सलमान खानको घर नै असुरक्षित , कसले हान्यो गोली ?

२ वैशाख  , एजेन्सी ।

Advertisement

बलिउड स्टार दबङ खानका रुपमा चर्चित सलमान खानको निवास नजिक गोली चलेको छ। मुम्बई बान्द्रास्थित खानको घरमा आइतबार बिहान ५ बजे गोली चलेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । बिहान मोटरसाइकलमा आएका दुई जनाले सडकबाटै सलमान खान बस्ने घरमा गोली चलाएका थिए। त्यहाँ उनीहरूले पाँच राउन्ड गोली चलाएर फरार भएका थिए।

सलमान खानलाई वाइ प्लस श्रेणीको सुरक्षा दिइएको छ। त्यसमा ११ जना प्रहरी खटिने व्यवस्था छ। तर कडा सुरक्षा व्यवस्थाका बाबजुद मोटरसाइकलमा आएका दुई जनाले सलमान खानको घरलाई निशाना बनाई पाँच राउन्ड गोली चलाएर फरार भएपछि उनको सुरक्षामाथि थप प्रश्न उठेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement

घटना हुँदा सलमान खान सोही घरमा थिए। उनी बसेको भवनको पहिलो तलामा गोली लागेको बताइएको छ। घटनाबारे मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा विदेशी पेस्तोलबाट गोली प्रहार भएको खुलेको छ। प्रहरीले सिसिटिभी फुटेज केलाएर अनुसन्धान थालेको छ। यो घटनालाई ध्यानमा राख्दै उनको सुरक्षा बढाइएको छ ।

सलमान खानलाई पटकपटक ज्यान मार्ने धम्की आएको छ । कुख्यात ग्याङ्स्टर लरेन्स बिश्नोईले अभिनेतालाई यसअघि नै पटकपटक मार्ने धम्की दिएका छन् । सलमान खानसँग अहिले वाई प्लस सुरक्षा छ । गत वर्ष अभिनेताको कार्यालयमा धम्कीपूर्ण इमेल पठाइएको थियो । सलमानका नजिक रहेका प्रशान्त गुञ्जालकरलाई रोहित गर्गबाट धम्कीको मेल आएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top