कोलकातासँग भिड्दै मुम्बई, पराजित भए खाली हात

२० बैशाख ८१, शुक्रबार

२१ वैशाख,एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो मुम्बइ इन्डियन्सको घरेलु मैदान पनि हो । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५१ औँ खेल हो ।

यो खेलमा पराजित भएमा मुम्बई उपाधि होडबाट बाहिरिने छ । जारी सिजनको आईपीएलमा कोलकाताले १० औं र मुम्बईले ११औँ खेल खेल्न लागेका हुन् । यो सिजन कोलकाता नाइट राइडर्सले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ भने मुम्बई इन्डियन्सको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ ।

कोलकाताले यसअघि खेलिएका नौमध्ये ६ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । कोलकाता १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा भने १६ अंकसहित राजस्थान रोयल्स आसिन छ । मुम्बईले यसअघि खेलिएको १० मध्ये केवल तीन खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ ।

मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ । तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा रोयल च्यालेन्जर्स बैंगलुरु रहेको छ । मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सले जारी सिजनको आईपीएलमा खेल्न लागेको यो पहिलो खेल हो । आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच कुल ३२ खेल खेलिएको छ ।

त्यसमध्ये २३ खेलमा मुम्बईले कोलकातालाई हराएको छ । बाँकी नौ खेलमा भने कोलकाताले मुम्बईलाई हराएको छ । मुम्बईलाई चेन्नईसँगसँगै सार्वाधिक उपाधि जित्ने टिमपनि हो । तर इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा भने कोलकाता नाइट राइडर्सले भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top