सेवा प्रवाहमा सबैभन्दा बढी भूमिका स्थानीय सरकारको : मुख्यमन्त्री कार्की

१८ असार ८१, मंगलबार

१८ असार, विराटनगर ।

Advertisement

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्र र प्रदेशभन्दा जनताको सेवा प्रवाहमा बढी भूमिका स्थानीय तहको हुनेभएकाले यसलाई थप सक्षम र बलियो बनाउनुपर्ने बताएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षाण प्रतिष्ठान को आयोजनामा मंगलबारदेखि विराटनगरमा सुरु भएको न्यायिक समितिको तीन दिने कार्यशालाको उद्घाटन गर्दै उहाले स्थानीय तह जति धेरै सक्षम भयो जनताले उति नै बढी सेवा प्राप्त गर्ने बताए ।

Advertisement

स्थानीय तहसंग साधन स्रोतको पनि अभाव रहेको बताउँदै उहाले यस्तो अभावको अवस्थामा पनि जनतालाई सेवा दिन तत्पर स्थानीय तहलाई सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । जनताको सेवा प्रवाहमा प्रत्यक्ष भूमिका खेल्ने स्थानीय तहलाई थप बलियो बनाउन प्रदेश सरकार तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै उने स्थानीय तह जति सक्षम र बलियो भयो त्यति नै प्रदेश सरकारपनि बलियो हुने उल्लेख गरे ।

‘प्रदेशमा धेरै सेवा दिने ठाउँहरु छैनन् जनतालाई प्रत्यक्ष सेवा दिने थलो स्थानिय तह नै हो,’ उनले भने, ‘त्यसैले जतिधेरै स्थानीय तह सक्षम भयो उति नै जनताले बढी सेवा पाउँछन ।’ जनतालाई न्याय दिने कुरा चानचुने नभएको उल्लेख गर्दै उनले कुनै एउटा राजनितिक दलको चिन्हबाट निर्वाचन जितेर बायस नभइ न्याय दिनसक्नु ठूलो चुनौतीपुर्ण काम भएको बताए ।

Advertisement

उनले भने, ‘न्यायिक मनले वास्तविक पिडितलाई न्याय दिन सक्नुभयो भने तपाई वास्तविक जिवनमा सफल बन्नुहुनेछ ।’ कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले न्याय सम्पादन गर्ने काम अत्यन्तै चुनौतिपुर्ण रहेको बताए । जनताका कुरा सुनेर न्याय दिनु ठुलो जिम्मेवारी भएकाले स्थानिय तहका प्रमुखहरुले अधिकार दिएनन भनेर गुनासो गर्नुभन्दा भएको संवैधानिक र कानूनी अधिकारको सदुपयोग गर्ने क्षमताको विकास गर्न उनले उपप्रमुखहरुलाई आग्रह गरे ।

कार्यक्रममा कोशी प्रदेशको १४ वटै जिल्लाका स्थानीय तहका उपप्रमुखहरुको सहभागिता रहेको छ । कार्यशालामा न्याय सम्पादनमा देखिएका सामाजिक र राजनितिक समस्या तथा चुनौती, कोशी प्रदेशका स्थानिय तहको न्याय सम्पादनको अवस्था, उपप्रमुख तथा उपाध्यक्षहरुले न्यायिक सम्पादन प्रक्रियामा भोगेका समस्या र चुनौती लगायतका विषयमा छलफल गरिने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top