभागिता जनाउने आसन्न आईसीसी टी–२० विश्वकपका लागि भन्दै नेपाल क्रिकेट संघले नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको सोही जर्सी लगाएर नेपालले टी–२० विश्वकप खेल्नेछ । तर जर्सीलाई लिएर सकारात्मक भन्दा नकारात्मक टिप्पणीहरु बढि देखिएका छन् ।

नेपाली क्रिकेट खेलाडीहरुले लगाउने जर्सी सार्वजनिक गर्दा क्रिकेटहरु नै सहभागि नभएको भन्दै आलोचना भएको छ । राष्ट्रिय टोलीका खेलाडीहरू विदेश भ्रमणमा रहेको अवसरमा क्यानले नयाँ जर्सी सार्वजनिक ग¥यो । त्यसैले जर्सी सार्वजनिक कार्यक्रममा न राष्ट्रिय टोलीका कप्तान थिए न त अन्य खेलाडी नै । यसले जर्सी सार्वजनिक कार्यक्रमलाई केही खल्लो बनाउनु स्वाभाविक थियो ।

Advertisement

यस्तै नयाँ जर्सी भन्दा नेपालीले प्रयोग गर्ने पुरानो जर्सी नै राम्रो भएको सामाजिक संजालमा टिप्पणी गरिएको छ । नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । रंग रातो, हल्का मधुरो र सेतोमा छ । बीचमा नेपाल लेखिएको छ । बीचको भागको रंग निलो छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ । कलर अर्थात् घाँटीको भाग रातो रंगमा छ ।

दुवै भागतर्फ बाउला तर्फ कुममा नेपालको झण्डा छ । पछाडिको अधिकांश भाग निलो रंगमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लोभागमा सगरमाथा नै छ । तर खास गरी नयाँ जर्सीमा प्रयोग गरिएको राष्ट्रिय झन्डाको विषयलाई लिएर सबैभन्दा बढी नकारात्मक टिप्पणी आएको छ । खेलाडीको काँधमा पर्ने गरी जर्सीको दुबैतर्फ राखिएको राष्ट्रिय झण्डा झुकेको जस्तो देखिन्छ ।

Advertisement

सोही विषयलाई लिएर सामाजिक सञ्जालमा नयाँ जर्सीको बढी विरोध भइरहेको छ । क्यानकै आधिकारिक फेसबुक पेजमा नयाँ जर्सीप्रति आफ्नो धारणा राख्दै सम्राट श्रवणले भनेका छन् , ‘राष्ट्र र राष्ट्रियता नबुझ्नेले देश चलाकै छ, नेतृत्व र निर्णायक पदमा बस्नेले राष्ट्रिय झन्डाको महत्त्व बुझिदिएको भए सायद मन दुख्ने थिएन । राष्ट्रिय शान झल्काउने पोसाकमा झुकेको राष्ट्रिय झण्डा,’ यद्यपि पुरानो जर्सीमा पनि सोही स्थानमा नै राष्ट्रिय झण्डा राखिएको थियो ।

‘काँधमा झुकाएर राखिएको झण्डामात्र मिलेको छैन बाँकी अरु सबै ठिक छ,’ अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता प्रदीप रावलले आफ्नो प्रतिक्रिया दिएका छन् । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले त नयाँभन्दा पुरानो जर्सीले राम्रो भएको टिप्पणी गरेका छन् । यसै गरी सामाजिक सञ्जाल प्रयोगकर्ता अर्जुन आचार्यले पनि जर्सीप्रति नकारात्मक प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘जर्सी भनेर फर्सी देखाउनुभन्दा बरु फ्यानलाई डिजाइन पठाउन भनेको भए योभन्दा निकै राम्रो पठाउँथे ।’

नयाँ जर्सीको विषयमा सुरेन्द्रबहादुर केसीको टिप्पणी यस्तो छ, ‘भोली हुन लागेको प्रतियोगितालाई आज हतार गरेर जर्सी छानेजस्तो छ । पुरानो जर्सीमा डिजाइन पनि मिलेको थियो । यसपालि त के गरेछ कुन्नि !’ यस्तै अनुज कँडेलले सामाजिक संजाल एक्समा लेखेका छन्, जर्सीमा यो नेपालको झण्डा के हो ? तल तिर फर्काउनु राम्रो हो र ? अझै त्यत्रो ठूलो स्टेजमा प्रतिनिधित्व गर्ने जर्सीमा ? डिसरेस्पेक्ट भएन र यो ? जर्सी राम्रो बनाउने चक्करमा झण्डालाई यस्तो नगररुम्न हौं ।

आलोचनाका बीच हिमाल दाहालले भने सामाजिक संजालमा नयाँ जर्सीका विषयमा भएको आलोचनामा विमति राखेका छन् । उनले टुडिखेलमा बनाइएको राष्ट्रिय झण्डाको तस्विर राख्दै लेखेका छन्, यो झण्डा पनि झुकेको रहेछ । लु गर आलोचना । अब दुइटा काँधमा सिन्को गाडेर झण्डा ठाडो पारेर लाउने जर्सी त हुन्न होला । डिजाइनमा कता राख्न मिल्छ, डिजाइनरले राख्यो ।

राख्दै नराखेको भए वा उल्टो राखेको भए चै आलोचना गर्न सुहाउँथ्यो । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । यतिबेला नेपाली टोली पनि विश्वकपको तयारीमा व्यस्त छ । त्रिकोणात्मक शृङ्खला खेल्न भारत गएको टोली भारतबाटै अर्को महत्त्वपूर्ण प्रतियोगिता ‘एसीसी प्रिमियर कप’ खेल्न ओमान प्रस्थान गर्नेछ । एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

नेपाल एसीसी प्रिमियर कपको साबिक विजेता पनि हो । यसपटक पनि एसीसी प्रिमियर कपमा १० टोलीले सहभागिता जनाउँदै छन् । एसीसी प्रिमियर कपमा नेपालसँगै हङ्कङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ‘ए’ मा परेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अप्रिल १२ तारिखमा मलेसियासँग खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top