×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगर महानगरको कार्यालय खर्च ५९ करोड, कस्तो आयो बजेट ?

११ असार २०८१

१० असार , विराटनगर ।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा आउँदो आवको बजेट पेस गरेकी हुन् । बजेट प्रस्तुतका क्रममा कार्कीले लक्ष्यअनुसार महानगरको आम्दानी हुन नसकेको र आर्थिक संकटका कारण आगामी वर्षको नीति तथा कार्यक्रममा महानगरले नयाँ कार्यक्रम थप्न नसकेको बताएकी थिइन् ।

Advertisement
Advertisement

उनले पेस गरेको बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, ऋणको सावाँ र ब्याज भुक्तानीमा ५ करोड, चालु आव २०८०÷८१ को चालु खर्चतर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।विराटनगरले पेस गरेको बजेट कार्यान्वयनका लागि मूलतः सङ्घीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको अनुदानको भर परेको देखिन्छ ।

उपप्रमुख कार्कीले प्रस्तुत गरेको बजेटको स्रोत व्यवस्थामा सङ्घीय समानीकरण अनुदान ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार, राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार १ सय २६ रुपैयाँ, अन्तःशुल्कबाट ५ करोड ८५ लाख ४१ हजार २ सय ७९ रुपैयाँ, वन रोयल्टीबाट ५ लाख ८२ हजार ५ सय ९५ रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारीसाधन करबाट ३ करोड ८७ लाख १ हजार र मनोरञ्जन तथा विज्ञापन करबाट १ करोड, आन्तरिक आय १ अर्ब १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात २५ करोडको अनुमान गरिएको छ ।

यसैगरी, सङ्घीय सरकार ससर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान ७ करोड ५० लाख, समपूरक अनुदान १ करोड १० लाख, प्रदेश सरकार ससर्त अनुदानतर्फ ३ करोड ९० लाख ४३ हजार र प्रदेश सरकार समपूरक अनुदान २ करोड गरी कुल ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ आउने अनुमान विराटनगर महानगरपालिकाको छ ।

३४९ करोडको बजेट कार्यान्वयनका लागि विराटनगरले ११० करोड ८६ लाख आन्तरिक आयबाट उठाउने लक्ष्य राखेको छ । जबकि चालु आर्थिक वर्ष २०८०÷८१ का लागि विराटनगरले आन्तरिक आयतर्फ ८९ करोड ५० लाख अनुमान गरेकोमा २०८१ जेठ मसान्तसम्ममा ४१ करोड ९८ लाख २५ हजार रुपैयाँ मात्र उठेको थियो । यो कुल आन्तरिक आयको ४६.९० प्रतिशत मात्र हो ।

खर्चतर्फ भने उपप्रमुख कार्कीले पेस गरेको बजेटमा बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, मर्मत सम्भारतर्फका लागि १० करोड तथा भारी सवारीसाधन खरिदका लागि २ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै, सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रमतर्फ २० करोड ५७ लाख ९३ हजार, महिलालक्षित कार्यक्रमतर्फ ९९ लाख ५७ हजार, संघसंस्थातर्फ २ करोड ७० लाख बजेट रहेको छ । आदिवासी जनजाति, दलित, मधेशी तथा यौनिक तथा अल्पसङ्ख्यकतर्फ ६२ लाख ८६ हजार, बालबालिका लक्षित कार्यक्रमतर्फ ७० लाख ८० हजार, युवा विकास कार्यक्रमतर्फ ९५ लाख ८४ हजार, खेलकुद विकास कार्यक्रमका लागि १ करोड ८ लाख, रोजगार प्रवर्द्धन कार्यक्रमतर्फ ७० लाख ४६ हजार बजेट व्यवस्था गरिएको छ ।

यता, ज्येष्ठ नागरिकतर्फ ९ लाख ९५ हजार, अपाङ्गता क्षमता विकास कार्यक्रमतर्फ २८ लाख ८ हजार विनियोजन गरिएको छ । यसैगरी, आर्थिक विकास क्षेत्रअन्तर्गत कृषि विकासतर्फ १ करोड ३ लाख, पशुपक्षी तथा भेटेनरीतर्फ १ करोड ५३ लाख ९७ हजार, सहकारीतर्फ २४ लाख, उद्यमशील विकासतर्फ ५० लाख, उपभोक्ता हित संरक्षणका लागि ८ लाख ५० हजार, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख विनियोजन गरिएको छ ।

यसैगरी, वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रअर्न्तगत विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, वन वातावरण तथा जैविक विविधतातर्फ ३५ लाख ५० हजार तथा सरसफाइ कार्यक्रमतर्फ १ करोड ३० लाख विनियोजन गरिएको छ ।

यसैगरी, सुशासन तथा संस्थागत विकास क्षेत्रअर्न्तगत राजस्व सुदृढीकरणतर्फ ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनतर्फ ४० लाख, शहरी विकासतर्फ ९० लाख, सूचना तथा सञ्चारका लागि ६० लाख, सूचना तथा प्रविधितर्फ ८० लाख, सुशासन तथा सेवा प्रवाहमा १ करोड ८ लाख ४५ हजार, कानुन तथा न्यायतर्फ ७२ लाख ५० हजार, फोहोर पानी प्रशोधन केन्द्रतर्फ २ करोड ९५ लाख, भू–उपयोग, आवास तथा बस्ती विकास कार्यक्रमतर्फ ८५ लाख ४९ हजार, विद्युतीय कार्यक्रमका लागि २ करोड ९ लाख बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्ष ०८०÷०८१ का लागि महानगरपालिकाले ३ अर्ब ३६ करोड १७ लाख २५ हजार ६ सय २६ रुपैयाँ बराबरको बजेट ल्याएको थियो । अहिले महानगरपालिकाले बजेट बढाएर ल्याएको हो ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top