NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

टी–२० विश्वकप खेलिने स्टेडियमहरु कस्ता छन् ?

मङ्लबार जेष्ठ १ , २०८१
Reading Time: 1 min read
A A
टी–२० विश्वकप खेलिने स्टेडियमहरु कस्ता छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ जेठ , एजेन्सी ।
आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी महिना जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । क्रिकेट विश्वमा सबैभन्दा लोकप्रिय र धेरै हेरिने खेलहरू मध्ये एक हो। विश्वका २० टोलीले विश्वकपमा पहिलो पटक भाग लिनेछन् ।

यस प्रतियोगिताको तालिका, ढाँचा, सहभागी टोलीहरूको सूची, लोगो र स्थान सहितको पूर्ण विवरणहरू सार्वजनिक भइसकेका छन् ।यस पटकको विश्वकपका खेलहरु १० स्थानका १० स्टेडियममा हुनेछन् ।

जसमा
सेन्ट भिन्सेन्ट र ग्रेनेडाइन्स, अर्नोस्किन पार्क, ओभल

LS Auto

ट्रिनिडाड र टोबागो, भेल स्टेडियम

संयुक्तराज्य अमेरिका, ग्रान्ड प्रेरी स्टेडियम (टेक्सास)

संयुक्तराज्य अमेरिका, केन्द्रीय ब्रोवार्ड पार्क (फ्लोरिडा)

संयुक्तराज्य अमेरिका, नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (न्यूयोर्क)

बार्बाडोस, केन्सिङ्टन, ओभल

सेन्ट लुसिया ,ड्यारेन सामी क्रिकेट मैदान

डोमिनिका, विन्डसर पार्क

गुयाना, प्रोभिडेन्स स्टेडियम

एन्टिगुवा र बारबुडा ,सर भिभियन रिचर्ड्स स्टेडियम रहेका छन् । विश्व क्रिकेटमा भर्खरै अगाडि आउँदै गरेको राष्ट्र हो, अमेरिका । उसले विश्वकप आयोजनाका लागि क्रिकेटका नयाँ पूर्वाधारहरु पनि धमाधम तयार पार्दैछ । विश्वकपलाई नै ध्यानमा राखी न्युयोर्कमा निर्माण गरिएको नयाँ नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियमले विश्वको ध्यान खिचेको छ ।

अन्तर्राष्ट्रिय स्तरको उक्त क्रिकेट स्टेडियम ३४ हजार दर्शक क्षमताको रहेको छ । उक्त रंगशालामा आगामी विश्वकपका आठवटा खेल खेलाउने कार्यक्रम रहेको छ । विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको खेल पनि जुन ९ तारिखमा सोही रंगशालामा खेलाइने कार्यक्रम रहेको छ ।

उक्त रंगशालामा विभिन्न वर्गका दर्शकको लागि छुट्टाछुट्टै क्षेत्र र सिटको ब्यवस्था मिलाइएको छ । विशिष्ठ अतिथिहरुका लागि सुविधा सम्पन्न क्याबिनको ब्यवस्था पनि गरिएको छ । उक्त रंगशालामा भारत र पाकिस्तानबिचको खेलका अतिरिक्त अन्य सात पनि खेलाइने छ । श्रीलंका र दक्षिण अफ्रिका, भारत र आयरल्यान्ड, क्यानडा र आयरल्यान्ड, नेदरल्यान्ड्स र दक्षिण अफ्रिका, दक्षिण अफ्रिका र बंगलादेश, पाकिस्तान र क्यानडा तथा अमेरिका र भारतबिचको खेल पनि सोही रंगशालामा खेलाइने छ ।

हाल क्रिकेट रंगशाला बनाइएको स्थानमा पहिले फर्मुला वानका खेलहरु हुन्थे । भारतको अहमादाबादमा नरेन्द्र मोदी रंगशाला बनाउने निर्माण कम्पनीले नै न्यु योर्कको क्रिकेट रंगशाला निर्माण गरेको समाचारमा जनाइएको छ । यसका अतिरिक्त लन्डनस्थित टोट्टनहाम हट्सपर फुटबल रंगशाला पनि यही कम्पनीले निर्माण गरेको हो ।

यसको बीचमा बनाइएका पिचहरू फ्लोरिडाबाट ल्याएर रंगशालामा जडान गरिएको थियो । फ्लोरिडामा डिसेम्बरको अन्त्यदेखि यी विशेष पिचहरू तयार भइरहेका थिए। एडिलेड ओभलको दश वर्षको अनुभव यी पिच बनाउन प्रयोग गरिएको छ। मिडिया विज्ञप्ति अनुसार, यी पिचहरू एडिलेड ओभल टर्फ सोलुसन कम्पनी द्वारा विकसित गरिएको हो, जसको नेतृत्व एडिलेड ओभलका प्रख्यात चीफ क्युरेटर डेमियन हगले गरेका छन्।

यसपटकको विश्वकपमा नेपालले समेत १० वर्षपछि दोस्रो पटक सहभागिता जनाउदैछ । यसैले सारा नेपाली समर्थकहरुको ध्यान विश्वकपमा नेपालको खेलमा केन्द्रित हुनेछ । नेपालले समूह चरण पार गर्ने लक्ष्य यो विश्वकपमा बनाएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि रहेको छन् ।

नेपालले आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । उक्त खेल अमेरिकाको टेक्सासस्थित डालास रंगशालामा खेलिने छ । नेपालले दोस्रो खेल जुन १२ तारिखमा श्रीलंकासँग खेल्नेछ । उक्त खेल अमेरिकाको फ्लोरिडामा खेलाइने छ । यसैगरी नेपालले तेस्रो खेल जुन १५ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ । उक्त खेल सेन्ट भिसेन्टमा खेलिने छ ।

चौथो खेल भने नेपालले जुन १७ मा बंगलादेशसँग खेल्नेछ । उक्त खेल पनि सेन्ट भिसेन्टमै खेलिने भएको छ । प्रतियोगिताको अघिल्लो संस्करण अर्थात् आईसीसी पुरुष टी–२० विश्वकप २०२२ अष्ट्रेलियाले आयोजना गरेको थियो। जहाँ फाइनल खेल पाकिस्तान र इंग्ल्याण्डबीच भएको थियो । जोस बटलरको कप्तानीमा रहेको इंग्ल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । इङ्ल्यान्ड दोस्रो पटक च्याम्पियन बनेको थियो, यसअघि सन् २०१० मा इङ्ल्यान्ड च्याम्पियन बनेको थियो।

Tags: #टी–२० विश्वकप खेलिने स्टेडियम

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.