×

NEPAL TIMES UPDATES

Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026

घाँटीको हड्डी बन्यो पोखरा विमानस्थल, आम्दानी चाराना खर्च बाराना

१८ जेष्ठ २०८१

१८ वैशाख, विराटनगर ।

व्यावसायिक उडान भरिरहेका, आशिंक सञ्चालनमा रहेका, निर्माणाधीन र बन्द भएकासमेत गरी अहिले देशमा ५६ विमानस्थल छन् । अझै तेह्थुम, धरान, धनकुटा, उदयपुरमा विमानस्थल थप गर्नुपर्ने आवाज उठिरहेको छ । तीनवटा अन्तराष्ट्रिय विमानस्थल रहेपनि २ वटा विमानस्थल निर्माण सम्पन्न भएर थन्किएपनि अझै बाराको निजगढमा विमानस्थल बनाउनुपर्नेमा नेता देखि सरकारसम्म जोड दिईरहेको छ ।

Advertisement
Advertisement

यस्तोमा चिनियाँ एक्जिम बैंकबाट ५ प्रतिशत ब्याजदरमा २८ अर्ब रुपैयाँ भन्दा बढी ऋण लिएर बनाएको पोखरा र आसपासको क्षेत्रको आर्थिक अवस्था नै कायापलट गराउँछ भन्ने विश्वास लिइएको पोखरा अन्तराष्ट्रिय नेपालका लागि घाँटीको हड्डी जत्तिकै बनेको छ । पछिल्लो समय चिनियाँ राजदूतले पोखरा विमानस्थलका लागि लिइएको ऋणको ब्याजदरका विषयमा एक पत्रकारले दिएको अभिब्यक्तिलाई लिएर आलोचना गरेपछि यसले धेरैको ध्यान खिँचेको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङ र पत्रकार गजेन्द्र बुढाथोकीबीच सामाजिक सञ्जालमा भएको विवादका कारण पोखरा विमानस्थल फेरि चर्चामा छ । बुढाथोकीले पोखरा विमानस्थलका लागि नेपालले पहिले उल्लेख गरेको ब्याजभन्दा बढी रकम चिनियाँ बैंकलाई तिर्नुपर्ने बताएका छन् । उनले नेपाल र चीनबीच भएको दस्तावेजमा पोखरा विमानस्थलका लागि कुल २१ करोड ५९ लाख डलर ऋण लिएको उल्लेख गरेका छन् ।

यस ऋणमा पहिले दुई प्रतिशत ब्याज तिर्नुपर्ने बताइए पनि अहिले सरकारी कागजातले नेपालले ५ प्रतिशत ब्याज तिर्नुपर्ने खुलासा भएको गजेन्द्रले बताएका छन् । पोखरा विमानस्थल तयार भए पनि हालसम्म यस विमानस्थलमा कुनै पनि व्यावसायिक उडान अवतरण नभएकाले नेपालले पैसा कमाउन सकेको छैन । योनेपालका लागि आम्दानी चाराना खर्च बाराना बनेको छ ।

यही अवस्था रहिरहने हो भने पोखरा विमानस्थल आर्थिक संकटको कारण बनेको छ । जापानी एजेन्सी जाइकाले यो विमानस्थल दुई चरणमा निर्माण गर्न ८५ मिलियन डलर खर्च हुने अनुमान गरेको थियो । सन् २०१३ मा नेपालले गरेको अध्ययनमा २२ करोड ८० लाख डलर खर्च हुने बताएको थियो ।

बुढाथोकीले सामाजिक सञ्जालमा ५ प्रतिशतको ब्याजदरको विषय उल्लेख गरेपछि उनलाई चिनियाँ राजदूत चेङ सोङले माफी माग्न भनेका छन् । त्यसमा गजेन्द्रले प्रमाण पेश गर्दै चीनले नेपाललाई ऋणको नाममा लुटिरहेको स्पष्ट पारेका छन् ।चीनले २ होइन ५ प्रतिशत ब्याज लिएको खुलासापछि नेपालका लागि चिनियाँ राजदूत छन् सोङले एक्समा पोष्ट गर्दै भनेका छन्, ‘हामी तपाईंलाई औपचारिक रुपमा माफी माग्न आग्रह गर्दछौं ।

त्यसमा गजेन्द्रले पनि उचित जवाफ दिँदै चिनियाँ राजदूतले मलाई धम्की नदिनु पर्ने बताएका छन् । चिनियाँ राजदूत छन् सोङले प्रमाण छ भने सार्वजनिक गर्न भनेका छन् । यदि तपाईंसँग प्रमाण छैन् र यसलाई फेला पार्न समय चाहिन्छ भने, तपाईंको नियत के हो? पहिले झूट फैलाउनुहोस्, त्यसपछि अफवाह शान्त हुनको लागि पर्खनुहोस् र त्यसपछि यसलाई उक्साउनुहोस्। त्यसपछि गजेन्द्रले पनि प्रतिवाद गर्दै सरकारको कागजात एक्समा राखिदिएका छन् । जहाँ चीनले सरकारलाई ५ प्रतिशत ब्याजमा ऋण दिएको स्पष्ट लेखिएको छ ।

प्रणय राणाले चिनियाँ राजदूतलाई खुलेर धम्की दिएको लेखेका छन् । यो कूटनीतिक मापदण्डभन्दा बाहिरको कुरा हो । कुनै पनि राजदूतले पत्रकारलाई आक्रमण गर्न एक्सको प्रयोग गर्नु हुँदैन। यदि तपाइँको कुनै चिन्ता छ भने, तपाइँ एक औपचारिक बयान जारी गर्न सक्नुहुन्छ वा नेपालको परराष्ट्र मन्त्रालयमा तपाइँको चासो राख्न सक्नुहुन्छ। सन् २०१३ को अगस्टमा एक चिनियाँ कम्पनीले यस परियोजनामा विमानस्थल निर्माण गर्न २६ करोड ४० लाख डलर लाग्ने बताएको थियो ।

चिनियाँ कम्पनीले पछि यसलाई बढाएर ३० करोड ५० लाख डलर पुर्यायो। यस विमानस्थलको खर्चको अनुमानमा नेपालले आपत्ति जनाएपछि चिनियाँ कम्पनीले खर्चको अनुमान ३० करोड डलरमा झारेको थियो । त्यसपछि नेपालले चीनको एक्जिम बैंकबाट २१ करोड ६० लाख डलर ऋण लिएको थियो । जसमा २५ प्रतिशत सहुलियत दर र २ प्रतिशत ब्याजदरमा ७५ प्रतिशत कर्जा दिइएको थियो ।

पोखरा विमानस्थल निर्माणको ठेक्का सन् २०१६ मा चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङलाई दिइएको थियो । सन् २०२३ मा तयार भई उद्घाटन भइसकेको यो विमानस्थल अहिले कुनै पनि उडान अवतरण हुन नसक्दा आर्थिक संकटमा परेको छ । यति मात्र होइन, नेपालले चिनियाँ ऋणमा २ होइन ५ प्रतिशत ब्याज तिर्नुपर्नेछ । यसैले यो विमानस्थल सेतो हात्ती बनेको छ ।

यति मात्र होइन,यस विमानस्थलको अर्को विवाद भनेको चीनले यसलाई बीआरआई परियोजनाको हिस्सा भनेको छ तर नेपालले अस्वीकार गर्दै आएको छ । यसअघि चिनियाँ राजदूतले त सार्वजनिक रुपमा नै पोखरा विमानस्थल बीआरआई अन्र्तगत रहेको बताएका थिए । पछिल्ला महिनाहरूमा नेपालले पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई आग्रह गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले नै चिनियाँ पक्षसँग पोखरा विमानस्थलको ऋणलाई अनुदानमा बदल्न आग्रग गरेका छन् । तर चिनियाँ पक्ष यसका लागि तयार देखिएको छैन् । गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा सो ऋणलाई अनुदानमा परिणत गराउने वा त्यसका सर्तहरू बदल्ने प्रयास गरिएका थिए।

तीनमा अझै जवाफ नआइसकेको उल्लेख गर्दै नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले अहिलेकै परिस्थितिहरू कायम भयो भने प्राधिकरणको अन्य आम्दानीहरूबाट पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण तिर्न सक्ने अवस्था नरहेको बताएका छन् ।नेपालका दुई पोखरा र गौतमबुद्ध विमानसथलबाट अन्तराष्ट्रिय उडान सुरु हुन् नसक्नुमा भारत पनि त्यतिनै जिम्मेवार रहेको बताइन्छ ।

भारतले नेपाललाई आफ्नो निकटको छिमेकी भन्ने गर्छ र प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले आफ्नो ‘छिमेक पहिलो विदेश नीति’ को प्राथमिकतामा काठमाण्डौं पनि रहेको बताउने गरेका छन् । यसैले उनले आफ्नो सपथग्रहणमा छिमेकी देशका सरकार प्रमुखलाई निमन्त्रणा गरेका थिए । तर यी दुई विमानस्थलका लागि भारतले हवाइ रुट दिएको छैन् ।

विज्ञहरू भने नेपालका उड्डयन क्षेत्रमा बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न पनि दिल्लीले हवाई रुटसहितका विषय अघि नबढाएको बताउँछन् । यसका लागि नेपाली पक्षले भारतसँग गम्भीर छलफल गर्न समेत सकेको छैन् । २८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएर पोखरा विमानस्थल निर्माण गरिएको छ। त्यसको ब्याज तिर्ने समय सुरु हुन लागिरहँदा त्यहाँबाट एकाधबाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

यसैगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा मात्रै १० अर्ब २३ करोड रुपैयाँ भन्दा धेरै खर्च भएको छ। तर त्यहाँबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान भइरहेको छैन। यी दुवै विमानस्थलमा भारतबाट वा भारततर्फको उडान सुरु हुन सकेको छैन।विमानस्थलले कमाएर ब्याज पनि तिर्ने ढाँचामा सहमति गरिएको भए पनि एकाध चार्टरबाहेक नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ब्याज नागरिक उड्डयन प्राधिकरणले अघिल्लो वर्षबाट तिर्दै आएको छ।

उक्त ऋणको सावाँ ब्याज तिर्ने समयतालिका अघिल्लो चैतबाट सुरु भएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे चिनियाँ एक्जिम बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुसार सात वर्षको ग्रेस अवधि अर्थात कुनै पनि ब्याज तिर्नुनपर्ने समय सहित २० वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्छ।

सरकारले विक्रम संवत् २०८६ बाट साँवा र ब्याज दुवैको भुक्तानी गर्नुपर्ने हुन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले डेढदेखि दुई अर्ब रुपैयाँसम्म र जग्गा अधिग्रहणका लागि सरकारले थप आठ अर्ब रुपियाँसम्म खर्च गरेका बताइन्छ।

तर उक्त विमानस्थल सञ्चालनमा आएयता जम्मा सात वटा अन्तर्राष्ट्रिय उडान भएका छन् भने करिब चार लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । ऋण खोजेर बनाएका विमानस्थल ठप्प प्राय छन् । ब्याजसहित सावा तिर्न सुरु भईसकेको छ तर आम्दानी शुन्य बराबर छ । यसबारे तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top