इजरेलले ५ सय नेपाली लैजाने, तलव मासिक २ लाख ११ हजार

११ असार ,काठमाण्डौ ।

अतिवादी समूह हमासविरुद्ध ८ महिना लामो समयदेखि युद्धमा होमिएको इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न आवेदन खुलेको छ । इजरायल सरकारसँग नेपाल सरकारले गरेको श्रम सम्झौताअनुसार सहायक कामदार (केयर गिभर) लागि वैदेशिक रोजगार विभागले ५ सय जनाको लागि आवेदन मागेको हो ।

अहिले ८ सयले आवेदन दिन पाउने र बाँकी ३ सयलाई वैकल्पिक उम्मेदवारको सूचीमा राखिने बताइएको छ । उनीहरूले त्यहाँ १ वर्षदेखि ५ वर्षसम्म काम गर्न पाउने छन् । ८ सय जनामा ४० प्रतिशत पुरुष र ६० प्रतिशत महिलाका लागि कोटा छ । केयरगिभरका लागि जाने नेपालीले ५ हजार ८८० सेकेल (इजरायली मुद्रा) महिनाको न्यूनतम तलब तोकिएको छ ।

यो नेपाली करिब २ लाख ११ हजार रूपैयाँ हुन्छ । केयर गिभरका लागि इजरायलमा काम गर्न जानको लागि २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने विभागको सूचनामा उल्लेख छ । यसका लागि केयर गिभरका लागि इजरायलमा काम गर्न जाने आवेदकले केयर गिभरसम्बन्धी ३ महिनाको तालिम लिएको हुनुपर्ने छ ।

२५ वर्षदेखि ४५ वर्षसम्मकाले आवेदन दिन सक्ने छन् । आवेदन दिन कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ सो सरहको शैक्षिक योग्यता भएको हुनुपर्ने छ । इजरेलमा कृषि अध्ययनकै क्रममा काम गर्न गएका १० नेपालीहरुले हमासको आक्रमणका ज्यान गुमाएका थिए ।

हमासको आक्रमणपछि बेपत्ता भएका एक नेपाली विपीन जोशी अझै बेपत्ता रहेका छन् । जोशीलाई हमासले बन्धक बनाएको अनुमानमा सरकारले रिहाइका लागि पहल गरिरेपनि अझै सफल हुन् सकेको छैन् । विपीनको खोजी र रिहाइका लागि नेपाल सरकारले इजरायल तथा खाडी राष्ट्रहरु कतार साउदी अरेबियामार्फत कुटनैतिक पहल गरेको छ ।

हमासले इजरायलमा गएको अक्टोबर ७ मा भीषण आक्रमण गरेको थियो । जसमा १२ सय जनाको ज्यान गएको थियो । त्यसपछिको इजरेलको हमासविरुद्धको प्रत्याक्रमणमा गाजापट्टीमा ३४ हजार बढीको ज्यान गइसकेको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top