×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली क्रिकेट टिमको तालिका सार्वजनिक, वार्मअप अमेरिकासँग

२८ बैशाख २०८१

२८ वैशाख, काठमाण्डौ । 
विश्वकप सुरु हुनु एक महिना अघि अमेरिका उडेको नेपाली टिम अहिले अमेरिकामा छ । विश्वकप नजिकिदै गर्दा विश्वकपको तयारीका लागि वेस्टइन्डिजसँग अभ्यास खेल्ने तयारीमा रहेको नेपालको विश्वकप अघिको तालिका सार्वजनिक भएको छ। क्यानले सार्वजनिक गरेको तालिका अनुशार नेपालले मे २५ सम्म अमेरिका र वेस्टइन्डिजमा तालिम र अभ्यास गर्नेछ ।

नेपाली टिम मे १२ मा विश्कप आयोजना स्थल सेन्ट भिसेन्टका लागि प्रस्थान गर्नेछ । १३ मा त्याहा तालिम गर्नेछ । १४ मा त्याहा पहिलो अभ्यास खेल खेल्नेछ । १५ मा आरामसहित आन्तरिक तालिममा सहभागि हुनेछ । यस्तै १६ मेमा विन्डवार्ड आइल्यान्ड र सेन्टभिसेन्टको संयुक्त टिमसँग दोस्रो अभ्यास खेल खेल्नेछ । सार्ह टिमसँग १८ मे मा अर्काे खेल खेल्नेछ ।

Advertisement
Advertisement

१९ मा फेरि नेपाली टिम होस्टनका लागि फर्किनेछ । २१ म त्याहा विकेट तालिमा लिनेछ भने २२ र २३ मेमा होस्टन हुरीकेनसँग अभ्यास खेल खेल्नेछ । यसपछि २५ मा भने नेपाल विश्वकपको वार्मअप खेलमा सहभागि हुनेछ । नेपाल टी–२० विश्वकपको आधिकारिक प्रतियोगिता अगाडिको वार्मअप खेलमा बलिया टेस्ट टिमसँग खेल्ने अवसर भिड्नबाट वञ्चित बनेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टीमले दुईवटा वार्मअप आयोजक अमेरिका र क्यानडासँग खेल्ने निधो भएको छ । दुवै वार्मअप म्याच अमेरिकामा २६ र २८ तारिखमा हुनेछन् । यद्यपि, आधिकारिक तालिका सार्वजनिक भइसकेको छैन् ।नेपालले विश्वकपको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध जुन ४ तारिखमा अमेरिकाको डाल्लासमा खेल्नेछ ।

 

दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा १२ जुनमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । नेपालका बाँकी दुई खेल वेस्ट इन्डिजमा छन् । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा साउथ अफ्रिका विरुद्ध १५ तारिखमा म्याच छ भने समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशविरुद्ध १७ तारिखमा सोही मैदानमा खेल्ने तालिका रहेको छ । नेपालले समूह चरण पार गर्ने लक्ष्य राखेको छ ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top