×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

अमेरिकाका १० लाख घर विद्युत्विहीन, ४ जनाको मृत्यु

४ जेष्ठ २०८१

४ जेठ, एजेन्सी ।

हुरी र मुसलधारे पानीका कारण अमेरिकामा चारजनाको मृत्यु भएको छ । बिहीबार अबेर र शुक्रबार बिहान आएको हुरी र मुसलधारे पानीका कारण अमेरिकाको टेक्सास र लुजीआनामा १० लाख घर विद्युत्विहीन भएका छन् । हाउस्टनका मेयरका सञ्चार विभाग प्रमुख स्यामुअल पेनाका अनुसार गम्भीर मौसमका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement

रुख ढल्दा दुईजनाको मृत्यु भएको थियो भने क्रेन दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । खराब मौसमका कारण भवनहरू भत्किनुका साथै ढलेका रुखले बाटो छेकेको छ । ९ लाख ३४ हजार घर टेक्सासमा र एक लाख ६६ हजार घर जुजिआनामा विद्युत्विहीन भएको जनाइएको छ । यस महिना ह्युस्टनमा प्रहार गर्ने दोस्रो द्रुत गतिको आँधीले बिहीबार दक्षिणपूर्वी टेक्सासमा १६० किमी प्रतिघण्टा को हावाको आँधी ल्याएको थियो ।

जुन २००८मा लगभग २ सय जनाको ज्यान गएको आँधी आइकेले ल्याएको बराबर थियो। राष्ट्रिय मौसम सेवाले पूर्वी टेक्सास र पश्चिमी लुजीआनामा “खतरनाक र जीवन जोखिमपूर्ण बाढी“ को चेतावनी दिएको छ। आँधीले सडकमा बाढी, रूखहरू ढालेको तथा विद्युतमा क्षति पुर्याएपछि ह्युस्टन र वरपरका क्षेत्रहरूमा लगभग एक लाख बासिन्दाहरू अँध्यारोमा बस्न बाध्य भएको सीएनएनले उल्लेख गरेको छ ।

अधिकारीहरूले स्थानीयलाई घर बाहिर ननिस्कन आग्रह गरेका छन् । “आज राती घरमै बस्नुहोस्, भोलि काममा नजानुहोस्, जबसम्म तपाईं अत्यावश्यक कामदार हुनुहुन्न। घरमै बस्नुहोस्, आफ्ना बच्चाहरूको ख्याल राख्नुहोस्, “ह्युस्टनका मेयर जोन ह्विटमायरले भनेका छन् । मेयरले आँधीमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । कम्तिमा दुई जनाको मृत्यु रूखहरू ढलेका कारण भएको थियो, र अर्को तीव्र हावामा क्रेन उड्दा भएको थियो ।

सामाजिक सञ्जालमा भएका तस्विर र भिडियोहरूले घर र भवनहरूमा व्यापक क्षति भएको देखाएको छ। डाउनटाउनका होटलहरू र कार्यालय भवनहरूमा सयौं झ्यालहरू चकनाचुर भएको एसोसिएटेड प्रेसले उल्लेख गरेको छ । यसअघि ठूला भूभागका लागि गम्भीर आँधीबेहरीको चेतावनी जारी गरिएको थियो।

Advertisement

यो महिना टेक्सासमा प्रहार गर्ने यो दोस्रो आँधी हो। मेको पहिलो हप्तामा भारी आँधीबेहरीले यस क्षेत्रलाई ठक्कर दिएको थियो । यसअघिको भीषण वर्षा, बाढी र आँधीले पनि अप्रिलमा यस क्षेत्रलाई ठप्प पारेको थियो। खराब मौसमका कारण गल्फ कोस्ट (दक्षिणी अमेरिका)का करिब तीन करोड मानिस जोखिममा परेको उल्लेख गरिएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top