Nepal Times
Nepal Times
3
Shares

रुसको अन्तरिक्ष रकेट प्रक्षेपण, के छ विशेषता ?

रुसको अन्तरिक्ष रकेट प्रक्षेपण, के छ विशेषता ?

३० चैत , एजेन्सी ।

रूसले बिहीवार भोस्टोचनी कोस्मोड्रोमबाट अंगारा–ए ५ अन्तरिक्ष रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । रसियाको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसको प्रत्यक्ष प्रशारणका अनुसार यस प्रकारको रकेट सुदूरपूर्वको अमुर क्षेत्रमा रुसी स्पेसपोर्टबाट उडेको यो पहिलो पटक हो। अन्तरिक्ष रकेट प्रक्षेपण यसअघि बुधवार र मंगलवार इन्जिन प्रक्षेपण नियन्त्रण प्रणालीको असफलता र रकेटको अक्सिडाइजर ट्याङ्कीको प्रेसराइजिङ सिस्टममा समस्याका कारण रद्ध गरिएको थियो ।

अंगारा हल्कादेखि भारी वर्गसम्मका रूसी क्यारियर रकेटहरूको समूह हो । तिनीहरूले इन्धनको रूपमा मट्टितेल र तरल अक्सिजन प्रयोग गर्छन् । जुन पर्यावरण अनुकूल घटक हुन् । रकेटहरूको अंगारा परिवारले उपग्रहहरूलाई तल्लो पृथ्वीको कक्षामा तैनाथ गर्ने उद्देश्य राखेको छ ।

जस्तै स्पेक्ट्र–यूभी अर्बिटल अब्जर्भेटरी, सम्भावित रूसी अर्बिटल स्टेशनका धेरै मोड्युलहरू र नयाँ पुस्ताको लागि तयार गरिएको यातायात जहाज पिटिके एनपी, जसले कर्मचारीहरूलाई स्टेशनमा पु¥याउनेछ । उता छिमेकी मुलुक बेलारुसका राष्ट्रपति लुकाशेन्कोले बिहीवार महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्कायालाई ‘बेलारुसको नायक’ को उपाधि प्रदान गरेका छन् ।

देशको स्वतन्त्रता पछि पहिलो बेलारूसी अन्तरिक्ष यात्रीको रूपमा भासिलिभस्काया मार्च २३ मा रूसी सोयुज एमएस—२५ अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा उडान गरेकी थिइन् । अप्रिल ६ मा सफलतापूर्वक फर्किएकी थिइन् । लुकासेन्कोले समारोहमा आइएसएसमा भासिलिभस्कायाको उडानले बेलारुसको अन्तरिक्ष कार्यक्रमहरूमा सहभागिताको लागि नयाँ कोसेढुङ्गा भएको बताए ।

बेलारुसको नायकको उपाधि बेलारुसको सर्वोच्च सम्मान हो । जुन देश र समाजमा उत्कृष्ट योगदान र राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र समृद्धिको नाममा उत्कृष्ट सेवाहरूको कदरस्वरूप प्रदान गरिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.