Nepal Times
Nepal Times
3
Shares

आज मुम्बई भर्सेस चेन्नई,नजर रोहित र धोनीमाथि

आज मुम्बई भर्सेस चेन्नई,नजर रोहित र धोनीमाथि

२ वैशाख , एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबिच खेलिने छ । दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ । कोलकाता र लखनउबिचको खेल ईडेन गार्डेन्समा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यो कोलकाताको घरेलु मैदान हो ।

जारी आईपीएलमा कोलकाताको यो पाँचौँ खेल हो । यसअघि खेलिएको चारमध्ये तीन खेलमा कोलकाताले जित हात पारेको थियो । बाँकी एक खेलमा भने कोलकाता पराजित भएको थियो । कोलकाता ६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । अर्कोतिर, लखउनले जारी सिजनको आईपीएलमा छैटौँ खेल खेल्न लागेको हो ।

यसअघि खेलिएको पाँचमध्ये तीन खेलमा लखनउ विजयी भएको थियो । बाँकी दुई खेलमा भने लखनउ पराजित भएको थियो । लखनउ ६ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । कोलकाता र लखनउबिचको खेल जारी सिजनको आईपीएलमा खेल्न लागिएको २८औँ खेल हो ।

आईपीएलको इतिहासमा हालसम्म कोलकाताले लखनउलाई हराउन सकेको छैन । यी दुई टोलीबिच आईपीएलमा हालसम्म तीन खेल खेलिएको छ । तीनवटै खेलमा लखनउले कोलकातालाई हराएको छ । यसअघि आफ्नै घरेलु मैदानमा पनि लखनउसामु कोलकाता निरीह देखिएको छ । इडेन गार्डेन्स स्टेडियममा हालसम्म यी दुई टोलीबिच एक खेल खेलिएको छ ।

त्यो खेलमा पनि लखनउले कोलकातालाई एक रनले हराएको थियो । शनिबारको खेलमा राजस्थान रोयल्सले पन्जाब किङ्समाथि ३ विकेटको जित निकालेको छ । एक सय ४८ रनको लक्ष्य पाएको राजस्थानले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो । उसले १ सय ५२ रन जोड्दै जित दर्ता गरेको हो । ६ खेलपछि राजस्थान १० अंकका साथ शीर्षस्थामा छ ।

दोस्रो स्थानको कोलकाता नाइट राइडर्ससहित ५ टोलीको समान ६ अंक छ । १० टोलीको सहभागिता रहेको आइपिएलमा ४ अंकसहित पन्जाब आठौं स्थानमा छ । आजको दोस्रो खेलमा आईपिएलका सर्वाधिक सफल कप्तान रहीसकेका रोहित शर्मासम्मिलित मुम्बई इण्डियन्स र महेन्द्र सिंह धोनी सम्मिलित चेन्नई सुपर किंग्स बेलुका पौने ८ बजे खेल्दैछन् ।

भारतीय क्रिकेटका लिजेन्ड बनिसकेका यी दुई खेलाडीमाथि आज दर्शकको विशेष नजर रहनेछ । यो खेल मुम्बईको घरेलु मैदान वान्खडेमा हुनेछ । मुम्बई ५ खेलमा दुई जितसहित तालिकाको सातौँ स्थानमा छ । चेन्नई ५ खेलमा तीन जितसहित तालिकाको तेस्रो स्थानमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.