×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

नेपाल सुरुङ युगमा प्रवेश, नागढुंगामा ब्रेक थ्रु,सुरुङ भित्र के छ ?

३ बैशाख २०८१

३ वैशाख , विराटनगर ।

ठूलाठूला पहाडका टाकुरा एकैछिनमा झिलिमिली सुरुङमार्गबाट छिचोलेको अनुभव धेरै नेपालीले विदेशी भूमिमा गरिसकेका छन् । उनीहरुको पनि अपेक्षा छ सबै नेपालीले घटौंसम्म यात्रा गर्नुपर्ने नागबेली सडकको साटो यस्तै सुरुङमार्गबाट सहजै छिटोछरितो रुपमा यात्रा गर्न सकुन् । अनि चिल्ला सडकमा गुड्ने सपना कुन नेपालीको नहोला र ? विदेशी भूमिमा सुरुङको विकास लामो समय अघिदेखि नै भए पनि नेपालमा भने ब्यवस्थित रुपमा ढिलो गरी यसको शुरुवात गरिँदैछ ।

Advertisement
Advertisement

२०७६ चैतमा बुटवल–नारायणगढ सडकखण्डको शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘२०८० देखि नेपालमा सुरुङ युग सुरु हुन्छ ।’ पछि नागढुंगामा बन्ने सुरुङमार्ग शिलान्यास गर्दा पनि उनले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताएका थिए । ओलीले शिलान्यास गरेको सोही सुरुङमार्गमा आज ब्रेक थु्र गरिएको छ ।

देशको गौरवको आयोजनाका रुपमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ब्रेक थ्रु अर्थात् वारपार छेड्ने काम पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सोमबार सुरुङको ’ब्रेक थ्रु’ भएको हो । सुरुङमार्ग दुई हजार ६८८ मिटर लामो रहेको छ । यस सुरुङमार्गमार्फत् काठमाडौंको बलम्बुबाट करिब तीन मिनेटमै धादिङको सिस्नेखोला पुग्न सकिनेछ । सुरुङमार्ग वारपार भइसके पनि सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

नागढुंगा–नौबिसे सुरूङ मार्गको मुख्य सुरूङ छिचोलिएको छ। कुल २२ अर्ब रूपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको थियो । आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। यो सुरुङ मार्ग जापान सरकारको करिब १६ अर्ब रूपैयाँ सहुलियतपूर्ण कर्जामा नेपाल सरकारको समेत लगानीमा बनिरहेको कारण आज जापानी संस्कृति र नेपाली पक्षले हिन्दू परम्पराअनुसार विशेष पूजा गरेर मुख्य सुरूङको ’ब्रेक थ्रु’ गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले विद्युतीय स्वीच थिचेर ब्लास्टिङ गरी सुरूङ ’ब्रेक थ्रु’ गरिएको हो। जहाँ प्रधानमन्त्री, उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री, जापानी दूत लगायतका अतिथिका लागि तामझामका साथ रातो कार्पेट देखि सोफा सेटसम्म सुरुङमा सजिसजाउ गरिएको थियो । यो सुरूङले काठमाडौंतर्फ बलम्बु र धादिङ सिस्नेखोलास्थित पृथ्वीराजमार्गलाई जोड्छ।

यो सुरूङ बनेपछि सडकमा देखिने जाम, यात्राको दूरी मात्रै होइन समयसँगै पेट्रोलियम पदार्थको पनि बचत हुने छ। सिस्नेखोलादेखि नागढुंगासम्म दिनहुँ सवारी साधन जाम हुने समस्या हुनेछ । अनि काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुनेछ। यद्यवि सुरुङमार्गमा दुई पांग्रे सवारीलाई आवतजावत गर्न दिइने छैन। यसबाहेक पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू, ग्यास बोकेका सवारी सुरक्षाका हिसाबले सुरूङबाट जान पाउँदैनन्।

सुरूङबाट मापदण्डअनुसार सामग्री बोकेका मालबाहक ट्रक, एम्बुलेन्स, दमकललगायत खतरारहित सवारी साधनहरू गुड्न पाउनेछन्। साथै सुरूङ मार्ग प्रयोग गर्ने सवारी साधनहरूले छुट्टै शुल्क तिर्नुपर्नेछ। यो सुरूङ मार्गमा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुइटा सुरूङ छ। रेस्क्यु सुरूङको लम्बाइ २,५,५७ मिटर छ। इसको यसअघि नै ब्रेक–थ्रु भइसकेको छ।

रेस्क्यु सुरूङ मुख्य सुरूङबाट ३० मिटर फरकमा छ। रेस्क्यु सुरूङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ। यो सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ। आकस्मिक अवस्थामा प्रयोग हुने यो सुरूङमा दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न पाउँछन्। मुख्य सुरूङ र रेस्क्यु सुरूङमा विभिन्न ७ ठाउँमा क्रस प्यासेज राखिएको छ जसबाट एम्बुलेन्स तथा दमकल आवतजावत गर्न सक्नेछन् ।

कुनै सवारी बिग्रियो भने पनि छेउमा अड्याएर राख्ने ठाउँ होस् र अन्य सवारी सजिलै आवतजावत गर्न सकून् भनेर बीचमा ३ मिटर खाली राखिएको छ । आयोजनामा तीन वटा अन्डरपास हुनेछन्। एउटा ओभरपास पनि निर्माण भइसकेको छ भने तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइओभर निर्माणको काम पनि अन्तिम चरणमा छ। योजनाअनुसार खत्रीपौवामा ’रोड साइड सर्भिस स्टेसन’ रहन्छ। काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुका लागि कनेक्सन पोइन्ट हुने गरी स्टेसन बनाइने योजना छ। यसमा रेस्टुरेन्ट, पार्किङ स्थल, शौचालय रहन्छन्। यो आयोजनामा जापानले दिएको १६ अर्ब भन्दा बढीको ऋण भने ४० वर्ष भित्र तिरिसक्नु पर्नेछ ।

नागढुंगापछि नेपालको अर्काे चर्चित सुरुङमार्ग हो सिद्धबाबा सुरुङमार्ग । करिब आठ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने अनुमान गरिएको यो सुरुङमार्गको लम्बाई साढे दुई किलोमिटरको हुने बताइएको छ । यसमा सुरुङमार्ग १.२ किलोमिटर र रकसेड १.३ किलोमिटर लम्बाइको हुनेछ । गएको पुसमा मात्रै तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिएका थिए ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको छ । अहिले सुरुङमार्गको ८÷९ प्रतिशत मात्रै काम भएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड सम्झौता गरी काम अगाडी बढाएको थियो।

यस्तै काठमाडौं तराई–मधेश दू््रतमार्ग (फाष्ट ट्रयाक) मा तीनवटा सुरुङमार्ग रहेका छन् । नेपाली सेनाले निमार्ण गरिरहेको यो द्रूतमार्गमा महादेवडाँडा ३.३५ किलोमिटर, धोन्द्रै १.३७ किलोमिटर र लेनडाँडा १.४ किलोमिटरका ३ वटा सुरुङमार्ग निर्माण हुनेछन् । फाष्ट ट्राकमा पर्ने सुरुङमार्ग र त्यहाँ बनाइने पुल निर्माणका लागि ४३ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेको सेनाले बताएको छ ।

भक्तपुर आउजाउ गर्ने मुख्य सडकका रुपमा रहेको कोटेश्वरको पट्यार लाग्दो सवारी जामलाई हटाउनका लागि यो सुरुङमार्गको परिकल्पना गरिएको छ । यस्तै धरान–धनकुटा सुरुङमार्गमा बन्ने तीनबटा सुरुङमार्गका लागि बोलपत्र आह्वान नै भएको छ । अपर तामाकोशीमार्गमा चीन जोड्नका लागि सुरुङमार्ग निमार्ण गरिने छ। विपी राजमार्ग खुर्कोट–चियाबारी खण्डमा पनि सुरुङमार्ग निर्माण गरिनेछ भने काडमाढौंको टोखा–छहरे–गुर्जभंज्याङ, वेत्रावती–स्याफ्रबेशी सुरुङमार्ग बनाइनेछ ।

कुलेखानी–भीमफेदी सुरुङमार्ग, पृथ्वीराजमार्गमा पर्ने मझिमटार–शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पर्ने हेम्जा–नयाँपुल, पूर्वपश्चिम राजमार्गको दाउन्नेमा रहेको दुम्कस्वास–वर्दघाट, सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट, पाल्पा–तम्घास सडकको प्रभास–जोर्ते गर्ने बजेटमा नै उल्लेख छ ।

बिज्ञहरु भने नेपालमा मानव निर्मित सुरुङको प्रयोग ४ सय वर्ष पहिल्यै पाल्पाको अर्गलीबाट सुरु भएको दाबी गर्छन् । नेपाल टनेलिङ एशोसियसनका अनुसार नेपालमा सुरुङको इतिहास निकै पुरानो हो । एशोसिएसनका अनुसार नेपालमा अहिलेसम्म करिब २५१ किलोमिटर सुरुङ बनिसकेको छ । तर, यीमध्ये सुरुङ मानिसका लागि नभएर जलविद्युत आयोजनामा बनेका हुन् । पानीलाई बाँधस्थलबाट पावरहाउससम्म पु¥याउन यस्ता सुरुङ प्रयोग गरिन्छन् ।

नेपालमा पहिलो हाईड्रो सुरुङ रुपन्देहीको तिनाउमा बनेको थियो । तिनाउ जलविद्युत आयोजनाका लागि सन् १९७४ मा यो सुरुङ खनिएको थियो । नेपालमा पहिलोपटक पाल्पामा मानिसद्वारा नै सिचाइ सुरुङ खनिएको विश्वास गरिन्छ । १.५ किलोमिटर लामो यो सुरुङ ४ सय वर्ष पुरानो हो । नेपालको पहिलो सुरूङमार्ग (रोड टनेल) भने हेटौंडा–पथलैया सडक खण्डको चुरियामाईमा खनिएको थियो ।

यो सुरुङमार्ग सन् १९१७ मा खनिएको प्रमाणहरु छन् । यो सुरुङमार्गलाई एसियाकै पहिलो भनेर पनि दावी गरिन्छ । चुरिया सुरुङको उचाई ५ मिटर छ भने चौंडाई ५ मिटर छ । नेपालमा ढलका लागि पनि सुरुङको प्रयोग भएको छ । काठमाडौंमा तिलगंगा–ताम्रगंगा (गुहेश्वरी) खण्डमा ढलका लागि सुरुङ खनिएको छ, जुने ५२२ मिटर लामो छ । नेपालमा प्राकृतिक खनिजजन्य पदार्थका खानीका लागि पनि सुरुङहरु खनिएका छन् ।

नेपालमा खानेपानीका लागि बनेको पहिलो सुरुङ भने मेलम्चीकै हो । यो सुरुङ करिब २७ किलोमिटर लामो छ । यो सुरुङ खन्न करिब १० वर्ष लागेको थियो । नेपालमा पहिलोपटक आधुनिक प्रविधिको प्रयोगबाट बनेको सुरुङ भने भेरी–बबई डाइभर्सन सुरुङ हो । यस्तै अर्काे बहुप्रतिक्षित सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजना अन्तिम चरणमा छ ।

यो आयोजना चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले बनाइरहेको छ । केही सातामा नै यहाँ ‘ब्रेक थ्रु’ गर्ने तयारी छ । यहाँ कुल १३.३ किलोमिटर सुरुङ खन्नु पर्ने छ । यो आयोजना कुल ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ लागतमा कार्यान्वयन भइरहेको छ ।विज्ञकहरुका अनुशार सुरुङ खानेपानी, सिँचाई लगायतका परियोजनामा निर्विकल्प हुन्छ भने सडक परियोजनामा आर्थिक तथा वातावरणीय लाभको लेखाजोखा गरेर बनाउनुपर्ने हुन्छ ।

Advertisement

महंगो भन्दै सुरुङ प्रविधिमा जान अल्मलिए विकासको गतिमा नेपालले फड्को मार्न थप समय कुर्नुपर्नेछ । नेपालकै कर्णालीवासीले अझैपनि गाडी चढ्न घटौ हिड्नु पर्ने बाध्यता एकातिर छ भने पहाड चढेर बेसी झर्ने पुरानो सोचलाई अब सुरुङ प्रविधिले विस्थापन गर्र्नुपर्ने आवाज बुलन्द हुँदै गएका छन् । आज ब्रेक थु्र भएको नागढुङ्गाको सुरुङमार्ग, नेपालको सुरुङ युगको यात्रा र यसको आवश्यकता बारे तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top