पुटिन बेइजिङमा रहेकै बेला चीनले घेर्रो ताइवान

३ जेठ , एजेन्सी ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा रहेकै बेला चीनले फेरि ताइवानलाई घेरा हालेको छ । ताइवानले आफ्नो हवाई तथा जलक्षेत्रमा चीनले फेरि घेरा हालेको दाबी गरेको छ । आज विहान आफ्नो हवाई तथा जल क्षेत्र आसपास २७ वटा चिनियाँ विमान र ७ वटा नौसेना जहाज देखिएको ताइवानी अधिकारीहरुले बताएका छन् ।

ताइवानका निकै लामो समयदेखि बेइजिंङका लागि विवादको विषय बनेको छ । बेइजिङले यस द्वीपलाई आफ्नो विद्रोही प्रांत मान्दछ । साथै निकट भविष्यमै यसलाई मुख्य भूमीमा मिसाउने बताउँदै आएको छ ।

Advertisement

यसका कारण चीनको अमेरिकासंग तनाव पनि चुलिने गरेको छ । सन २०२० देखिनै चीनले ताइवान आसपास क्षेत्रमा ग्रे जोन रणनीतिको उपयोगमा बढावा दिएको छ ।

ताइवानको रक्षा मंत्रालयले भनेको छ कि विहीबार विहान ७ बजे ताइवानको आसपास २७ पीएलए विमान र ७ पीएलएएन जहाजहरुले घेरा हालेको थियो । साथै १९ विमान ताइवान जलडमरूमध्यको रेखा पार गर्दै ताइवानको दक्षिण–पश्चिम क्षेत्र र पूर्वी वायु रक्षा क्षेत्रमा आएको थियो ।

Advertisement

एक रिपोर्टका अनुसार ताइवान र चीनबीच भू–राजनीतिक तनाव चलिरहेको छ । यसैबीच ताइवान जलडमरूमध्य क्षेत्रमा पनि यस्ता गतिविधिहरु बढेका छन् । ताइवान जलडमरूमध्यको मध्य रेखा निकै समयसम्म चीन र ताइवानबीच एक गोप्य सीमा पनि रहँदै आएको छ ।

जहाँ मे महिनामा अहिलेसम्म चिनियाँ सैन्य विमानहरुलाई १२६ पटक र नौसेना जहाजहरुलाई ६२ पटक ट्रयाक गरिएको छ । अमेरिकाकी पूर्व हाउस स्पीकर न्यान्सी पेलोसीको २०२२ मा ताइवान भ्रमणपछि चीनले यसक्षेत्रमा विमान, युद्धपोत र ड्रोनसहितको सैन्य अभ्याससमेत पटक पटक गरिसकेको छ ।

अहिले रुसी राष्ट्रपति पुगेकै बेलामा पनि चिनियाँ सैन्य विमानहरु ताइवान नजिक देखिएका हुन् । युक्रेन युद्ध सुरु भएपछि बेइजिङ मस्कोको महत्त्वपूर्ण साझेदार बनेको छ । चीन रुसमाथि अमेरिकासहित विभिन्न देशले लगाएको प्रतिबन्धको प्रभाव कम गराउन चाहन्छ ।

उसले अहिलेसम्म युक्रेनयुद्धको विपक्षमा बोलेको छैन । चीनले युक्रेनमा युद्ध होइन रुसी सैन्य कारबाही भन्दै आएको छ । यसरी अमेरिकासहित पश्चिमाहरुको हजारौं प्रतिबन्धको बावजुद रुसलाई समर्थन गरिरहेको चीनले ताइवानमा संघर्ष गर्नु पर्ने अवस्था आउँदा रुसको समर्थन खोजेको पनि विश्लेषण भइरहेको छ ।

यता एक चीन नीतिलाई मान्यता दिएपनि अमेरिकाले ताइवानलाई सहयोग गर्न कानुन नै बनाएर बसेको छ । अमेरिकाले ताइवानलाई हतियारदेखि सैन्य तालिमसमेत दिदै आएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top