×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

सार्वजनिक मञ्चमा प्रचण्ड र माधवको सवालजवाफ

१० बैशाख २०८१

१० वैशाख,काठमाण्डौ।

निर्णायक मानिएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वैकल्पिक गठबन्धनका लागि प्रयास जारी राख्ने सहमति भएको भनिएको खबर बाहिरिरहदा अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डकै सामुन्ने वर्तमान सत्ता गठबन्धनको भविष्यमा प्रश्न उठेको बताएका छन् ।

Advertisement
Advertisement

सोमवार ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै नेपालले वर्तमान सत्ता गठबन्धन लामो समयसम्म जानेमा शंका व्यक्त गरे। नेपालको राजनीति जटिल रहेको बताउँदै उनले भने, ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’

गठबन्धनको भविष्यमा उठेको प्रश्नको उत्तर आफूसँग नभएको बताउँदै नेता नेपालले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बताए । आफूहरु कसैको दास नभएको टिप्पणी गर्दै उनले अहिलेको राजनीतिक परिस्थिति सहज नलागेको बताए । उनले भने, ‘सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौंँ । कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ कसैको दास बन्ने हाम्रो नियतहोइनौँ।’

सोही कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भने राम्रो भविष्यका लागि जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् । माधव नेपाललाई जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ’जोखिम छन् तर राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधीनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिस्ट आन्दोलनको राम्रो भविष्यका निम्ति जोखिम उठाउनु राम्रो हो,’ प्रचण्डले भने, ’त्यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ ।’

प्रचण्डलाई साक्षी राखेर माधव नेपालले भनेका थिए, कसैको धाकधम्की सुन्न आएका होइनौँ, गठबन्धन कति दिन जान्छ भन्न सक्दिनँ । कार्यक्रममा प्रचण्डले कम्युनिस्टहरूको बीचमा एकता हुने संकेत गरे । देशको, गणतन्त्रको, राजनीतिक संघर्षका निम्ति कम्युनिस्टहरूबीच एकता आवश्यक रहेकाले २०७४ सालमा वाम एकता गरेको उनले बताए । राम्रो कामका लागि प्रयास जारी राख्ने उनको भनाइ छ ।

कम्युनिस्टहरूको एकतालाई जनताबाट अनुमोदन भएको भन्दै सही कामका निम्ति प्रयास जारी राख्ने प्रचण्डको भनाइ थियो । ’२०७४ को चुनावमा जे प्रयोग हामीले ग¥यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आमनेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ,’ प्रचण्डले भने, ’तर एक पटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ ।’

Advertisement

राष्ट्रिय स्वाधीनता, सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको प्रचण्डले बताए । समाजवाद नै अबको क्रान्तिको बाटो भएको उनको भनाइ छ । कम्युनिस्टहरू कुनै न कुनै रूपले सहकार्य र एकतामा जान आवश्यक रहेको प्रचण्डले बताए । चुनौतीको सामना र जोखिमहरू उठाउँदै अघि बढ्ने कम्युनिस्ट आन्दोलन र वर्ग संघर्षको नियम भएको उनको भनाइ छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top