×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

एकीकृत समाजवादीले माधवलाई नै अध्यक्षमा रोज्ने

२१ असार २०८१

२० असार, काठमाण्डौ ।

नेकपा (एकीकृत समाजवादी) को जारी दशौं महाधिवेशनअन्तर्गत् आजबाट नेतृत्व चयन प्रक्रिया सुरू हुँदैछ । निर्वाचन समितिले आज बिहान ८ बजेबाट मनोनयन फारम बाँड्ने तयारी गरेको थियो । तर सहमतिको प्रयासका लागि निर्वाचन प्रक्रिया ढिलो सुरू हुने भएको छ । एकीकृत समाजवादीले २० पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने निर्णय यसअघि नै सचिवालय बैठकले गरिसकेको छ ।

Advertisement
Advertisement

यसका अतिरिक्त ४५ वर्ष मुनि उमेर समूहकालाई २० प्रतिशत प्रतिनिधित्व गराइँदैछ । बुधबार राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज नेतृत्व चयनमा केन्द्रित भएको हो । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । अध्यक्षका लागि निवर्तमान अध्यक्ष माधवकुमार नेपाल र निवर्तमान महासचिव घनश्याम भुसाल दाबेदार रहेका छन् ।

यस अघि नेता झलनाथ खनालले पनि अध्यक्षमा दाबी गरेकोमा अहिले भने उनी पछि हटेका छन् । महाधिवेशनको बन्दसत्रमा धेरै जसो प्रतिनिधिले अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई नै दोहोराएर नेतृत्व दिने सुझाव दिएपछि दुवैलाई सहमतिमै नेतृत्व चयन गर्न दबाब बढाइएको छ । पार्टीका दोस्रो तहका नेताहरुले नेपाल र भुसालबीच सहमति गराउने प्रयास गरिरहेको बताइएको छ ।

भुसालले भने अध्यक्ष नभए वरिष्ठ उपाध्यक्षको दाबी गरेका छन् । बुधबार राति महाधिवेशनको हल प्रज्ञा भवनमा तीन नेता, अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालबीच लामै संवाद भएको थियो । अध्यक्ष नेपालले आफ्नो नेतृत्व मानेर जान आग्रह गरेका थिए ।

उनले भूसाललाई वरिष्ठ उपाध्यक्ष अथवा महासचिवमध्ये रोजेर लिन र सहमतिको वातावरण बनाउन आग्रह गरेको बताइएको छ । यसमा भूसालले मान्नेबित्तिकै नेतृत्व चयन सहमतिउन्मुख हुने प्रतिनिधिको दाबी छ । तर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको दाबी रहेकाले भुसाललाई कार्यकारी अधिकारसहितको महासचिव बनाउन लागिएको बताइएको छ ।

यद्यपि भुसालले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो वरियतासहितको कार्यकारी पद दाबी गरेको बताइएको छ । महासचिव नै भए पनि वरियतामा सम्मानित नेताभन्दा पछि रहने अवस्थामा भुसालले माधव नेपाललाई समर्थन जनाउने भएका छन् ।

Advertisement

नेकपा एसका पदाधिकारी सर्वसम्मति पछि केन्द्रीय सदस्यहरूको मनोनयनपत्र दर्ता गराएर नेतृत्वले सर्वसम्मत गराउने तयारी छ । केन्द्रीय सदस्यमा भने निर्वाचन नै हुनेछ । निर्वाचन प्रयोजनका लागि ५० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । प्रतिनिधिहरूले डेमोसमेत गरिसकेका छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top