NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने सोमवार कार्तिक १७ , २०८२
ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’ सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ? सोमवार कार्तिक १७ , २०८२
Next
Prev

समाचार

देउवा–ओलीको भेटले झस्किए प्रचण्ड, रास्वपा ब्याक भए एमाले–कांग्रेसले सरकार बनाउने ?

आइतवार असार १६ , २०८१
Reading Time: 1 min read
A A
रविमाथि कांग्रेसको छायाँ पनि पर्न नदिनेमा प्रचण्ड–ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ असार, काठमाण्डौ ।

सत्तारुढ तीन दल नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बालकोटमा भएको भेटले तरंग ल्याएका बेला प्रचण्डले ओली र रवि लामिछानेसंग भेट गरेका हुन् । सो क्रममा एमाले अध्यक्ष ओली पहिला सिंहदरबार पुगेका थिए ।

उनीहरुबीचको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । यद्यपी यो भेट देउवा र ओलीबीच भएको भेटवार्ताले सत्ता समीकरणमा फेरबदल हुन लागेको आशंकाबीच भएको हो । तर ओली अस्वस्थ भएका कारण देउवा उनलाई भेट्न पुगेको भनिएको छ । प्रचण्डले भने हिजो देउवासंगको भेटका बारेमा पनि ओलीसंग जिज्ञासा राखेका थिए ।

LS Auto

प्रचण्ड र ओलीबीच वार्ता चलिरहेका बेला रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने पनि मिसिएका थिए । यसबीच प्रधानमन्त्री दाहालसँग भेट गरेपछि पत्रकारहरुसंग ओलीले भेटवार्ता भइरहने भन्दै प्रतिक्रिया दिएका छन् । लामिछानेले पनि नियमित प्रक्रिया भएको बताएका छन् । यता हिजो ओलीनिवास बालकोट पुगेका देउवाले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको दाबी गरिएको छ ।

तर, ओलीले १८ असारपछि यसबारे छलफल गर्ने जवाफ देउवालाई दिएको बताइएको छ । यो गठबन्धनको किङमेकर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने छन् । तर गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले चर्काे आवाज उठाएको छ । साथै, उनको उक्त घटनाबारे अनुसन्धान गर्न संसदीय छानबिन समितिसमेत बनेको छ ।

त्यसैले दबाबमा परेका लामिछानेको निर्णयले प्रधानमन्त्री प्रचण्ड सरकारको आयु निर्धारणा गर्ने अवस्था छ । लामिछाने सहकारी ठगीमा नजोडिएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्रसम्बन्धी मुद्दा अहिले अदालतमा विचाराधीन छ । सर्वाेच्च अदालतले उक्त मुद्दाको पेसी १८ असारलाई तोकेको छ । त्यस दिन यदि गृहमन्त्री रविको विपक्षमा फैसला आएमा लामिछानेमाथि गम्भीर नैतिक संकट पर्ने विश्लेषण भइरहेको छ ।

त्यस्तो अवस्थामा उनीमाथि राजीनामाको विकल्प मात्रै बाँकी रहने अनुमान भइरहेको छ । त्यसैले लामिछानेको विपक्षमा आदेश आउँदा सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने र सरकारको भविष्य धरापमा पर्ने सम्भावना छ । लामिछानेको उक्त निर्णयपछि नयाँ गठबन्धन बन्ने अवस्था आएमा दुई ठूला दल मिलेर गठबन्धन बनाउन सकिने विषयमा ओली र देउवाले छलफल गरेको बुझिन्छ ।

रविले सरकार छोड्ने अवस्था आएमा त्यसको विकल्पका बारेमा सरकार र प्रतिपक्षहरू संवादमा छन् । केही समय पहिला माओवादी र कांग्रेस नेताहरू पनि संवादमा थिए । यदि दुई ठूला दलबीच नयाँ गठबन्धन भएमा अन्य साना दलको आवश्यकता पर्दैन । तर, एमाले नेताहरू यो भेटघाट सामान्य रहेको बताउँछन् ।

ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनसँंग धितोपत्रबोर्डको अध्यक्षको नियुक्तिलाई लिएर रुष्ट छन् । बोर्डमा ओलीले आफूनिकट व्यक्ति नियुक्त गर्न खोजेका थिए तर पुनले गर्दा प्रक्रिया नै रद्द भएको छ । त्यसपछि ओली झन् रुष्ट बनेको एमाले स्रोत बताउँछ । ओलीले सरकारले ल्याएको बजेटको पनि विरोध गर्दै आएका थिए ।

न्यायाधीश नियुक्तिमा पनि गठबन्धनमा कुरा मिलिनसकेको स्रोतको दाबी छ । यसबीच सत्ता गठबन्धनमा खासै देखिने गरी खटपट नभए पनि राजनीतिक रूपमा उलटफेर हुन सक्ने आशंका सुरु भएका छन् । राजदूत सिफारिसमा पनि एमालेले आफूलाई पेलेर बढी लिएको माओवादीको बुझाइ छ । यता एमाले–माओवादीबीच धेरै अन्तरविरोध नभए पनि बजेटको विषयलाई लिएर एमालेका नेताहरूले संसदमा नै असन्तुष्टि पोखेका थिए ।

केही दिनअघि प्रधानमन्त्री प्रचण्डले पार्टीको एक कार्यक्रममा माओवादीको ३२ सिटलाई जादुयी नम्बर भन्दै कांग्रेस र एमालेलाई मिलाएर खेलाउन सके पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका थिए । प्रधानमन्त्रीको त्यो भनाइले ओली र देउवा दुवैलाई झस्काएर चाँडै भेटाएको अर्थमा बुझ्न भने सकिने एमाले नेताहरूको भनाइ छ ।

प्रचण्डले त्यसो भनेलगत्तै एमाले अध्यक्ष ओलीले मदन भण्डारी जयन्तीका दिन पार्टी केन्द्रीय कार्यालय च्यासलबाट भूराजनीतिक शक्तिहरूका बारेमा अर्थपूर्ण टिप्पणी गरेका थिए । उनले भारत र चीन दुवैलाई चिढ्याएर वा एक वा अर्कोसँग नजिक भएर होइन समान दूरीमा रहेर नेपालले आफ्नो हितको रक्षा गर्नुपर्ने बताएका थिए ।

ओलीको पछिल्लो यो टिप्पणीलाई धेरैले बेवास्ता गरे पनि राजनीति र कुटनीतिका खेलाडीहरूले भने कांग्रेस–एमाले नजिक भएको अर्थमा बुझेका थिए । राजनीतिक स्थायित्व र अहिलेको चरम निराशा तथा निजी क्षेत्र धराशायी भएको अवस्थामा बलियो राष्ट्रिय शक्तिले देशको नेतृत्व गर्नुपर्ने एमालेको दृष्टिकोण छ ।

Tags: #एमाले–कांग्रेसको सरकार#देउवा–ओलीको भेटले झस्किए प्रचण्ड

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा
खेलकुद

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
ताजा समाचार

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.