×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा

४ जेष्ठ २०८१

४ जेठ, एजेन्सी ।

गएको मार्च २६ मा अमेरिकाको बाल्टिमोरस्थित पुलमा भयानक दुर्घटना भएको थियो । यो दुर्घटनापछि अझैसम्म जहाजका चालक दल अझै त्यहीँ फसेको खबर बाहिरिएको छ । श्रीलंका जाँदै गरेको सिंगापुरको झण्डा बोकेको ९८४ फिट लामो कार्गो जहाज पुलको पिलरसँग ठोक्किएर दुर्घटना हुँदा बाल्टिमोरको पाटाप्सको नदीमा बनेको २.६ किलोमिटर लामो ‘फ्रान्सिस स्कट की ब्रिज’ भत्किएको थियो ।

Advertisement
Advertisement

यो भयानक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । जहाजमा चालक दलका सदस्यमा २० भारतीय र एक श्रीलंकाली नागरिक रहेका छन् । चालक दल दुर्घटना भएदेखि नै सो जहाजमा रहेका छन् । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले यो घटनाको अनुसन्धान गरिरहेको छ । चालक दलका सदस्यहरूलाई मुक्त गर्ने प्रयासमा पुलको एक भाग भत्काइएको छ।

घटनापछि जहाज भग्नावशेषमा फसेको र ठूलो चापका कारण जहाजमा फसेका मानिसहरूलाई बाहिर निकाल्न कठिनाइ भएको बताइएको छ । पुलको भग्नावशेषका कारण जहाज अझै अड्किएकै कारण यी मानिसहरू जहाजमै फसेका छन् । मंगलबार जारी गरिएको संघीय अन्वेषकहरूको प्रारम्भिक प्रतिवेदनले विपद् अघि दुईपटक बिजुली अवरुद्ध भएको जनाएको छ।

नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डको रिपोर्टले बाल्टिमोर छोड्नु भन्दा दश घण्टा अघि दुईपटक ब्ल्याकआउटको विवरण पनि दिन्छ। अर्काे तर्फ भिसा प्रतिबन्धहरू अनुसन्धानका कारण पनि चालक दल जहाजबाट ओर्लन नसकेको भारतीय संचारमाध्यामहरुले दावी गरेका छन् । दुर्घटनाग्रस्त कार्गो जहाजको नाम ‘द डाली’ रहेको छ । द डालीको मालिक ग्रेस ओशन प्रालिका प्रवक्ता जिम लरेन्सले भने भारतीय चालक दलका सदस्यहरू जहाजमा राम्रो अवस्थामा रहेको बताएका छन् ।

“जहाजमा सामान्य कर्तव्यहरू पालना गर्दै उनीहरुले अनुसन्धान र जारी उद्धार कार्यमा पनि सहयोग गरिरहेका छन्,“ लरेन्सले भनेका छन् । अप्रिलमा, एफबीआईले जहाजलाई लक्षित गर्दै आपराधिक अनुसन्धान सुरु गरेको छ । बाल्टिमोर इन्टरनेशनल सीफेरर्स सेन्टरका अनुशार चालक दलहरुलाई बाहिरी संसारसँगको सम्पर्कबाट टाढै राखिएको छ ।

Advertisement

किनभने तिनीहरूको सेलफोन एफबीआईले अनुसन्धानका लागि जफत गरेको छ। बीबीसीका अनुशार चालक दललाई डेटा समावेश नगरी सिम कार्ड र अस्थायी सेल फोनहरू दिइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना पुलको पुनर्निर्माण गर्ने वाचा गर्दै मेको अन्त्यसम्ममा ढुवानी यातायातको लागि नयाँ च्यानल खोल्ने बताएका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top