×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इंग्लिस प्रिमियर लिगमा आज ४ खेल, आर्सनल शीर्ष स्थानमा

९ बैशाख २०८१

९ वैशाख , एजेन्सी ।
चेल्सीलाई हराउँदै साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो सेमिफाइनलमा सिटीले चेल्सीलाई १–० गोलले हरायो । सिटीले झिनो जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो । सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

केभिन डी ब्रुइनले बक्स भित्रबाट नै गरेको क्रस चेल्सी गोलरक्षक जोर्डजे पेट्रोभिचले क्लियर गर्न खोजेपछि सिल्भाको खुट्टामा पुगेको थियो । सिल्भाको प्रहार सहजै गोलमा परिणत भएको थियो। खेल अवधिभर सिटीले निकै मौका खेर फालेको थियो । सिटीले अब दोस्रो सेमिफाइनलमा आज हुने म्यानचेस्टर युनाइटेड र कभेन्ट्री सिटीबीचको खेलमा विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ ।

Advertisement
Advertisement

यो खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजे शुरु हुनेछ । फाइनल खेल मे २५ तारिखमा हुनेछ । अघिल्लो संस्करणमा सिटीले युनाइटेडलाई हराउँदै उपाधि जितेको थियो । सिटी प्रिमियर लिगको शीर्ष स्थानमा छ । ६ खेल बाँकी रहँदा सिटीको ७३ अंक छ । दोस्रो स्थानमा रहेको आर्सनलको र तेस्रो स्थानको लिभरपुलको समान ७१ अंक छ ।

गत सिजन ट्रेबल जितेको सिटी यसपटक भने च्याम्पियन्स लिगबाट गत साता बाहिरिएको थियो। उता, घरेलु टोली वल्भ्समाथि २–० को सहज जित हात पार्दै लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ । गएराति नै भएको खेलमा आर्सनलले उल्भ्सलाई २–० गोलले हरायो ।

जितसँगै आर्सनलले एक खेल कम खेलेको म्यानचेस्टर सिटी र लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो । वल्भरह्याम्टनमा शनिबार राति भएको खेलमा आर्सनललाई जिताउन लियान्द्रो ट्रोससार्ड र मार्टिन ओडेगार्डले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

आर्सनलको ३३ खेलमा ७४ अङ्क छ । एक खेल कम खेलेका सिटीको ७३ र लिभरपुलको ७१ अङ्क छ । पराजित वल्भ्स ४३ अंक जोडेर ११औं स्थानमा छ । प्रिमियर लिगकै अर्काे खेलमा ब्रेन्टफर्डले लुटनलाई ५–१ ले पराजित गरको छ । यस्तै बर्नलेले सेफिल्ड युनाइटेडलाई ४–१ ले पराजित गरेको छ ।

लिगमा आज चार वटा खेल हुँदैछन् । एभर्टन र नटिङघम फरेस्ट नेपाली समयअनुसार बेलुका सवा ६ बजे, क्रिस्टल प्यालेस र वेस्ट ह्याम तथा एस्टनभिल्ला र बर्नमाउथ बेलुका पौने ८ बजे तथा लिभरपुल र फुलहम राति सवा ९ बजे खेल्नेछन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top