११ देशले किन घोषणा गरेनन् विश्वकप टिम ? ICC को नियम के छ?

२० बैशाख ८१, शुक्रबार

२१ वैशाख, काठमाण्डौ।

आगामी टी–२० विश्वकपमा यसपटक २० टोलीको सहभागिता रहदैछ । तर अन्तराष्ट्रिय क्रिकेट परिषद्को नियमलाई आत्मसाथ गर्दै ९ वटा राष्ट्रले मात्रै टिमको घोषणा गरेका छन् । अझै ११ देशले मात्रै आफ्नो टोली घोषणा गरेका छैनन् । यस वर्षको जुनमा टी–२० विश्वकप आयोजना हुँदैछ । वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपका लागि नेपालसहित ९ देशले मात्रै आफ्नो टोली घोषणा गरेका छन् ।

विश्वकपका लागि आफ्नो टोलीको बारेमा आईसीसीलाई जानकारी दिने अन्तिम मिति मे १ थियो। यसपटकको विश्वकपमा कुल २० देशले भाग लिइरहेका छन् । यस्तो अवस्थामा अहिलेसम्म ११ देशको विश्वकप टोली सार्वजनिक भएको छैन । यस्तो अवस्थामा प्रश्न उठ्छ कि यदि मे १ सम्ममा विश्वकप टोलीको नाम सार्वजनिक गर्ने थियो भने यी ११ देशले अहिलेसम्म आफ्नो टोली किन सार्वजनिक गरेनन् ?

जुन १ बाट हुने विश्वकपका लागि न्युजिल्यान्डले पहिलो पटक आफ्नो टोली घोषणा गरेको थियो ।उसले अप्रिल २९ मा आफ्नो टोली सार्वजनिक गरेको थियो । त्यसको भोलिपल्ट भारत, दक्षिण अफ्रिका, इङ्ल्यान्ड, अफगानिस्तानले १५ सदस्यीय टोली घोषणा गरेका छन् । मे १ अर्थात् आईसीसीमा आफ्नो टोली बुझाउने अन्तिम दिन अष्ट्रेलिया, नेपाल, ओमान र क्यानडाले आफ्नो टोली घोषणा गरेका छन् ।

विश्वकपका लागि अहिलेसम्म टोली घोषणा नगरेका ११ देशहरुमा पाकिस्तान, बंगलादेश, आयरल्याण्ड, नामिबिया, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, स्कटल्याण्ड, श्रीलंका, युगान्डा, अमेरिका र वेस्ट इन्डिज पर्छन् । वेस्ट इन्डिजले संभवत आज टिमको घोषणा गर्दैछ । वेस्ट इन्डिजको विश्वकप टिममा पर्नसक्ने केही खेलाडीहरु अहिले नेपालसँग ५ खेलको टी २० सिरिज खेलिरहेको वेस्ट इन्डिज एको टिममा रहेका छन् ।

११ देशले पनि अन्य देशको जस्तै मे १ मा नै टिम घोषणा गरी आइसीसीलाई पठाउनु पर्ने थियो । तर उनीहरुले गरेका छैन्न्। विश्वकपका लागि आगामी मे २५ सम्म सबै देशले आफ्नो टोली परिवर्तन गर्न सक्ने व्यवस्था छ । यसपछि पनि आईसीसी प्राविधिक समितिको स्वीकृतिपछि कुनै पनि परिवर्तन गर्न सकिनेछ । अहिले धेरै टिमका खेलाडी चोटबाट गुर्जिरहेका छन् ।

स्तो अवस्थाले ती राष्ट्रहरुले विश्वकपका लागि आफ्नो टोली सार्वजनिक रुपमा घोषणा नगरेको खेलपण्डितहरुले अनुमान गरेका छन् । सार्वजनिक रूपमा आफ्नो टोली घोषणा गर्न आइसीसीबाट उनीहरुलाई कुनै दबाब दिइएको छैन। नियम अनुसार विश्वकपमा सहभागि देशहरुले आईसीसीलाई मात्रै टिम दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरुले आफूले चाहेको बेला जुनसुकै समयमा आफ्नो टोली घोषणा गर्न सक्छन् ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top