विश्वविजेता वेस्ट इन्डिज नेपालमा, नेपाली क्रिकेटको वास्तविक परीक्षा

११ बैशाख ८१, बुधबार

१२ वैशाख ,काठमाण्डौ ।

Advertisement

विश्वविजेता वेस्ट इन्डिज नेपालमा, नेपाली क्रिकेटको वास्तविक परीक्षा
पहिलो पटक वेस्ट इन्डिजको टिम नेपाल उत्रियो
नेपालसँग पहिलो पटक क्रिकेट खेल्नका लागि वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको छ । बुधबार बिहान रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको हो । दुई पटक एक दिवसीय र एक पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजबाट कुनै पनि टिम नेपाल टुरमा आएको यो पहिलो पटक हो ।

नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

Advertisement

त्यस्तै प्रशिक्षण टिममा मुख्य प्रशिक्षक( फ्लोयड रेफर, सहायक प्रशिक्षक रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन प्रशिक्षक शेन कुपर, प्रबन्धक र विश्लेषक अवनेश सीताराम रहेका छन् । सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल शनिबार अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौँ ४ मे मा हुने छ ।

Advertisement

सबै खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि शुरु हुनेछन् । विश्वकपको तयारीमा रहेको नेपाली टिम एसीसी प्रिमियर कपमा कमजोर प्रदर्शन गर्दै ओमानबाट फर्किएको छ । यसैले वेष्ट इन्डिजसँगको खेल विश्वकपमा गर्नसक्ने नेपालको प्रर्दशनका लागि वास्तविक परीक्षा हुनेछ ।

आगामी जुन २ तारिखदेखि वेष्ट इन्डिज र अमेरिकाको आयोजनामा टी–२० विश्वकप हुँदैछ । नेपालले सोही आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top