×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

सन्दीप संर्घष गरेर वेस्टइन्डिज पुगे अनि कीर्तिमान बनाए

४ असार २०८१

३ असार, विराटनगर ।

नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् ।

Advertisement
Advertisement

सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै शतक विकेट पूरा गरेका हुन् । जारी विश्वकप सुरु हुदासम्म सन्दीपको विश्वकप खेल्ने संभावना सकिसकेको आकलन गरिएको थियो ।

दुई पटकसम्म प्रयास गर्दा समेत अमेरिकाले भिसा नदिएपछि सन्दीपले समेत विश्वकप खेल्ने आशा मारिसकेका थिए । तर जे हुनु थियो त्यो भएरै छाड्छ भनेझै सन्दीप नेपालले समूह चरणमा खेल्ने दुई खेलमा लागि वेस्टइन्डिज पुगे । जहाँ उनले दक्षिण अफ्रिका र बंगलादेशसँग विश्वकप क्रिकेट खेल्ने अवसर पाए ।

यसै क्रममा उनले टी २० अन्तराष्ट्रियमा आफ्नो सय विकेट पूरा गरेका छन् । योसँगै उनी टी–२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले ५४ टी–२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् ।

छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ । उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए ।

सन्दीप टी–२० आई क्रिकेटमा १०० विकेट विकेट पूरा गर्ने पहिलो नेपाली समेत बनेका छन् ।

उनले विश्वकपको १८ हजार दर्शक क्षमताको किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा विश्वभरका क्रिकेट दर्शकलाई साक्षी राखेर नेपालका लागि जुन पहिलो कीर्तिमान बनाएका छन्, त्यो पहिलो सन्दीपको नाम अब इतिहासमा कसैले मेटाउन सक्ने छैनन् ।

उनले एकदिवसीय खेलमा पनि आफ्नो सय विकेट पूरा गर्दै कीर्तिमान बनाइसकेका छन् । उनले एकदिवसीयमा ११२ विकेट लिइसकेका छन् । उनले मात्र ४२ खेल खेल्दै एकदिवसीयमा सय विकेट पूरा गरेका हुन् ।

सर्वाधिक छिटो एकदिवसीयमा सय विकेट लिने खेलाडीको सूचीमा अझै पनि सन्दीप नै पहिलो स्थानमा छन् । यो सूचीमा ४४ खेलमा सय विकेट पूरा गरेका रसिद दोस्रो स्थानमा छन् ।

सन्दीपले टी २० मा भने २०६ विकेट लिइसकेका छन् । टी २० आईमा सबैभन्दा छिटो समय विकेट पूरा गर्नेमा अफगानिस्तानका बलर रसिद खान रहेका छन् । उनले मात्रै ५३ इनिङमा आफ्नो सय विकेट पूरा गरेका छन् ।

रासिदलाई सय विकेट पूरा गर्न ६ वर्ष ३ दिन लागेको थियो भने सन्दीपले ६ वर्ष १६ दिनमा यो उपलब्धि हासिल गरेका छन् ।

सन्दीपपछि यो सूचीमा श्रीलंकाका वानिन्दु हंसरंगा रहेका छन् । उनले ६३ खेल खेल्दै सय विकेट पूरा गरेका छन् ।

Advertisement

यस्तै पाकिस्तानका हरिस राउफले ७१ खेलमा सय विकेट पूरा गरेका छन् । यस्तै छिटो सय विकेट लिने सूचीको पाँचौ स्थानमा छन् आयरल्याण्डका मार्क एडेयर । उनले ७२ खेलमा सय विकेट पुरा गरेका छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top