×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

अमेरिकी–इजरेली रक्षामन्त्री वार्तामाः इरानी आक्रमणको चिन्ता

३० चैत्र २०८०

३० चैत ,एजेन्सी ।

इरानले इजरायलमा आक्रमण गर्न सक्ने चिन्तालाई लिएर अमेरिका र इजरायली अधिकारीहरू छलफलमा जुटेका छन् । पेन्टागनका अनुसार अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार इजरायलका रक्षामन्त्री योभ ग्यालान्टसँग कुरा गरेका छन् । कुराकानीका क्रममा अमेरिकी रक्षामन्त्रीले इरानबाट हुने सम्भावित खतरामा इजरायलको रक्षा गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् ।

Advertisement
Advertisement

अप्रिल १ मा सिरियास्थित इरानी दूतावास परिसरमा इजरायलले घातक हमला गरेको थियो । उक्त हमलामा सात इरानी अधिकारीको ज्यान गएको थियो । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले उक्त घटनामा इजरायलसँग बदला लिनुपर्ने चेतावनी दिएका थिए । इजरायलले गाजामा गरिरहेको आक्रमणका बेला मध्यपूर्वमा यो घटनापछि थप तनाव बढ्न सक्ने चिन्ता बढेको छ ।

इरानले आउँदा केही घण्टाभित्र आक्रमण गर्नसक्ने भन्ने रिपोर्ट समेत आएका छन् । यसबीच मध्य–पूर्वका लागि शीर्ष अमेरिकी जनरलले इजरायल पुगेका छन् । अमेरिकी केन्द्रीय कमान्ड जनरल एरिक कुरिल्लाले इजरायली सैन्य अधिकारीसँगको भेटलाई प्राथमिकतामा राखेका छन् । बेलायतका विदेशमन्त्रीले आफ्ना इरानी समकक्षीलाई तेहरानले मध्यपूर्वलाई थप द्वन्द्वमा धकेल्न नहुने भनेका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा बाहेकका स्थानमा लड्ने गरी तयारी गरिरहेको चेतावनी दिएका छन् । यता इजरायलमाथि ईरानले आक्रमणको चेतावनी दिएपछि अमेरिकाले आफ्ना कर्मचारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ । इजरायलस्थित अमेरिकी दूतावासले अत्यधिक सावधानी अपनाउँदै इजरायलको राजधानी तेल अबिभ, जेरूशलम र बीयर शेवाभन्दा बाहिर यात्रा नगर्न भनेको छ ।

एक अप्रिलका दिन सिरियास्थित ईरानी वाणिज्य दूतावासमाथि आक्रमण भएको थियो । जसमा १३ जना मारिएका थिए । ईरानको कुद्र्स फोर्सका एक शीर्ष कमान्डर र उनका उपप्रमुखको उक्त आक्रमणमा मृत्यु भएको थियो । ईरानले उक्त आक्रमण इजरायल संलग्न रहेको र अक्रमणको बदला लिने चेतावनी दिइसकेको छ । तर, इजरायलले भने हालसम्म उक्त आक्रमणको जिम्मेवारी लिएको छैन ।

यता, इजरायलमाथि ईरानको आक्रमणले दिएको चेतावनी पछि विभिन्न मुलुकले ईरानलाई संयमता अपनाउँदै कुरालाई अघि नबढाउन आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले ईरानलाई चेतावनी दिँदै इजरायलमाथि आक्रमण नगर्न भनेका छन् भने बेलायतले पनि ईरानलाई आक्रमण नगर्न आग्रह गरेको छ । रुसले पनि दुवैलाई संयमता अपनाउन भनेको छ । गाजामा इजरायल र हमासबीच जारी युद्ध पछि सिरियाका विभिन्न स्थानमा आक्रमण बढेको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top