२४ वर्षे युवकको अपराध धन्दा, २ अर्बको कारोबार

३१ वैशाख , काठमाण्डौ ।

वानएक्स बेटमार्फत २ अर्ब १ करोड रुपैयाँ बढीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। एसएसपी सानुराम भट्टराईका अनुसार २४ वर्षीय अनिल ढुंगाना पक्राउ परेका हुन्।

काभ्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर २ बस्ने ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो। उनी वानएक्स बेट, जुवा ३६५ बेटिङ एपका एजेन्ट रहेको प्रहरीको भनाइ छ। उनले विभिन्न बैंक खाता, वालेटको प्रयोग गरी दुई अर्ब १ करोड १८ लाख ४४ हजार १०२ रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।

Advertisement

उनले आफू जुवा ३६५ बेटिङ एपका सञ्चालक भएको भन्दै कारोबार गर्दै आएको पाइएको थियो। उनले बाइनान्समार्फत क्रिप्टो करेन्सीको कारोबार गरिरहेको अनुसन्धानमा देखिएको थियो। प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता २०७४को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर र दफा २३२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को क र ख लगायत कसुरमा अनुसन्धान गर्ने भएको छ।

थप अनुसन्धानका लागि प्रहरीले उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाएको छ। यस्तै नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनि ४ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोमवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

Advertisement

टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलव हुने प्रलोभन देखाइ १२४ जनाबाट ४ करोड ३४ लाख उठाइ फरार रहेका विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले श्रेष्ठलाई काठमाडौं ७ चाबहिलबाट पक्राउ गरी अनुसन्धन अघि बढाइएको बताए ।

४२ वर्षीय श्रेष्ठ कास्की पोखरा महानगरपालिका ५ का रहेका छन् । यस्तै अमेरिका र क्यानडा लैजाने भनि मानव तस्करी गरी ठगि गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको प्रमुख भट्टराईले बताए । उनले पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा, खिजिदेम्बा गा.पा. २ का वर्ष ४८ का जगतबहादुर तामाङ, जिल्ला तनहुँ ऋषिङ्ग गा.पा. २ का वर्ष ४६ का विष्णुबहादुर बराली र वर्ष ४८ का तनहुँ ऋषिङ्ग गा.पा. २ का जंगबहादुर वि.क. (बराल) लाई पक्राउ गरी सार्वजनिक गरेको बताए।

उनीहरुले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी तथा डल खोसी ९ महिनासम्म अलपत्र पारी राखेको बताए । केन्या र युगाण्डामा समेत एजेण्ट राख्ने गरेको, अमेरिका पु¥याउन ब्राजिल, कोलोम्बिया, मेक्सिको मध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना भरतको दिल्ली पहाडजंगस्थित होटलमा बसी संगठित रुपमा मानव तस्करीमा संलग्न रहेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top