×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

क्यानडाले अस्थायी बासिन्दाको संख्यामा सीमा तोक्दै

२७ चैत्र २०८०

२७ चैत , एजेन्सी ।

क्यानडाले पहिलोपटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ । आप्रवासी मन्त्री मार्क मिलरले आगामी तीन वर्षका लागि अधिकतम सीमा तोक्ने तयारी भइरहेको बताएका छन् । मन्त्री मिलरका अनुसार सरकारले तोक्ने नयाँ सीमा सेप्टेम्बरमा सार्वजनिक हुनेछ । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी, वैदेशिक कामदार र शरणार्थीहरूको समेत सङ्ख्या सीमा तोक्ने छ ।

यसअघि आवासको संकट बढ्दै गएका कारण आप्रवासीहरूको सङ्ख्या घटाउनुपर्ने निष्कर्षमा सरकार पुगेको मन्त्रालयले बताएको थियो । हाल कुल जनसङ्ख्यामा अस्थायी बासिन्दाको सङ्ख्या ६.२ प्रतिशत रहेकोमा त्यसलाई ५ प्रतिशतमा सीमित गर्ने लक्ष्यमा सरकार रहेको मन्त्री मिलरले बताएका छन् । अस्थायी बासिन्दाहरूको दीर्घकालीन हित सुरक्षाका लागि सरकारले यो नीति लिन लागेको मिलरले स्पष्ट पारेका छन् ।

हालैका वर्षहरूमा क्यानाडामा अस्थायी बासिन्दाहरूको सङ्ख्या ह्वात्तै बढेको छ । सन् २०२४ को मार्चसम्म क्यानडामा अस्थायी बासिन्दाहरूको सङ्ख्या २५ लाख रहेको छ । यो सङ्ख्या सन् २०२१ को तुलनामा १० लाखले बढी हो । श्रम शक्तिको अभाव पूर्तिका लागि क्यानडा अस्थायी वैदेशिक श्रमिकमा निर्भर हुँदै आएको छ ।

यस नीति अनुसार क्यानडेली व्यापारिक संस्थाहरूले पनि आप्रवासी कामदारहरूको सङ्ख्यामा कटौती गर्नुपर्ने मन्त्री मिलरले बताएका छन् । यसका लागि उनीहरूलाई १ मे सम्मको समय दिइएको छ । उनीहरूले यहाँका स्थायी बासिन्दा वा क्यानडेली नागरिकबाट सम्बन्धित काम गराउन नसकिने स्थिति भए त्यसका लागि उपयुक्त प्रमाण पेश गर्नुपर्ने हुन्छ ।

क्यानडाले स्वास्थ्य तथा निर्माणतर्फका कामदारको हकमा भने ३१ अगस्टसम्म अहिलेकै सीमा अनुसार भित्र्याउने बताएको छ । सरकारी तथ्यांक अनुसार करिब ५४ प्रतिशत अस्थायी बासिन्दाहरूसँग क्यानडामा श्रम स्वीकृति रहेको छ । अस्थायी बासिन्दाहरूको सङ्ख्या निर्धारण गर्ने सरकारी नीतिको विरोध पनि भएको छ ।

यस वर्षको सुरुवाततिर क्यानडाले आगामी दुई वर्षका लागि अध्ययन स्वीकृति घटाउने लक्ष्य राखेको थियो । विद्यार्थी भिसामा आउनेहरूको सङ्ख्या ३५ प्रतिशतले कटौती गर्ने लक्ष्य सरकारले राखेको थियो । सन् २०२२ को तथ्यांक अनुसार क्यानडामा ८ लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी रहेका छन् ।

श्रमिक अभाव पूर्तिका लागि खुला आप्रवासन नीतिमा निर्भर क्यानडाले आप्रवासीहरूको सीमा तोक्नुलाई महत्त्वपूर्ण नीतिगत परिवर्तनका रूपमा पनि लिइएको छ । सरकारले आवास व्यवस्थापनमा दबाब बढेपछि आप्रवासी सङ्ख्यामा सीमा घटाउन खोजेको हो । क्यानडामा घरजग्गा खरिद निकै महँगो हुँदै गएको छ ।

त्यसका लागि औसतमा ७ लाख क्यानेडियन डलर खर्च हुने र विगत दुई वर्षमा त्यहाँको भाडादरमा करिब २२ प्रतिशतले वृद्धि भएको सरकारी तथ्यांक छ । मन्त्री मिलरका अनुसार आप्रवासीहरूले पु¥याउने योगदानबारे सरकार जानकार रहे पनि उनीहरूका निम्ति सहज सुविधाको व्यवस्थापन गर्नुपर्ने दायित्व सरकारकै भएकाले सङ्ख्या कटौती गर्न लागिएको हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top