×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वकप अघि नेपालको लगातार दोस्रो जित

४ जेष्ठ २०८१

४ जेठ, काठमाण्डौ ।
विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टोलीले वेस्टइन्डिजको स्थानीय विनवार्डस भोलक्यानोज टिमविरुद्ध लगातार दोस्रो जित हासिल गरेको छ । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । गएराति भएको खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको हो ।

पार्कहिल मैदानमा नेपालले पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । जबाफी व्याटिङ गरेको विनवार्डसले १८.४ ओभरमा १३० रनमै समेटियो । नेपालले पहिला ब्याटिङ गर्दा अनिल साहले २७ बलमा चार चौका र चार छक्कासहित ५० रनको अर्धशतकीय पारि खेले ।

Advertisement

यस्तै, कप्तान रोहित पौडेलले ४१ रन बनाउँदा कुशल भुर्तेलले ३८ रन जोडेका थिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले २६ रन जोड्दा प्रतिश जिसीले ६ रनको योगदान गरे । सन्दीप जोराले २ तथा गुल्सन झाले एक रन बनाएका थिए । सोमपाल कामीले ३ तथा अविनाश बोहोराले खाता नखोली नटआउट रहे ।

सुरुमै आशिफ शेखलाई गुमाएको नेपाललाई भुर्तेल र साहले राम्रो साझेदारी गरेका थिए । विनवार्डसका निकोलस रेडहड, साडरक डेसकार्ट र डेरिन नेडले दुई दुई विकेट लिए । १८० रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको विनवार्डसले सुरुआत राम्रो गरेपनि मध्यक्रम फ्लप भएको थियो । पहिलो विकेटका लागि किमानी मेलियुस र अकिम अगस्टीले ७३ रुनको साझेदारी गर्दै नेपाली बलरमाथि हाबी भएका थिए ।

उक्त साझेदारीलाई नेपालका कुशल भुर्तेलले तोडेका थिए । उनले सन्दीप जोराबाट क्याच आउट गर्दै मेलियुसलाई आउट गराए । उनी २७ बलमा ५० रनको पारि खेलेर पभेलियन फर्किए । त्यसपछि खेलमा फर्किएको नेपालले अन्य खेलाडीलाई हाबी हुन दिएन । दोस्रो सर्वाधिक रनको रुपमा अगस्टीले १८ बलमा २५ रन बनाए । उनलाई गुल्सन झाले रोहित पौडेलबाट क्याच आउट गरेका थिए ।

लेरी एडवार्डले १४ बलमा १२ रन बनाउँदा डिलोन डगलसले ८ बलमा ११ रन जोडे । नेपालका गुलसन झा र कुशल भुर्तेलले तीन तीन विकेट लिए । गुलसनले ३ ओभरमा १८ रन खर्चिदा भुर्तेलले ३ ओभरमा १२ रन दिएका थिए । यस्तै, सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहोराले समान एक एक विकेट लिए । यसअघि पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

नेपालले अब शनिबार तेस्रो अभ्यास खेल खेलेर अमेरिका प्रस्थान गर्ने छ । अमेरिकाको ह्युस्टनमा नेपालले प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ । यसैबीच आईसीसी टी–२० विश्वकपअघि नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ । विश्वकपअघि आईसीसीले प्रदान गर्ने दुई अभ्यास खेल तय गरिएको हो ।

आईसीसी पुरुष टी’२० विश्वकप २०२४ को अभ्यास खेल २७ मे र १ जुनको बीचमा खेलाइनेछ। सोमबार, २७ मे देखि शनिबार, १ जुन सम्म संयुक्त राज्य अमेरिका र ट्रिनिडाड र टोबागोमा तय गरिएको छ।त्यसअन्तर्गत नेपालले २७ मे मा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा (अभ्यास)वार्मअप खेल खेल्नेछ ।

Advertisement

दक्षिण अफ्रिकासहित कुल १७ टोलीले वार्मअप खेल खेल्दैछन ।आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले पहिलो नेदरल्यान्ड्ससँग खेल्नेछ ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top