चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न माग

२ असार, विराटनगर ।

Advertisement

चिकित्सा शिक्षा आयोगद्वारा लिईने एकीकृत प्रवेश परीक्षाको केन्द्र विराटनगरमा राख्नु पर्ने माग गर्दै विराटनगरको एचिभर्स कन्सल्टिङ सर्भिसेजले शिक्षक आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।

कोशी प्रदेश र मधेस प्रदेशका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई सहजहुने गरि प्रवेश परीक्षाको केन्द्र विराटनगरमा राख्नु पर्ने, प्रत्येक संकायको परीक्षा शुल्क घटाउनु पर्ने लगायतका माग राख्दै एचिभर्स कन्सल्टिङ सर्भिसेजले कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईमार्फत चिकित्सा शिक्षक आयोगलाई ज्ञापनपत्र बुझाएको हो ।

Advertisement

ज्ञापनपत्रमा चिकित्सा शिक्षा आयोगले २०८१–०२–२८ गते निकालेको सुचना अनुसार विभिन्न कार्यक्रमको लागि पाँच दिनमा प्रवेश परीक्षा लिने र प्रत्येक संकायको परीक्षा शुल्क ४ हजार रुपैयाँ लाग्ने सुचनामा उल्लेख गरिएको भनिएको छ ।

कोशी प्रदेशमा हाल सम्म ४ वटा चिकित्सा शिक्षा अध्यन हुने शिक्षण अस्पतालहरु रहेका छन् ।

Advertisement

देश संघीयतामा गईसकेकोले प्रत्येक प्रदेशमा प्रवेश परीक्षाको केन्द्र राख्नु पर्नेमा देश भरिका प्रवेश परीक्षा काठमाडौ उपत्यकामा मात्र हुने सूचना प्रकाशित गर्नु संघीयताको मर्म विपरित भएको एचिभर्स कन्सल्टिङ सर्भिसेजका निर्देशक पवन साहले बताए ।

उनले गरिब र विपन्न विद्यार्थीलाई प्रवेश परीक्षाकै लागि केन्द्रिकृत शासन ब्यवस्थालाई नै बढवा दिन् गरी काठमाडौं धाउनुपर्ने विगतकै परम्परा अन्त्य गर्न पनि माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top