आईपीएलमा हैदरावाद र हेडले लेखे नयाँ इतिहास

Travis Head of Sunrisers Hyderabad celebrates his fifty during match 35 of the Indian Premier League season 17 (IPL 2024) between Delhi Capitals and Sunrisers Hyderabad held at the Arun Jaitley Stadium, Delhi on the 20th April 2024. Photo by Arjun Singh / Sportzpics for IPL

९ वैशाख ,  एजेन्सी ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे हुने खेलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स खेल्नेछन् । कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरुको खेल कोलकत्ताको इडेन गार्डेनमा हुनेछ भने पञ्जाब किंग्स र गुजरात टाईटन्सबीचको खेल पञ्चावको घरेलु मैदान महाराजा यादविन्द्र सिंह क्रिकेट स्टेडियममा हुनेछ ।

कोलकाता यसअघि खेलिएको ६ मध्ये चार खेलमा विजयी र दुई खेलमा पराजित भएको छ । कोलकाता आठ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । बैंगलुरुले भने जारी सिजनको आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेको हो । जारी सिजनमा बैंगलुरुले अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै आएको छ । बैंगलुरु यसअघि खेलिएको सातमध्ये केवल एक खेलमा विजयी र ६ खेलमा पराजित भएको छ ।

बैंगलुरु केवल दुई अंकसहित तालिकाको अन्तिम स्थानमा आसिन छ ।आईपीएलमा हिजोको खेलमा विष्फोटक ब्याटिङ प्रदर्शन सहित सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको फराकिलो जित दर्ता गरेको छ । हैदराबादले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय ९९ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो । आईपीएल इतिहासको चौथो ठूलो योगफल खडा गर्ने क्रममा पावरप्लेको ६ ओभरमा १ सय २५ रन बनाएको थियो । ओपनर ट्राभिस हेड र अभिषेक शर्माको विष्फोटक सुरुवातले हैदरावादलाई बलियो स्थितिमा पुर्याएको थियो ।

हेडले ३२ बल खेल्दै ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रन बनाएका थिए भने अभिषेकले १२ बलमा २ चौका र ६ छक्काको मद्दतमा ४६ रन बनाए । हेडले पावरप्लेमा ८४ रन जोडे पुरुष–२० खेलमा कुनै पनि खेलाडीले पावरप्लेमा बनाएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि सुरेश रैनाले सन् २०१४ मा किंग्स इलेभेन पञ्जाबविरुद्ध ८७ रन बनाएका थिए ।

यस्तै शाहवाज अहमदले २९ बलमा २ चौका र ५ छक्का सहित नटआउट रहँदै ५९ रन जोडे । नितिश रेड्डीले २७ बलमा ३७ रनको योगदान गरे । दिल्लीका लागि कुलदीप यादवले ४ ओभरमा ५५ रन खर्चेर ४ विकेट लिएका थिए । जवाफमा दिल्लीले १९.१ ओभरमा अलआउट हुदै १ सय ९९ रन जोड्यो । दिल्लीका लागि जेल फ्रेजर–मक्गर्कले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेपनि टोलीलाई पार लगाउन सकेनन् ।

कप्तान ऋषभ पन्तले ३५ बलमा ४४ रन बनाए । अभिषेक पोरेलले २२ बलमा ४२ रन जोडे । पृथ्वी शाले १६ र ट्रिस्टन स्टब्सले १० रन बनाए । हैदरावादको जितमा नटराजनले १९ रन खर्चेर ४ विकेट लिए । यस्तै मयंक मार्कण्डे र नितिश रेड्डीले २–२ विकेट लिए । जित पछि हैदरावाद ७ खेलमा ५ जित सहित १० अंक बटुल्दै दोस्रो स्थानमा छ । दिल्ली ८ खेलमा ३ जित सहित ६ अंक बटुल्दै सातौं स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ ।