१५ वैशाख, काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । कोलकाताको इडेन गार्डेनमा गएराति भएको खेलमा कोलकाताले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पञ्जाबले जोनी बेयरस्टोको अविजित शतकमा ८ बल बाँकी छदै दुई विकेट गुमाएर भेट्टायो । पञ्जाबले आईपीएल क्रिकेटमा सबैभन्दा धेरै रनको लक्ष्य पछ्याउनेक्रममा जितको नयाँ कीर्तिमान समेत बनाएको छ ।
बेयरस्टोले अविजित एक सय ८ तथा शंशाक सिंहले ६८ रन जोडे । प्रभसिमरनले ५४ तथा राइली रोसोउले २६ रन जोडे । कोलकाताका सुनिल नारिनले एक विकेट लिए । ४८ बलमा बेयरस्टोले ९ छक्का र ८ चौको मद्दतमा नटआउट १ सय ८ रन बनाएका थिए । त्यस्तै २८ बलमा शंशाकले ८ छक्का र २ चौकाको मद्दतमा नटआउट ६८ रन जोडेका थिए ।
प्रभसिमरनले २० बलमा ५ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बटुले । राइली रोसोउले १६ बलमा २ छक्का र १ छक्कासहित २६ रन जोडे । कोलकाताका लागि सुनिल नारिनले १ विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङका लागि आमन्त्रण गरिएको कोलकाताले फिल साल्ट र सुनिल नारिनको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेटमा २ सय ६१ रन बनाएको थियो ।
साल्ट र नारिनले पहिलो विकेटका लागि १ सय ३८ रन बनाउँदै बलियो सुरुवात दिलाएका थिए । साल्टले ३७ बलमा समान ६ छक्का र चौका साथ ७५ रन बनाए । नारिकले ३२ बलमा ९ चौका र ४ छक्का साथ ७१ रन जाडे । त्यसपछिका ब्याटरले पनि इनिङ्स सम्हाल्ने कोशिस गरे । ब्याङटेस एयरले २३ बलमा ३९, आन्द्रे सलेले १२ बलमा २४ रन, श्रेयस एयरले १० बलमा २८ जोडेका थिए ।
पन्जाबका अर्शदिप सिंहले २, साम करन, हर्सल पटेल, साहुल चाहरले समान १ विकेट लिए । जितसँगै पञ्जाबको ९ खेलमा ६ अङ्क भएको छ । पञ्जाब अङ्कतालिकामा आठौँ स्थानमा छ । कोलकाता ८ खेलमा १० अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको ८ खेलमा १४ अङ्क छ । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।
आज दिउँसो पौने ४ बजे दिल्लीमा हुने खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा बेलुका पौने ८ बजे लखनउमा हुने खेलमा लखनउ सुपर जाइन्ट्स र शीर्षस्थानको राजस्थान रोयल्स खेल्दैछन् । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।
४८ बलमा बेयरस्टोले ९ छक्का र ८ चौको मद्दतमा नटआउट १ सय ८ रन बनाएका थिए । त्यस्तै २८ बलमा शंशाकले ८ छक्का र २ चौकाको मद्दतमा नटआउट ६८ रन जोडेका थिए ।प्रभसिमरनले २० बलमा ५ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बटुले । राइली रोसोउले १६ बलमा २ छक्का र १ छक्कासहित २६ रन जोडे । कोलकाताका लागि सुनिल नारिनले १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङका लागि आमन्त्रण गरिएको कोलकाताले फिल साल्ट र सुनिल नारिनको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेटमा २ सय ६१ रन बनाएको थियो ।साल्ट र नारिनले पहिलो विकेटका लागि १ सय ३८ रन बनाउँदै बलियो सुरुवात दिलाएका थिए । साल्टले ३७ बलमा समान ६ छक्का र चौका साथ ७५ रन बनाए ।
नारिकले ३२ बलमा ९ चौका र ४ छक्का साथ ७१ रन जाडे । त्यसपछिका ब्याटरले पनि इनिङ्स सम्हाल्ने कोशिस गरे । ब्याङटेस एयरले २३ बलमा ३९, आन्द्रे सलेले १२ बलमा २४ रन, श्रेयस एयरले १० बलमा २८ जोडेका थिए । पन्जाबका अर्शदिप सिंहले २, साम करन, हर्सल पटेल, साहुल चाहरले समान १ विकेट लिए ।
९ खेलपपिछ पन्जाबको ६ अंक पुगेको छ र टोली आठौं स्थानमा छ । १० अंकसहित कोलकाता दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १४ अंक छ । आइपिएलमा शनिबार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र शीर्षस्थानको राजस्थान रोयलबीच हुनेछ ।