९ पटकको च्याम्पियन ब्राजिल कोपा अमेरिकाबाट बाहिरियो

२३ असार ८१, आइतबार

२३ असार, एजेन्सी ।

उरुग्वेसँग टाइब्रेकरमा पराजित हुँदै ९ पटकको च्याम्पियन ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

आज बिहान भएको खेलमा ब्राजिललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उरुग्वे सेमिफाइनलमा पुगेको हो ।

ब्राजिलका लागि पहिले पेनाल्टी प्रहार गर्न आएका एडेर मिलिटाओ र तेस्रो नम्बरमा आएका लुइसको प्रहार विफल हुँदा ब्राजिल अन्तिम ८ बाटै घर फर्किएको हो ।

उरुग्वेका जोसे मारियाबाहेक अन्य सबैले गोल गर्न सफल भए । निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

निर्धारित समयको ७४ औँ मिनेटमा उरुग्वे १० खेलाडीमा सिमित हुन पुग्यो । नहितान नान्देजले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि उरुग्वे १० खेलाडीमा समेटियो । यो पटक राम्रो खेल पस्कन नसकेको ब्राजिल अन्तिम चारमा पुग्न असफल रह्यो ।

उरुग्वेले अब फाइनल प्रवेशका लागि कोलोम्बियासँग खेल्नेछ । आजै भएको अर्को क्वार्टरफाइनलमा पानामालाई ५–० को फराकिलो अन्तरले हराउँदै कोलोम्बिया सेमिफाइनलमा पुगेको छ । योसँगै कोपा अमेरिकाको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनल खेल बुधबार र बिहिबार हुनेछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा भिड्नेछन् ।

उता नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड युरो कप फुटबलको सेमिफाइनलमा पुगेका छन् ।

गएराति भएको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्स अन्तिम चारमा पुगेको हो ।

सामेत अकादिनले ३५ मिनेटमा गोल गर्दै टर्कीलाई अग्रता दिलाएपनि नेदरल्याण्ड्सका स्टेफन दि भ्रिजले ७० मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

तर ७६ औँ मिनेटमा टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्स विजयी हुँदै सेमिफाइनलमा पुगको हो ।

अर्को खेलमा इङ्ग्ल्याण्डले पेनाल्टी सुटआउटमा स्वीटजरल्याण्डलाई ५–३ ले हरायो । नियमित समयको ७५ मिनेटमा स्वीटजरल्याण्डका एम्बोलोले गोल गरेर अग्रता दिलाएपनि त्यसको पाँच मिनेटमै इङ्ग्ल्याण्डका साकाले गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए ।

यसपछि थपिएको ३० मिनेटमा पनि खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । अब पहिलो सेमिफाइनलमा आउँदो बुधवार राति फ्रान्स र स्पेन तथा दोस्रो सेमिफाइनलमा बिहिवार राति इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सले खेल्नेछन् । युरो कप फुटबलको फाइनल खेल जुलाई १५ तारिखमा हुनेछ ।

सेमिफाइनलमा पुगेका टिम मध्ये स्पेन सबैभन्दा सफल टिम हो । स्पेन ३ पटकको च्याम्पियन हो भने फ्रान्स २ पटक च्याम्पियन बनिसकेको छ । अब यी दुई मध्ये एक टिम सेमिफाइनलबाटै बाहिरिने छ ।

यस्तै नेदरल्याण्ड्स एक पटकको विजेता हो भने इङ्ग्ल्याण्डले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top