×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

जेलेन्स्कीले जब चीनमाथि लगाए यस्तो गम्भिर आरोप…

२१ जेष्ठ २०८१

२१ जेठ, एजेन्सी ।

युक्रेनले चीनमाथि गम्भीर आरोप लगाएको छ । उसले चीनका कारण रुस–युक्रेन युद्ध थप लम्बिन लागेको आरोप लगाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चीनले स्वीट्जरल्याण्डमा हुन लागेको विश्व शान्ति वार्ता कमजोर बनाउने प्रयास गरिरहेको भन्दै युद्ध चीनकै कारण लम्बिने अवस्थामा पुगेको आरोप लगाए ।

Advertisement
Advertisement

उनले चीन र रुसले यो वार्तामा अरु देशलाई सहभागी हुन रोक लगाएको आरोप लगाए । साथै जेलेन्स्कीले रुसले प्रयोग गरिरहेका हतियारसमेत चीनबाट आइरहेको दाबी गरे । तर चीनले भने रुस–युक्रेनमा आफू कुनै पनि पक्षमा नरहेको दाबी गर्दै आएको छ । अमेरिकाले समेत चीनले रुसलाई सहयोग गरिरहेको र हतियार पठाइरहेको आरोप विगतदेखि लगाउँदै आएको छ ।

निरन्तरको प्रतिबन्धका कारण रुसको अर्थतन्त्र कमजोर बन्दा चीनले हतियारसहित सबैखाले सहयोग गरिरहेको पश्चिमा देशहरुको अनुमान छ । हालै अमेरिकाले युक्रेनलाई रुसविरुद्ध प्रत्याक्रमण गर्न अमेरिका निर्मित हतियार प्रयोगको अनुमति दिएको थियो । जारी युद्धमा युक्रेनलाई सहयोग गरिरहेको अमेरिकाले गत अप्रिलमा मात्रै ६१ अर्ब डलरको सैन्य मद्दत स्वीकृत गरेको थियो ।

यसैबीच अढाइ वर्षदेखि जारी रुस र युक्रेन युद्धले मानव जीवनलाई मात्र होइन, वन्यजन्तुलाई समेत असर गरेको एक अध्ययनले देखाएको छ । साइन्स जर्नलमा छापिएको एक अनुसन्धान रिपोर्ट अनुसार रुस र युक्रेन युद्धले ‘ग्रेटर स्पोटेड’ चीलको प्रजाती संकटमा परेको हो । युद्धका कारण यी चीलले बसाइँसराइका लागि यात्रा गर्ने बाटो बदलेका छन् ।

घुमाउरो र लामो बाटो प्रयोग गर्दा उनीहरुको यात्रा अवधि पनि लम्बिएको छ । एस्टोनिया युनिभर्सिटी अफ लाइफ साइन्स र ब्रिटिश ट्रष्ट फर ओरनिथोलोजीका शोधकर्ताले युद्धले वन्यजन्तुमाथि परेको असरबारे अध्ययन गरेका थिए । उनीहरुको निष्कर्ष छ– युद्धबाट पर्यावरणमा हुने क्षतिको सीधा सम्बन्ध ‘ग्रेटर स्पोटेड’ चीलको बसाइँ र उनीहरुको यात्रामा देखिएको छ ।

यसबाट भन्न सकिन्छ युद्धबाट मानिस मात्र होइन, बरु जनावर र पन्छीहरु पनि पीडित भएका छन् । ‘ग्रेटर स्पोटेड’ चील प्रजननका लागि युक्रेनको बाटो हुँदै दक्षिण बेलारुस जाने गर्दछन् । यी चील इन्टरेशनल युनियन फर कन्जर्भेसन अफ नेचरको रातो सूचीमा छन् । रातो सूचीको अर्थ अति संकटापन्न भन्ने बुझिन्छ । यी चीललाई सन् २०२१ मा रातो सूचीमा राखिएको थियो ।

चीलका यी प्रजाति पश्चिमी र केन्द्रीय युरोप, खासगरी बेलारुस र पोलेसिया क्षेत्रमा पाइन्छन् । युद्ध सुरु भएपछि यी चीलले औसतमा ८५ किलोमिटर लामो बाटो प्रयोग गरेका छन् । केही चीलले त २५० किलोमिटरभन्दा बढी दुरी तय गरेका थिए । युद्धभन्दा अगाडि ती ९० प्रतिशत चील बसाइँसराइको क्रममा युक्रेनमा रोकिन्थे । युद्ध सुरु भएपछि ३२ प्रतिशत चील मात्र युक्रेनमा रोकिएको पाइएको छ ।

केही चीलले त बसाइँसराइको क्रममा युक्रेनको भूमि नै प्रयोग नगरेको पाइएको छ । यी चीलले आफ्नो यात्राको बाटोमात्र बदलेका छैनन् बरु आराम गर्ने समय अवधि पनि छोट्याएका छन् । वैज्ञानिकहरुका अनुसार यी चीलले यात्राको क्रममा आफ्नो समय र शक्ति दुवै धेरै खर्च गरेको पाइएको छ ।

Advertisement

अध्ययन अनुसार विष्फोट र ठूला आवाजबाट वन्यजन्तु प्रभावित भएको पाइएको छ । त्यसैले युद्धग्रस्त क्षेत्रमा हुने गतिविधिकै कारण यी चीलले आफ्नो यात्राको बाटो बदलेको वैज्ञानिकहरुको ठहर छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top