आज मुम्बई भर्सेस चेन्नई,नजर रोहित र धोनीमाथि

१ बैशाख ८१, आइतबार

२ वैशाख , एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबिच खेलिने छ । दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ । कोलकाता र लखनउबिचको खेल ईडेन गार्डेन्समा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यो कोलकाताको घरेलु मैदान हो ।

जारी आईपीएलमा कोलकाताको यो पाँचौँ खेल हो । यसअघि खेलिएको चारमध्ये तीन खेलमा कोलकाताले जित हात पारेको थियो । बाँकी एक खेलमा भने कोलकाता पराजित भएको थियो । कोलकाता ६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । अर्कोतिर, लखउनले जारी सिजनको आईपीएलमा छैटौँ खेल खेल्न लागेको हो ।

यसअघि खेलिएको पाँचमध्ये तीन खेलमा लखनउ विजयी भएको थियो । बाँकी दुई खेलमा भने लखनउ पराजित भएको थियो । लखनउ ६ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । कोलकाता र लखनउबिचको खेल जारी सिजनको आईपीएलमा खेल्न लागिएको २८औँ खेल हो ।

आईपीएलको इतिहासमा हालसम्म कोलकाताले लखनउलाई हराउन सकेको छैन । यी दुई टोलीबिच आईपीएलमा हालसम्म तीन खेल खेलिएको छ । तीनवटै खेलमा लखनउले कोलकातालाई हराएको छ । यसअघि आफ्नै घरेलु मैदानमा पनि लखनउसामु कोलकाता निरीह देखिएको छ । इडेन गार्डेन्स स्टेडियममा हालसम्म यी दुई टोलीबिच एक खेल खेलिएको छ ।

त्यो खेलमा पनि लखनउले कोलकातालाई एक रनले हराएको थियो । शनिबारको खेलमा राजस्थान रोयल्सले पन्जाब किङ्समाथि ३ विकेटको जित निकालेको छ । एक सय ४८ रनको लक्ष्य पाएको राजस्थानले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो । उसले १ सय ५२ रन जोड्दै जित दर्ता गरेको हो । ६ खेलपछि राजस्थान १० अंकका साथ शीर्षस्थामा छ ।

दोस्रो स्थानको कोलकाता नाइट राइडर्ससहित ५ टोलीको समान ६ अंक छ । १० टोलीको सहभागिता रहेको आइपिएलमा ४ अंकसहित पन्जाब आठौं स्थानमा छ । आजको दोस्रो खेलमा आईपिएलका सर्वाधिक सफल कप्तान रहीसकेका रोहित शर्मासम्मिलित मुम्बई इण्डियन्स र महेन्द्र सिंह धोनी सम्मिलित चेन्नई सुपर किंग्स बेलुका पौने ८ बजे खेल्दैछन् ।

भारतीय क्रिकेटका लिजेन्ड बनिसकेका यी दुई खेलाडीमाथि आज दर्शकको विशेष नजर रहनेछ । यो खेल मुम्बईको घरेलु मैदान वान्खडेमा हुनेछ । मुम्बई ५ खेलमा दुई जितसहित तालिकाको सातौँ स्थानमा छ । चेन्नई ५ खेलमा तीन जितसहित तालिकाको तेस्रो स्थानमा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top