विराटनगर,भदौ ३१
पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यलय विराटनगरमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेलका भतिजा शैलेश पोखरेललाई मेडिकल डिन नियुक्त गरेको विरोधमा नेपाल विद्यार्थी संघका सहमहामन्त्री कृष्ण कार्कीको नेतृत्वको टोलीले आईतबार तालाबन्दी गरेको हो ।
विद्यार्थीहरुले उपकुलपति घनश्यामलाल दास, रजिस्टार प्रमिला थापा, पूर्वाञ्चल विश्वविद्यालय प्रशासन महाशाखाको कार्यलयमा समेत तालाबन्दी गरेका छन् ।
विश्वविद्यालयमा राजनीतिक हस्तछेप भएकोमा तालाबन्दी गरिएको नेपाल विद्यार्थी संघका सहमहामन्त्री कृष्ण कार्कीले बताए ।