×

NEPAL TIMES UPDATES

Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026

ज्यान बचाउने Covishield को ज्यान लिने साइडइफेक्ट

१८ बैशाख २०८१

१८ वैशाख, काठमाण्डौ।

बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले गरेको खुलासाले कोरोनाको खोप लिने हरेक व्यक्ति हल्लिएका छन् । खोप निर्माताले अदालतमा स्वीकार गरेका छन् कि कोभिशिल्डले दुर्लभ अवस्थामा थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम टीटीएसको साथ थ्रोम्बोसिस हुन सक्छ। यसले रगत जम्न सक्छ र प्लेटलेट गणना कम गर्न सक्छ। थ्रोम्बोसाइटोपेनियाको गम्भीर अवस्थाहरूमा यसले स्ट्रोक र हृदयघात पनि निम्त्याउन सक्छ।

Advertisement
Advertisement

एस्ट्रोजेनिका र अक्सफोर्ड युनिर्भसिटीद्वारा विकसित कोभिसिल्ड कोभिड– १९ महामारीको समयमा भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको थियो। यो खोप भारत, नेपाल लगायत देशमा पनि ठूलो मात्रामा लगाइएको छ । चिकित्सा विशेषज्ञले टीटीएसले रक्तनलीमा क्लट हुनसक्ने बताएका छन् । तर केही खोपको प्रयोग पछि यो धेरै दुर्लभ छ। स्वास्थ्यविज्ञका अनुशार टीटीएस भनेको रगत जम्नु हो।

प्लेटलेट कम हुनुसँगै यसले मस्तिष्क वा अन्य रक्तनलीहरूमा क्लटको गठन गर्न सक्छ। डब्ल्यूएचओका अनुसार एडेनोभाइरस भेक्टर भ्याक्सिन यस्तो अवस्थासँग विरलै सम्बन्धित छ। कोभिड भ्याक्सिनले धेरैको ज्यान जोगाएको भए पनि प्रतिष्ठित जर्नलमा यससँग सम्बन्धित धेरै रिपोर्टहरू प्रकाशित भएका छन्। भारतको सीरम इन्स्टिच्युटले कोभिशिल्ड उत्पादन ग¥यो तर एमआरएनए प्लेटफर्म प्रयोग गरेन।

यो भाइरल भेक्टर प्लेटफर्म प्रयोग गरेर तयार गरिएको छ। खोपमा CHAdOx1 को प्रयोग गरिएको छ । यसबाट मानव कोषहरूमा कोभिड १९ स्पाइक प्रोटिन बोक्न सक्षम बनाउन परिमार्जन गरिएको छ। यो चिसो भाइरस मूलतया रिसीभरलाई संक्रमित गर्न असक्षम छ, तर त्यस्ता भाइरसहरू विरुद्ध संयन्त्र तयार गर्न प्रतिरक्षा प्रणालीलाई राम्रोसँग सिकाउन सक्छ। इबोला भ्याक्सिन बनाउन पनि यस्तै प्रविधि प्रयोग गरिएको छ।

बेलायतको एक अदालतमा ५१ मुद्दामा पीडितले १० करोड पाउण्डसम्म क्षतिपूर्तिको माग गरेका छन् । यस केसको पहिलो उजुरीकर्ता जेमी स्कटले आरोप लगाएका छन् कि उनले अप्रिल २०२१ मा खोप लिएका थिए । जसले उनलाई रगत जमेको कारण मस्तिष्कमा स्थायी चोट लागेको थियो। जसका कारण काम गर्न नसकेको उनको दाबी छ ।

Advertisement

अस्पतालले आफ्नी श्रीमतीलाई पनि तीन पटक अब अन्तिम समय आएको बताएको उनले उल्लेख गरेका छन् । एस्ट्राजेनेकाले स्कटको दावीको कानुनी प्रतिरक्षामा टीटीएसलाई स्वीकार गरेको छ। जसका कारण उसले अब पीडित र उनीहरुका परिवारलाई क्षतिपूर्ति तिर्नुपर्ने हुनसक्ने अनुमान गरिएको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top