भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा अध्यागमन कार्यालयको कडाई

२ असार, काठमाडौँ

भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ ।

बिचौलियाले गलत रूपमा प्रयोग गरी खाडीसहित प्रतिबन्धित देशमा घरेलु कामदार पठाउन थालेको देखिएपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले बताए ।

Advertisement

पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई अध्यगमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको छ ।

पछिल्ला केही दिनमा विमानस्थलबाट फर्काइएकामा धेरै जना महिला रहेको उनले जानकारी दिए ।

Advertisement

भिजिट भिसाको नाममा मानव तस्करी हुन थालेपछि अध्यागमन कार्यालयले कडाइ गरेको तर आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई नरोकिएको उनको भनाइ छ ।

सरकारले पछिल्लोपटक ल्याएको कार्यविधिमा छ महिनाको वैध अवधि भएको राहदानी, गन्तव्य देशको प्रवेशाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने देश भए भिसा नचाहिने, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी वा गैरसरकारी संस्थाको निमन्त्रण पत्र वा त्यो नभएमा कम्तीमा पाँच सय डलर बराबरको नगद सटही भएको प्रमाण भएमा भिजिट भिसामा विदेश जान पाइने व्यवस्था छ ।

यस्तै संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । तर यो मापदण्डलाई पनि कतिपयले दुरुपयोग गरेकाले कडाइ गरेको अध्यागमनले जनाएको छ ।

भिजिट भिसाका विषयमा अब नयाँ कार्यविधि ल्याउन लागिएको पनि विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख पन्थीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top