×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङमा पनि भेटियो नक्कली नोट, नक्कली नोट कसरी चिन्ने ?

२८ बैशाख २०८१

२८ वैशाख, विराटनगर ।
मोरङको पूरानो सदरमुकाम रंगेलीमा ५ सय दरका नक्कली नोट फेला परेको छ । रंगेली नगरपालिका–९ स्थित दोहमनाबाट प्रहरीले नक्कली नोटसहित एक जना महिलालाई पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका–५ टकुवाकी ४० वर्षीया कुरेसा खातुन पक्राउ परेकी हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार खातुनको साथबाट नेपाली ५ सय दरका १८ वटा नक्कली नोट बरामद भएको छ ।

उनीसँगै रहेका अन्य २ जना पुरुष भने फरार रहेका छन् । प्रहरीका अनुसार खातुनसहित पहिचान नखुलेका २ जना पुरुष बोका किन्न भनेर बिहीबार दोहमना बजारमा आएका थिए । रंगेली–९ की सुकुरमुनी सन्थाल सोरेनले घरमा पालेका बोका र पाठी बिक्रीका लागि बजारमा लिएर गएकी थिइन् । खातुन र मोटरसाइकलमा रहेका २ जनाले सोरेनसँग १२ हजार रूपैयाँमा २ वटा बोका किनेका थिए ।

Advertisement
Advertisement

बोका किनेर १ हजार दरका ३ वटा र ५ सय दरका १८ वटा नोट दिए । सोरेनले नोटहरु नक्कली रहेको शंका गरिन् । त्यसलगत्तै मोटरसाइकलको बीचमा २ वटा बोका राखेर २ जना पुरुषहरु फरार बनेको डीएसपी बस्नेतको भनाइ छ । उनका अनुसार फरार भएका अपरिचित पुरुषको खोजी भइरहेको छ । बोका लिएर मोटरसाइकलमा २ जना पुरुष फरार भएपनि उनीहरुसँगै रहेकी खातुनलाई भने प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो । खातुन पनि भाग्न खोज्दै थिइन् । उनको साथमा रहेको ५ सय दरका १८ वटा नोटसमेत प्रहरीले बरामद गरेको छ । परीक्षण गराउँदा नोटहरु नक्कली रहेको र सबैमा एउटै नम्बर उल्लेख गरेको पाइएको डीएसपी बस्नेतको भनाइ छ ।

उनका अनुसार विराटनगरस्थित राष्ट्र बैंकले समेत नोटहरु नक्कली रहेको जानकारी दिएको छ । १ हजार दरका नोट भने सक्कली नै रहेको प्रहरीले जनाएको छ । नक्कली नोट दिइ बोका लिएर फरार भएका पुरुषहरु भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार उनीहरुलाई भगाउन खातुनले भूमिका खेलेको र आफू पनि भाग्न खोजेको पाइएको छ ।

फरार भएका पुरुषसहित पक्राउ परेकी खानुतलाई कारबाहीको माग राखेर सोरेनले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । आफ्ना बोकासमेत फिर्ता गरिदिनुपर्ने माग उनको छ । नक्कली नोट कसरी चिन्नेबारे राष्ट्र बैंकले आफ्नो वेवसाइटमा जानकारी राखेको छ। झट्ट हेर्दा उस्तै देखिएपनि नक्कली नोट चिन्ने दुई वटा तरिका हुन्छन् । एउटा हेरेर र अर्काे छामेर।

नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्का हुन्छ। यसलाई सुरक्षण धागो भनिन्छ। सो धर्कालाई उज्यालोतिर फर्काएर हेर्दा त्यहाँ पनि सानो अक्षरमा ‘एनआरबी’ लेखेको हुन्छ। नोटको पछाडिको दायाँ भागमा गाढा सुनौलो रङ हुन्छ। नोट जति पुरानो र मैलो भए पनि यसको रङ बिग्रिदैन। नक्कली नोटहरूमा यस्तो गाढा रङ हुँदैन।

यस्तै सक्कली नोटमा पानीको थोपा प¥यो भने केही हुँदैन। तर नक्कली नोटमा पानीको थोपा प¥यो भने रङहरू पोतिने हुन्छ।यस्तै सक्कली नोट छाम्दा खस्रो हुन्छ। चाहे त्यो नयाँ होस वा पुरानो । यस्तै नयाँ नोटलाई औंलाले हान्यो भने आवाज कडा आउँछ। नक्कली नोटमा यस्तो आवाज आउँदैन। नोटको दाँया भागको पुच्छरमा १०००, ५०० लेखिएको अक्षरलाई औंलाले सुम्सुमायो भने अक्षर थोरै उठेको महशुस हुन्छ।

यसलाई ‘इन्ट्यागलियो प्रिन्ट’ भनिन्छ। नक्कली नोटमा सो अक्षर उठेको हुँदैन। दृष्टिविहीनले पनि नक्कली नोट छामेर थाहा पाउन सक्छन्। नोटको बीच भागमा तीन वटा कालो गोलो आकारको ‘डट’ हुन्छन्। र ती डटहरू पनि थोरै उठेका हुन्छन्। नक्कली नोटमा यस्तो डट उठेको हुँदैन। यसैलाई छामेर दृष्टिविहीनहरूले नक्कली नोट पत्ता लगाउन सक्छन्।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top