रोहितले कीर्तिमानी शतक हान्दा पनि चेन्नइको जित

२ बैशाख ८१, सोमबार

३ वैशाख , एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग २० रनले हारेको हो । २०७ रनको लक्ष्यको पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १८६ रन मात्र बनायो । रोहितले अविजित १०५ रन बनाए । त्यसक्रममा उनले टी–२० क्रिकेटमा ५०० छक्का पनि पूरा गरे।

टी–२० क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने उनी भारतका पहिलो र विश्वका पाँचौं खेलाडी बनेका छन्। रोहितको नाममा हाल टी–२० का ४१९ इनिङ्समा ५०२ छक्का छ। जसमध्ये उनले आईपीएलमा २७२ छक्का प्रहार गरेका छन्। उनीभन्दा अगाडि क्रिस गेल, किरोन पोलार्ड, आन्द्रे रसेल र कोलिन मुनरो छन्। वेस्ट इन्डिजका गेलको नाममा ४५५ टी–२० इनिङ्समा १०५६ छक्का छ।

इशान किसनले २३, तिलक बर्माले ३१ र टिम डेभिडले १३ रन बनाए । अरु कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा मुम्बइ चेन्नाइसामु निरीह भयो । मुम्बइलाई रोक्न चेन्नइका मतिशा पाथिराना एक्लैले जम्मा २८ रन खर्चेर चार ओभरमा चार विकेट लिए । तुसार देशपाण्डे र मुस्ताफिजुर रहमाले एक÷एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नइले चार विकेट गुमाएर २०६ रन बनाएको थियो । रुतुराज गायकवाडले ६९, शिभम दुबेले ६६ रनको योगदान गरे । रचिन रविन्द्रले २१, महेन्द्रसिंह धोनीले २० र र्डेल मिचेलले १७ रन बनाए । मुम्बइका हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले एक÷एक विकेट लिए ।

यो खेल जितेसँगै चेन्नइ तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बइ ८औं स्थानमा रहेको छ । चेन्नइको जितमा पूर्वकप्तान धोनी नायक भए । महेन्द्र सिंह धोनीले मुम्बई विरुद्धको खेलमा ४ बलमा २० रनको इनिङ खेलेका थिए । योसँगै धोनीले यस लिगमा चेन्नइबाट खेल्दै ५ हजार रन पनि पूरा गरेका छन् ।

धोनीले हार्दिक पाण्ड्याविरुद्ध लगातार तीन छक्का प्रहार गरेका थिए । योसँगै धोनीले आईपीएलमा २० औं ओभरमा ६४ छक्का प्रहार गर्ने कीर्तिमा पनि बनाएका छन् । आईपीएलमा आज सोमबार रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दैछ । जारी सिजनको आईपीएलमा बैंगलुरु सबैभन्दा कमजोर टोलीको रूपमा देखिएको छ ।

बैंगलुरु र हैदराबादबिचको खेल राति ७ः४५ बजे बैंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ । जारी सिजनको आईपीएलमा हैदराबादको यो छैटौँ खेल हो । हैदराबादले यसअघि खेलिएको पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । हैदराबाद ६ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

सिजनको सुरुआतदेखि नै निराशाजनक प्रदर्शन गर्दै आएको बैंगलुरुको भने यो सातौँ खेल हो । बैंगलुरु यसअघि खेलिएको ६ मध्ये पाँच खेलमा पराजित भएको छ । एक खेलमा भने बैंगलुरुले सफलता हात पारेको छ । बैंगलुरु केवल दुई अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ ।

इन्डियन प्रिमियर लिगमा हालसम्म यी दुई टोलीबिच कुल २३ खेल खेलिएको छ । त्यसमध्ये १२ खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई हराएको छ । १० खेलमा बैंगलुरुले हैदराबादलाई पराजित गरेको छ । बाँकी एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top