×

NEPAL TIMES UPDATES

Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026
Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026

टी–२० विश्वकपको तालिका सार्वजनिक, सन्दीपले खेल्लान् ?

३ जेष्ठ २०८१

३ जेठ ,एजेन्सी ।

आगामी जुन २ बाट सुरु हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल ४ जुनमा खेल्ने छ । सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेयर क्रिकेट स्टेडियममा राति ९ः१५ बजेबाट सुरु हुनेछ ।

यस्तै नेपालले आफ्नो दोस्रो खेलमा श्रीलङ्कासँग जुन १२ मा खेल्ने छ भने तेस्रो खेल दक्षिण अफ्रिकासँग १५ जुनमा र चौथो खेल बङ्गलादेशसँग १७ जुनमा प्रतिस्पर्धा गर्नेछ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुन लागेको सन् २०२४ को आईसीसी ट्वान्टी– २० विश्वकपको नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालसँगै यस समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश रहेका छन् ।

रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोली यसअघि नै वेस्ट इन्डिज हुँदै अमेरिकाका लागि प्रस्थान गरिसकेको छ । अब यो टोलीमा नेपालका स्टार स्पिनर सन्दीप लामिछाने पनि समेटिने सम्भावना बढेको छ । बुधबार पाटन उच्च अदालतले बलात्कार मुद्यामा सन्दीपलाई सफाइ दिएसंगै नेपाल क्रिकेट संघ (क्यान) ले पनि उनको निलम्बन फुकुवा गरेको छ ।

अब सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ ।

कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने कोषाध्यक्ष खड्काले बताए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग एक जना खेलाडी प्रतिस्थापनका लागि अनुमति माग्दै पत्राचार गरिएको क्यान स्रोतले बताएको छ । स्रोतका अनुसार अमेरिका पठाउनुअघि सन्दीपको फिटनेस परीक्षण गरिने छ ।

क्यानका स्ट्रेन्थ एन्ड कन्डिसन एक्स्पर्ट अब्जुल सतार अमेरिकामा छन् । उनले पठाएका गाइडलाइन अनुसार सन्दीपको फिटनेस हेरिने छ ।सन्दीपले अन्तिमपटक प्रतिस्पर्धात्मक क्रिकेट गत वर्ष पुसमा खेलेका थिए । वीरगञ्जमा आयोजित प्रो क्लव च्याम्पियनसीपमा पर्सा ११ को नेतृत्व गरेका उनले टीमलाई फाइनलसम्म पु¥याएका थिए । तर, जिल्ला अदालतले दोषी ठहर गरेपछि उनले फाइनल खेल्न पाएनन् । फाइनलमा उनको टीम पराजित भएको थियो ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top