×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

चीनको प्रभाव कम गर्न जापानी मन्त्री आउँदै

२१ बैशाख २०८१

२१ वैशाख, विराटनगर ।

गएको पुषमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको भ्रमण गरे यता अन्य देशबाट पनि केही उच्चस्तरीय भ्रमण भएका छन् । हालै कतारी राजा नेपाल भ्रमण गरेर फर्किएका छन् । यता नेपालका परराष्ट्रमन्त्री लगायत पनि भारत, चीन, युरोप हुँदै अमेरिकासम्म पुगे । अघिल्लो गठबन्धनमा गृहमन्त्री र अहिले पराराष्ट्रमन्त्री बनेका नारायणकाजी श्रेष्ठले चीन पुगेर त्यहाँका विदेशमन्त्रीसंग भेट गरे ।

Advertisement
Advertisement

स्वयं प्रधानमन्त्री प्रचण्डले पनि यूएईदेखि भारत, अमेरिका, चीन लगायतको यात्रा गरे । अब फेरि जापानकी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारीमा सरकार जुटेको छ । खासमा विदेशबाट हुने उच्च स्तरीय भ्रमण सबै नै महत्वपूर्ण हुने भएपनि नेपालका लागि भूराजनीतिक हिसाबले भारत, चीन, अमेरिका, जापानजस्ता देशहरुबाट हुने भ्रमणले विशेष अर्थ राख्दछ ।

नेपालमा भारत, चीन र अमेरिकाको प्रभाव रहेको बेला जापानी विदेशमन्त्रीको यो भ्रमणलाई कूटनीतिक हिसाबले पनि महत्त्वपूर्ण मानिएको छ । खासगरी नेपालमा पछिल्लो समय चीनको बढ्दो प्रभावका कारण जापानकी विदेशमन्त्री योको कामीकावा श्रीलंकासहित एसियाली मुलुकको भ्रमण सकेर नेपाल आउन लागेकी हुन् । अमेरिका र चीनबिच बढ्दो द्वन्द्वमा जापान अमेरिकाको मित्रशक्ति बनेको छ ।

जापानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री कामीकावा वैशाख २३ गते आइतबार काठमाडौँ आइपुग्ने छिन् । विदेशमन्त्री कामीकावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको नेपालस्थित जापानी दूतावासले पनि जानकारी दिएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा विदेशमन्त्रीको यो भ्रमण फलदायी हुने अपेक्षा रहेको दूतावासले जनाएको छ ।

उनको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री कामीकावा नेपाल आएकै दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिएका छन् । वैशाख २३ गते बिहान आउने कामीकावा त्यही दिन साँझ फर्किने कार्यक्रम छ । भ्रमणकै क्रममा केही सम्झौता तथा समझदारी गर्ने तयारी पनि भइरहेको छ ।

नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । ६८ वर्ष पुरानो सम्बन्धमा जापानबाट विदेश मन्त्रीहरूको यो चौथो भ्रमण हो भने सन् २०१९ पछि विदेशमन्त्रीको कामीकावाको पहिलो नेपाल भ्रमण हो । सन १९५६ सेप्टेम्बर १ मा नेपाल र जापानबिच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्ष विस्तार हुँदै गएको जापानस्थित नेपाली दूतावासले जनाएको छ ।

दुवै देशमा आवासीय राजदूतावास स्थापना हुनुअघि नयाँ दिल्लीस्थित आफ्नो दूतावासबाटै नेपाल र जापानले कूटनीतिक सम्बन्ध कायम गर्ने र सम्बन्धित मुलुकलाई हेर्दै आएका थिए । सन् १९६५ मा मात्र जापानमा नेपाली दूतावास स्थापना भएको थियो । जापानका लागि पहिलो नेपाली राजदूत भरतराज राजभण्डारी हुन् । जापानले सन् १९६८ मा काठमाडौँमा आवासीय दूतावास स्थापना गरी पहिलो राजदूतको रुपमा हिदेमिची किरालाई नियुक्त गरेको थियो ।

अब आइतवार हुने जापानी विदेशमन्त्रीको भ्रमणमा जापानबाट नेपालमा लगानी भित्र्याउने विषयलाई प्रमुखताका साथ उठाइने अधिकारीहरूले बताएका छन् । जापान नेपालको प्रमुख विकास साझेदार भएकाले उसलाई महत्त्वका साथ आफूहरूले व्यवहार गर्ने अधिकारीहरूले बताउने गरेका छन् । संयुक्त राज्य अमेरिकाको इन्डो प्यासिफिक नीतिको एउटा प्रमुख साझेदार जापान हो ।

उसले खुला र स्वतन्त्र इन्डो प्यासिफिकसँग साझेदारी गर्ने जुनसुकै देशसँग सहकार्य गर्ने घोषणा गरेको छ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई इन्डो प्यासिफिक रणनीतिको सूत्राधार मान्ने गरिन्छ । कानुनी शासनमा आधारित निष्पक्ष अर्थव्यवस्था र हिन्द अनि प्रशान्त महासागरमा सम्पर्क सञ्जाल लगायतको सुनिश्चिततामा जोड दिएको टोक्योले भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको इन्डो प्यासिफिक ओसियन इनिशटिभलाई पनि स्वागत गरेको थियो ।

सन् २०२३ को मार्चमा जापानी प्रधानमन्त्री फुमियो किसिदाले भारत भ्रमणका क्रममा आफ्नो मुलुकले भारतसँग नजिकबाट सहकार्य गर्ने र दक्षिण एशियाको स्थिरताका लागि योगदान गर्ने बताएका थिए । त्यसक्रममा उनले गुणस्तरीय पूर्वाधार निर्माणसँग सम्बन्धित कैयौँ उत्कृष्ट कम्पनीहरू जापानमा रहेका भन्दै तीनलाई दक्षिण एशियामा पनि काम गर्न प्रोत्साहित गर्ने धारणा राखेका थिए ।

जापानबाट विदेश मन्त्रीको तहमा भएको यो भ्रमणलाई कतिपयले चीनले यस क्षेत्रमा बढाइरहेको प्रभावसँग पनि जोड्ने गरेको पाइन्छ । सन् २०१९ मा नेपाल भ्रमण गर्दा तत्कालीन जापानी विदेशमन्त्री टारो कोनोले दक्षिण एशिया र चीनबीच अवस्थित भएकाले नेपालको दिगो विकास यो क्षेत्रको शान्ति र स्थिरताका लागि महत्त्वपूर्ण रहेको धारणा राखेका थिए । यस्तै जापानका प्रधानमन्त्रीले अघिल्लो महिना ह्वाइट हाउसको भ्रमण गरी राष्ट्रपति बाइडनलाई भेटेका थिए ।

अब आइतबार हुने यो भ्रमणमा नेपालले पर्याप्त तयारी गर्नुपर्ने र मुलुकलाई फाइदा पु¥याउने योजनाहरू अघि बढाउने कोसिस गर्नुपर्ने कतिपय विज्ञहरूको राय छ । पूर्व राजदूतहरु भन्छन्, नेपालले कृषि क्षेत्रबाट फाइदा लिन सकिने कुरामा ध्यान दिँदै शिक्षा र स्वास्थ्य सम्बन्धी पूर्वाधारहरूमा जापानको सहयोग खोज्नुपर्छ । जापानले प्रयोग गर्ने फापर, अदुवा, बेसार, तरुलमा एउटा सम्झौता नै गरेर नेपालमा व्यावसायिक खेती गर्न सकिने सम्भावना छ ।

त्यसो गर्न सकियो भने नेपालमा कृषिमा आधारित उद्योग र उत्पादनहरू बढ्न सक्छ । चीलेमा सालमोन खेती विस्तारमा र ब्रजिलमा भटमास खेतीमा जापानले सघाउ पु¥याएको र ती देशले हाल अग्रणी हैसियत कायम गरेको उल्लेख गर्दै उनीहरु भन्छन्, नेपालले पनि कृषिमा त्यस्तै किसिमको सहकार्यको प्रयास गर्नुपर्छ । यस्तै हिमाली पर्वतारोहणप्रति पनि जापानीहरूको विशेष रुचि रहेको छ । त्यसैले त्यहाँको अल्पाइन क्लबमार्फत् पर्यटन क्षेत्रले पनि थप फाइदा लिनसक्नेतर्फ अधिकारीहरुले ध्यान दिनुपर्ने देखिन्छ ।

नेपालमा त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल जापानले बनाइदिएको हो । त्यस्तै खालका अस्पतालहरू प्रदेशस्तरमा पनि निर्माण गर्न जापानको मद्दत माग्न सकिने देखिन्छ । नेपालमा बीपी राजमार्गको निर्माणदेखि लिएर पछिल्लो समय राजधानी काठमाण्डूको प्रवेश बिन्दु नागढुङ्गा नजिकै सुरुङमार्ग निर्माणजस्ता परियोजनामा जापानले सहयोग गरेको छ ।

लामो समयसम्म नेपालको सबैभन्दा ठूलो दुइपक्षीय सहयोग उपलब्ध गराउने राष्ट्र रहेको जापानले सन् २०२२ मा जाइकामार्फत् १८ अर्ब ३९ करोड रुपियाँ सहयोग दिएको एउटा आँकडाले देखाउँछ । जापानले नेपालमा कुलेखानी जलविद्युत आयोजना, कालीगण्डकी जलविद्युत आयोजना र उदयपुर सिमेन्ट उद्योग जस्ता परियोजनाको निर्माणमा विगतमा सघाएको थियो । जापानबाट थप सहयोग प्राप्त गर्न नेपालले नै प्रयास गर्नुपर्ने कूटनीतिक मामिलाका जानकारहरू ठान्छन् ।

यता नेपाली समुदाय जापानको सबैभन्दा ठूलो दक्षिण एशियाली आप्रवासी समुदाय मध्येमा पर्छ र त्यहाँ जान विद्यार्थी र श्रमिकहरू पनि आकर्षित भएको पाइन्छ । जापानको न्याय मन्त्रालयले सन् २०२१ मा जापानमा नेपालीहरू दर्ता भएको उल्लेख गरेको थियो । सन् २०२३ मा मात्रै ४५ हजार बढी नेपाली विद्यार्थी जापान पुगेको र त्यो चिनियाँपछि सर्वाधिक उच्च सङ्ख्या रहेको निक्केइ एशिया अखबारको अनलाइन संस्करणले जनाएको छ ।

Advertisement

उसका अनुसार जापानमा नेपालीहरूको जनसङ्ख्या अघिल्लो वर्ष करिब १ लाख ५६ हजार पुगेको छ । यसतर्फ पनि नेपालले उपलब्धि हुने खालका एजेण्डाहरुलाई जापानी विदेशमन्त्रीसामु पेश गर्न सके यो भ्रमण फलदायी हुने अपेक्षा गर्न सकिन्छ । यसबारे तपाईँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

सम्बन्धित खबरहरु

Scroll to Top