×

NEPAL TIMES UPDATES

Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026

पुटिन र सी बीच भेट, के भयो कुरा ?

३ जेष्ठ २०८१

३ जेठ , एजेन्सी ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन् । उनको दुईदिने यो भ्रमण चीन र रुसबीचको कुटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठका अवसरमा भएको बताइएको छ । पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । रूस युक्रेन युद्धयता रूस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो । रुसको राष्ट्रपतिमा पाचौं कार्यकालका लागि चयन भएसँगै उनको सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गरेका हुन् ।

Advertisement
Advertisement

दुई दिने औपचारिक भ्रमणका लागि बेइजिङ उत्रिनुअघि उनले चिनियाँ सञ्चार माध्यामसँग कुराकानी गरेका थिए । सिन्ह्वासँगको कुराकानीमा पुटिनले युक्रेनसँग संवादका लागि आफू तयार रहेको बताएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ । युद्धमा संलग्न सबै राष्ट्रहरुको हित हुनेगरी सहमतिका लागि रूस बाधक नरहेको पुटिनको भनाइ छ ।

‘हामी सहमतिको विपक्षमा छैनौं । तर युद्धमा संलग्न सबै राष्ट्रको दीर्घकालीन हित र सुरक्षालाई मध्येनजगर गर्दै सहमति हुनुपर्छ भन्ने पक्षमा छौं । संवादका लागि रूस तयार छ,’ पुटिनको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । संवादका क्रममा उनले चीन र रूसबीच नयाँ विश्वका लागि वृहत रणनीतिक साझेदारी हुने बताएको ग्लोबल टाइम्समा समाचार छ ।

पुटिनले रूस युक्रेन युद्ध अन्त्यका लागि चार सिद्धान्त अघि सारेका छन् । पुटिनको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ– शीत युद्धकालीन मानसिकताको अन्त्य, सबैको सुरक्षाको प्रत्याभुति, अन्तर्राष्ट्रिय कानुनको सम्मान र राष्ट्रसंघको वडापत्रमा आधारित आपसी सम्बन्धको सुनिश्चतताको प्रत्याभुति युद्ध अन्त्यका लगि अपरिहार्य छ ।

यस भेटमा दुई मुलुकबीच वृहत रणनीतिक साझेदारी सम्बन्धि सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ । चिनिया राष्ट्रपति सी जिनपिङको युरोप भ्रमणलगत्तै बेइजिङमा भएको पुटिनको भ्रमणलाई पश्चिमा देशले चासोका साथ हेरेका छन् । रुसले दुई वर्षभन्दा बढी समयदेखि युक्रेनमा आक्रमण जारी राखेको छ ।

जसका कारण अमेरिकासहित उसका कयौँ सहयोगी देशले रुसमाथि १६ हजारभन्दा बढी प्रतिबन्ध लगाएका छन् । चीनले भने रुसलाई समर्थन गर्दै आएको छ । राष्ट्रसंघीय मञ्चमा रुसको समर्थनमा उभिँदै आएको चीनले रुसी सेनाका लागि हतियारसमेत उपलब्ध गराइरहेको पश्चिमा देशको आरोप छ ।

चीनले भने यसको खण्डन गर्दै रुस–युक्रेन युद्धमा मध्यस्थताको भूमिका निभाउन चाहेको बताउने गरेको छ । तर उसले युक्रेनमाथि जारी रुसी आक्रमणको आलोचना भने गरेको छैन । रुसी राष्ट्रपति पुटिनलाई अन्तर्राष्ट्रिय अदालतले युद्ध अपराधमा दोषी ठहर गरिसकेको छ । यस्तो अवस्थामा विदेश भ्रमणका क्रममा उनीमाथि गिरफ्तारीको समेत जोखिम हुने भए पनि चीनमा त्यस्तो सम्भावना नरहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top