NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

मोरङमा पनि भेटियो नक्कली नोट, नक्कली नोट कसरी चिन्ने ?

शुक्रबार बैशाख २८ , २०८१
Reading Time: 1 min read
A A
मोरङमा पनि भेटियो नक्कली नोट, नक्कली नोट कसरी चिन्ने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ वैशाख, विराटनगर ।
मोरङको पूरानो सदरमुकाम रंगेलीमा ५ सय दरका नक्कली नोट फेला परेको छ । रंगेली नगरपालिका–९ स्थित दोहमनाबाट प्रहरीले नक्कली नोटसहित एक जना महिलालाई पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका–५ टकुवाकी ४० वर्षीया कुरेसा खातुन पक्राउ परेकी हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार खातुनको साथबाट नेपाली ५ सय दरका १८ वटा नक्कली नोट बरामद भएको छ ।

उनीसँगै रहेका अन्य २ जना पुरुष भने फरार रहेका छन् । प्रहरीका अनुसार खातुनसहित पहिचान नखुलेका २ जना पुरुष बोका किन्न भनेर बिहीबार दोहमना बजारमा आएका थिए । रंगेली–९ की सुकुरमुनी सन्थाल सोरेनले घरमा पालेका बोका र पाठी बिक्रीका लागि बजारमा लिएर गएकी थिइन् । खातुन र मोटरसाइकलमा रहेका २ जनाले सोरेनसँग १२ हजार रूपैयाँमा २ वटा बोका किनेका थिए ।

बोका किनेर १ हजार दरका ३ वटा र ५ सय दरका १८ वटा नोट दिए । सोरेनले नोटहरु नक्कली रहेको शंका गरिन् । त्यसलगत्तै मोटरसाइकलको बीचमा २ वटा बोका राखेर २ जना पुरुषहरु फरार बनेको डीएसपी बस्नेतको भनाइ छ । उनका अनुसार फरार भएका अपरिचित पुरुषको खोजी भइरहेको छ । बोका लिएर मोटरसाइकलमा २ जना पुरुष फरार भएपनि उनीहरुसँगै रहेकी खातुनलाई भने प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो । खातुन पनि भाग्न खोज्दै थिइन् । उनको साथमा रहेको ५ सय दरका १८ वटा नोटसमेत प्रहरीले बरामद गरेको छ । परीक्षण गराउँदा नोटहरु नक्कली रहेको र सबैमा एउटै नम्बर उल्लेख गरेको पाइएको डीएसपी बस्नेतको भनाइ छ ।

उनका अनुसार विराटनगरस्थित राष्ट्र बैंकले समेत नोटहरु नक्कली रहेको जानकारी दिएको छ । १ हजार दरका नोट भने सक्कली नै रहेको प्रहरीले जनाएको छ । नक्कली नोट दिइ बोका लिएर फरार भएका पुरुषहरु भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार उनीहरुलाई भगाउन खातुनले भूमिका खेलेको र आफू पनि भाग्न खोजेको पाइएको छ ।

फरार भएका पुरुषसहित पक्राउ परेकी खानुतलाई कारबाहीको माग राखेर सोरेनले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । आफ्ना बोकासमेत फिर्ता गरिदिनुपर्ने माग उनको छ । नक्कली नोट कसरी चिन्नेबारे राष्ट्र बैंकले आफ्नो वेवसाइटमा जानकारी राखेको छ। झट्ट हेर्दा उस्तै देखिएपनि नक्कली नोट चिन्ने दुई वटा तरिका हुन्छन् । एउटा हेरेर र अर्काे छामेर।

नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्का हुन्छ। यसलाई सुरक्षण धागो भनिन्छ। सो धर्कालाई उज्यालोतिर फर्काएर हेर्दा त्यहाँ पनि सानो अक्षरमा ‘एनआरबी’ लेखेको हुन्छ। नोटको पछाडिको दायाँ भागमा गाढा सुनौलो रङ हुन्छ। नोट जति पुरानो र मैलो भए पनि यसको रङ बिग्रिदैन। नक्कली नोटहरूमा यस्तो गाढा रङ हुँदैन।

यस्तै सक्कली नोटमा पानीको थोपा प¥यो भने केही हुँदैन। तर नक्कली नोटमा पानीको थोपा प¥यो भने रङहरू पोतिने हुन्छ।यस्तै सक्कली नोट छाम्दा खस्रो हुन्छ। चाहे त्यो नयाँ होस वा पुरानो । यस्तै नयाँ नोटलाई औंलाले हान्यो भने आवाज कडा आउँछ। नक्कली नोटमा यस्तो आवाज आउँदैन। नोटको दाँया भागको पुच्छरमा १०००, ५०० लेखिएको अक्षरलाई औंलाले सुम्सुमायो भने अक्षर थोरै उठेको महशुस हुन्छ।

यसलाई ‘इन्ट्यागलियो प्रिन्ट’ भनिन्छ। नक्कली नोटमा सो अक्षर उठेको हुँदैन। दृष्टिविहीनले पनि नक्कली नोट छामेर थाहा पाउन सक्छन्। नोटको बीच भागमा तीन वटा कालो गोलो आकारको ‘डट’ हुन्छन्। र ती डटहरू पनि थोरै उठेका हुन्छन्। नक्कली नोटमा यस्तो डट उठेको हुँदैन। यसैलाई छामेर दृष्टिविहीनहरूले नक्कली नोट पत्ता लगाउन सक्छन्।

Tags: #नक्कली नोट कसरी चिन्ने ?#मोरङमा पनि भेटियो नक्कली नोट

लोकप्रीय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग
अन्तर्राष्ट्रिय

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.