जनतामा आशा जगाउँन नसकेको वर्ष २०८०

३० चैत , विराटनगर।

आजदेखि विसं २०८० बिदा हुँदैछ । आज राती १२ बजेपछि हामी नयाँ वर्ष २०८१ मा प्रवेश गर्दछौं । २०८० को अन्तिम दिनमा यो वर्षलाई फर्केर हेर्दा सरकारमा उथलपुथल बढी, जनतालाई दिइने डेलिभरी कम, संसदमा अवरोध, सडकमा आएदिन नारबाजी र प्रदर्शन, विभिन्न प्रकरणमा पीडितहरुसंग चरण चरणमा सहमति तर कार्यान्वयन अपूरो यस्तै यो वर्ष पनि त्रिभुवन विमानस्थलमा विदेशिनेहरुको भीडनै देखियो ।

पछिल्लोपटक २०७९ मंसिरमा भएको आम निर्वाचनपछि पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेपछि तीन पटक त गठबन्धन नै फेरे । त्यसले केन्द्रीय सरकारमा मात्र नभई प्रदेशहरूमा त झनै हानाथापको स्थिति ल्यायो । सरकार बन्ने र भत्किनेमै यो एक वर्ष गयो । फागुनमा बनेको नयाँ गठबन्धनअनुसार प्रदेश सरकार गठनका लागि सक्रिय दलहरू गण्डकीसहितका प्रदेशमा नयाँ झमेला फसेका छन् ।

Advertisement

अर्थात सत्ता उल्झनसहित सुरु भएको वर्ष २०८० त्यसबाट मुक्त हुन सकेन । समृद्धि, विकास र सुशासन त कुन चराको नाम हो भने जस्तो मात्रै भयो । यद्यपी केही भ्रष्टाचारका फाइल खुले । केही ठुला माछाहरु पक्राउ पनि परे । तर प्रहरीले पक्रिने र अड्को पड्को तेलको धुप गरेर उम्क्याउने खेलामात्रै यो वर्ष देखियो ।

सत्ता गठबन्धन परिवर्तनसँगै मन्त्री मात्र होइन, तिनका कुरा र कार्यक्रम फेरिँदा मिटरब्याज, सहकारी, किसानको दुधको बक्यौता भुक्तानीसहित जनजीविकाका सवाल ओझेलमा परे । प्रधानमन्त्री दाहालसहित प्रमुख दलका शीर्ष नेताले भ्रष्टाचार नियन्त्रणको विषय भाषणमा जोडतोडका साथ उठाउँदै आए पनि सम्पत्ति शुद्धीकरणसहितका विधेयक लामो समयदेखि संसद्मा अलपत्र छ ।

सुशासन कायम गर्न सघाउने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र लगायत निकाय निष्क्रिय छन् । संघीय संसद्बाट २०८० सालमा मिटरब्याज समस्या समाधान गर्नेसहितका चारवटा मात्र विधेयक पास भए । अन्य महत्त्वपूर्ण विधेयकहरू संसद्मा अलपत्र छन् । यता राजनीतिक नेतृत्व र उच्च अधिकारीहरूको नाम शरणार्थी प्रकरणदेखि सहकारीसम्म जोडियो ।

तर दलहरुले सरकारमा हुँदा र प्रतिपक्षमा पुग्दा एउटै विषयमा फरकफरक धारणा राख्दा त्यसले सुशासनको विषय मात्र होइन, ठुलाठुला काण्डहरू समयक्रमसँगै आउने र सेलाउने आशंका गर्न थालिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरी, मेलम्ची खानेपानी आयोजना, वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरे पनि ठुलालाई चोख्याउने र कमजोरलाई मात्र मुद्दा चलाउने गरेको आरोप उसमाथि लाग्दै आएको छ ।

यता कहिले शीर्ष नेता त कहिले दलहरुले कामै गर्न दिएनन् भन्दै गठबन्धन फेर्दै सरकार चलाइरहेका प्रधानमन्त्री यो वर्षभरि नै समाचारको हेडलाइन बनिरहे । सत्तारोणको एक वर्ष पुगेको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले अत्यावश्यकबाहेक उद्घाटन र शिलान्यासमा नजाने, गल्ती कमजोरी सुधारेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर, त्यसको भोलिपल्टै उनी पालिकास्तरीय पार्टी प्रशिक्षणमा भाग लिन गोरखा पुगे ।

जहाँ भर्खरै विवाह गरेकी नातिनीसँग उनले खिचाएको तस्वीर भाइरल मात्र भएन, प्रचण्ड नातिनीलाई भेट्नकै लागि सेनाको हेलिकोप्टर लिएर त्यहाँ पुगेको भन्दै चर्को आलोचना भयो । आफ्नै बोलीवचन र व्यवहारले पनि प्रधानमन्त्री प्रचण्ड वर्षै भरी विवादमा तानिए, प्रश्नहरूको घेरामा परिरहे ।भारत भ्रमणका बेला बंगलादेश मोडलजस्तो जमिन सट्टापट्टा गरेर भारतसँग सीमा समस्या समाधानको विकल्प अघि सार्दा उनीमाथि प्रतिपक्षी दलहरू खनिए ।

यस्तै आफ्ना लागि भारतका प्रितम सिंहले धेरै दुःख गरेको, प्रचण्डका लागि प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने उनको अर्को अभिब्यक्तिले पनि उनी विवादमा तानिए । भारत भ्रमणकै बेला मध्यप्रदेशस्थित महांकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर प्रचण्डले गरेको पूजापाठ पनि विवादमा प¥यो । कात्तिक तेस्रो साता जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा भोलिपल्टै घटनास्थल पुगेर उद्धार र राहतमा पहल लिँदा प्रधानमन्त्री प्रचण्डको प्रशंसा भएको थियो ।

तर, घरबारविहीन बनेका भूकम्पपीडितको पुनःस्थापनामा भने सरकारले ध्यान दिन सकेन । त्यस्तै, नक्कली भुटानी शरणार्थी ठगी प्रकरण र ललितानिवास जग्गा हिनामिना किर्ते प्रकरणमा हाई प्रोफाइल व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएको जस प्रचण्डले पाएका छन् । तर, सुन तस्करी प्रकरणमा आफ्नो पार्टीका नेताहरूलाई जोगाएर भरिया तस्करलाई मात्र पक्राउ गरेको जाँचबुझ आयोगको प्रतिवेदनले पुष्टि गरिदिएपछि सरकारको निष्पक्षतामाथि प्रश्न उठ्यो ।

वर्षको अन्त्यतिर आउँदा आफ्नै भाइ नातेदार नारायण दाहाललाई राष्ट्रियसभाको अध्यक्ष बनाएपछि उनको परिवारमोहको पार्टीभित्र र बाहिर चर्को आलोचना भयो । यस्तै सरकार र राजनीतिक नेतृत्व छिमेकी र मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न पनि चुकेको आरोप लाग्न थालेको छ । भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दाहालले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब दिएका थिए ।

सरकारको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेको विषय वर्षको सुरुमै निकै चर्चा र विवादमा आयो । दोस्रो आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका दाहालले भारत, संयुक्त राज्य अमेरिका, चीनको भ्रमण गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी भए । उनले अन्तर्राष्ट्रिय मञ्च र भ्रमणमा मुलुकको हित र स्वार्थमा सरकार प्रमुखको हैसियतमा स्पष्ट धारणा राख्न नसकेको आरोप छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क प्रभावहीन जस्तै बन्दै गएका बेला दक्षिण एसियाली र पूर्वी एसियाली मुलुकहरू मिलेर बनेको क्षेत्रीय संगठन बिमस्टेकको बडापत्र भने संसद्बाट पारित भएको छ ।यो वर्ष रूस–युक्रेन, इजरायल–प्यालेस्टाइन युद्धमा नेपाल र नेपाली पनि जोडिन पुगे । युद्धका क्रममा केही नेपालीको मृत्यु भएको छ भने केहीको अवस्था अज्ञात छ । हमासको आक्रमणमा घाइते भएका नेपालीको उद्धार र मृत्यु भएकाका परिवारलाई राहतका लागि सरकारले पहल गरेको थियो ।

तर विपिन जोशीलाई अझै खोज्न सकेको छैन । यता रूसी सेनामा भर्ती भएर युक्रेन युद्धको चपेटामा परेका नेपालीलाई पनि सरकारले घर फर्काउन भने सकेको छैन । युद्धग्रस्थ देशहरुसंग नेपाली फर्काउने बारे वार्ताका लागि ठिक्क परेका बेला प्रचण्डले समीकरण बदल्दा त्यसको असर पनि पर्यो । सरकारको नेतृत्व गरिरहेका प्रचण्ड र बाँकी दलहरू सत्ताकेन्द्रित हुँदा २०८० सालमा जनसरोकारका मुद्दा छायामा परे । चालु वर्षमा जनता निराश बन्दा दलहरु भने मिसन ८४ भन्दै देश दौडाहामा विताए ।

समग्रमा यो एक वर्षमा प्रचण्ड नेतृत्वको सरकारको कामकारबाही, सत्तामा जाँदै, फर्किदैं गरेका दलहरुको भूमिका, वर्षभरी विभिन्न विषयमा जनताले प्रदर्शन र आन्दोलन जारी राख्दा त्यसप्रति सरकारको जवाफदेहिता तपाइँलाई कस्तो लाग्यो ? आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top