४ जेठ, एजेन्सी ।
हुरी र मुसलधारे पानीका कारण अमेरिकामा चारजनाको मृत्यु भएको छ । बिहीबार अबेर र शुक्रबार बिहान आएको हुरी र मुसलधारे पानीका कारण अमेरिकाको टेक्सास र लुजीआनामा १० लाख घर विद्युत्विहीन भएका छन् । हाउस्टनका मेयरका सञ्चार विभाग प्रमुख स्यामुअल पेनाका अनुसार गम्भीर मौसमका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ ।
रुख ढल्दा दुईजनाको मृत्यु भएको थियो भने क्रेन दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । खराब मौसमका कारण भवनहरू भत्किनुका साथै ढलेका रुखले बाटो छेकेको छ । ९ लाख ३४ हजार घर टेक्सासमा र एक लाख ६६ हजार घर जुजिआनामा विद्युत्विहीन भएको जनाइएको छ । यस महिना ह्युस्टनमा प्रहार गर्ने दोस्रो द्रुत गतिको आँधीले बिहीबार दक्षिणपूर्वी टेक्सासमा १६० किमी प्रतिघण्टा को हावाको आँधी ल्याएको थियो ।
जुन २००८मा लगभग २ सय जनाको ज्यान गएको आँधी आइकेले ल्याएको बराबर थियो। राष्ट्रिय मौसम सेवाले पूर्वी टेक्सास र पश्चिमी लुजीआनामा “खतरनाक र जीवन जोखिमपूर्ण बाढी“ को चेतावनी दिएको छ। आँधीले सडकमा बाढी, रूखहरू ढालेको तथा विद्युतमा क्षति पुर्याएपछि ह्युस्टन र वरपरका क्षेत्रहरूमा लगभग एक लाख बासिन्दाहरू अँध्यारोमा बस्न बाध्य भएको सीएनएनले उल्लेख गरेको छ ।
अधिकारीहरूले स्थानीयलाई घर बाहिर ननिस्कन आग्रह गरेका छन् । “आज राती घरमै बस्नुहोस्, भोलि काममा नजानुहोस्, जबसम्म तपाईं अत्यावश्यक कामदार हुनुहुन्न। घरमै बस्नुहोस्, आफ्ना बच्चाहरूको ख्याल राख्नुहोस्, “ह्युस्टनका मेयर जोन ह्विटमायरले भनेका छन् । मेयरले आँधीमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । कम्तिमा दुई जनाको मृत्यु रूखहरू ढलेका कारण भएको थियो, र अर्को तीव्र हावामा क्रेन उड्दा भएको थियो ।
सामाजिक सञ्जालमा भएका तस्विर र भिडियोहरूले घर र भवनहरूमा व्यापक क्षति भएको देखाएको छ। डाउनटाउनका होटलहरू र कार्यालय भवनहरूमा सयौं झ्यालहरू चकनाचुर भएको एसोसिएटेड प्रेसले उल्लेख गरेको छ । यसअघि ठूला भूभागका लागि गम्भीर आँधीबेहरीको चेतावनी जारी गरिएको थियो।
यो महिना टेक्सासमा प्रहार गर्ने यो दोस्रो आँधी हो। मेको पहिलो हप्तामा भारी आँधीबेहरीले यस क्षेत्रलाई ठक्कर दिएको थियो । यसअघिको भीषण वर्षा, बाढी र आँधीले पनि अप्रिलमा यस क्षेत्रलाई ठप्प पारेको थियो। खराब मौसमका कारण गल्फ कोस्ट (दक्षिणी अमेरिका)का करिब तीन करोड मानिस जोखिममा परेको उल्लेख गरिएको छ ।