×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिल्लीभरि बमको हल्ला, रुसबाट आयो इमेल

१९ बैशाख २०८१

१९ वैशाख ,एजेन्सी ।

दिल्ली–एनसीआरका क्षेत्रका करिब १०० विद्यालयमा बम राखिएको धम्कीपूर्ण इमेलहरू पठाइएको छ। दिल्ली पुलिसका अनुसार यो धम्की सोही इमेलबाट पठाइएको हो। यो इमेल रूसी सर्भरबाट बिहान ५ः ३६ मा पठाइएको थियो। दिल्ली प्रहरी, बम डिस्पोजल स्क्वाड, दमकल र एम्बुलेन्स सबै विद्यालयमा पुगेका छन् । बमको खोजी भइरहेको छ ।

Advertisement
Advertisement

इमेल पठाउनेको पनि खोजी भइरहेको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । इमेलमा डीपीएस द्वारका, डीपीएस वसन्त कुञ्ज, डीपीएस नोएडा, डीपीएस रोहिणी, ग्रीन भ्याली नजफगढ, मदर मेरी स्कूल मयुर विहार, संस्कृति स्कूल, डीएभी साउथ वेस्ट र अमिता साकेत लगायत नामहरू देखा परेका छन्।

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार १०० विद्यालयमा धम्कीपूर्ण मेल पठाइएको छ । यता गृह मन्त्रालयले भने अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताएको । ‘सुरक्षा निकायले कारबाही गरिरहेको छ । प्रोटोकल अनुसार कारबाही भइरहेको छ । यो झूटो धम्की पनि हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।

रिपोर्टका अनुसार अहिलेसम्म आईपी ठेगाना एउटै रहेको प्रहरीले आशङ्का गरेको छ । एउटै ढाँचाको मेल सबै विद्यालयमा पठाइएको छ। साइबर सेलका अनुसार सर्भर रुसी थियो। मेलमा लेखिएको छ, “अल्लाह सुभान व तआलाले हामीलाई एउटा अवसर दिनुभएको छ कि हामीले विरासतमा पाएका केही मानिसहरू इस्लामका शत्रुहरूको बासस्थानमा युद्धको मैदानमा शहीद हुनेछन्।

Advertisement

उनीहरूका लागि ठूलो शक्तिसहित फलाम पठाउनुभएको छ। हाम्रो हातमा रहेको फलामले हाम्रो हृदयलाई अँगालेको छ, हामी यसलाई हावामा पठाउनेछौं र तपाईंको घृणित शरीरलाई च्यात्नेछौं। दिल्ली प्रहरीले यो मेललाई नक्कली भनेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top