नोटमा नक्सा, ले राष्ट्रपतिलाई प्रश्न सोधे, भारतलाई जवाफ दिए

२७ बैशाख ८१, शुक्रबार

२८ वैशाख,  काठमाण्डौ । 

एक सयको नोटको पुनः मुद्रण गर्दा संविधानमा समावेश नक्सा राख्ने निर्णयप्रति राष्ट्रपतिका सल्लाहकार चिरन्जिवी नेपालले विरोध गरेको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलील राष्ट्रपति माथि नै प्रश्न गरेका छन् । शुक्रवार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हन् ।

राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवि नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिनुभएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो ? भन्दै प्रश्न गरेका छन् । उनले यस विषयमा राष्ट्रपति पौडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग गरेका छन् ।

Advertisement

ओलीले संसदको बैठकमा नेकपा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले सल्लाहकार नेपालले राष्ट्रिय हित विपरित बोलेको आरोप समेत लगाए । राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको भन्दै आपत्ति जनाएका छन् । उनले हरेक नेपालको नोटमा र हरेक सिक्कामा अनिवार्य नेपालको नक्सा राख्नुपर्ने पनि बताएका छन् ।

नेपालको अहित चिताउने, राष्ट्रिय भावनामा न्युनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाएर बस्न नमिल्ने उनले बताएका छन् । भारततर्फ लक्षित गर्दै उनले नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने कुरालाई कुनैपनि देशले आपत्ति जनाउनुपर्ने विषय नरहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘एउटा कुरा राष्ट्रियताको पक्षमा अत्यन्त गैरजिम्मेवार र खेलवाडपूर्ण ढंगका अभिव्यक्तिहरु आएका छन् ।

Advertisement

नेपालले नेपाली नोटमा नेपालको नक्शा छाप्छ भन्ने एउटा खबर आयो । तपाईंहरुले पनि सुन्नुभयो होला । नेपाल सरकारले नेपालको नोटमा नेपालको नक्सा छाप्छ भन्दा अर्को देश कराएको सुनियो । किन करायो अर्को देश ? नेपालले नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्छ, उसको नक्सा छाप्ने होइन । किन करायो होला अर्को देश भन्दै गर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरु त्यो अर्को देश कराएको सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो, नक्सा छाप्ने कुरा आदि इत्यादि भनेर ।

कस्ता मान्छे सम्माननीय राष्ट्रपतिज्युले कस्ता मान्छे त्यहाँ जागिर खुवाएर राख्नुभएको छ । नेपालको यतिसम्म अहित चिताउने, राष्ट्रिय भावनामा न्युनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाउने ? सर्वोच्च निकाय, सर्वोच्च संस्था राष्ट्रपति कार्यालय त्यहाँ सर्पको गुँड ? के भएको यो । हामी दरैगरी यस कुराको छिनोफानो खोज्नेछाँै । विज्ञ सल्लाहकार राष्ट्रपतिको बोली बोल्नका लागि त्यहाँ राख्ने हो ।

आवाजका लागि त्यहाँ राखिन्छ, यो राष्ट्रपतिको आवाज हो की होइन, हामी सोध्न चाहन्छाँै ।’ यसअघि नागरिक समाजका अगुवाहरूले पनि सल्लाहकार नेपाललाई पदबाट बर्खास्त गर्न माग गरेका थिए । राष्ट्रपतिका सल्लाहकारलाई पदबाट बर्खास्त गर्न नागरिक अगुवाहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले माग गरेका हुन ।

यसअघि सरकारले सयको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेपछि भारतीय विदेश मन्त्री एस जयशंकरले पनि टिप्पणी गरेका थिए । जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका थिए । जयशंकरले भने, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top