NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

कञ्चनपुरमा भारी वर्षा,महाकालीको बाढी बस्तीमा,१६ सय विस्थापित

सोमवार असार २४ , २०८१
Reading Time: 1 min read
A A
बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक बेपत्ता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ असार ,काठमाण्डौ ।

कञ्चनपुर जिल्लाको दोधारा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको सूचना अनुसार त्यहाँ १०३ मिमि वर्षा मापन भएको हो । पछिल्लो २४ घण्टामा कञ्चनपुरको दोधारामा ५८८ मिमि, सुन्दरपुरमा ४०९ मिमि र हनमाननगरमा ५५८ मिमि वर्षा भएको छ । बाढी र डुबानको जोखिममा रहेका लागि सुरक्षित रहन आइतबार राति नै एसएमएस पठाइएको महाशाखाको भनाई छ ।

सो क्षेत्रमा थप वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा हाल जलसतह खतरा तह आसपासमा छन् । महाशाखाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन् ।

Advertisement

जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् । त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

त्यसैगरी उनले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा–१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताएका छन् । निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका जनाइएको छ । यस्तै कैलाली जिल्लाको मोहना नदी मालाखेती जलमापन केन्द्रमा बिहान ७ः३० बजे जलसतहले सतर्कता तह पार गरेको छ ।

नदी बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा रहनेहरूले आज साँझ सम्म उच्च सतर्कता अपनाउन भनिएको छ । यता बिहान काठमाण्डौको कपन, पानीपोखेरी लगायतका केही ठाउँमा पनि ठूलो पानी परेको छ । विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले टेकु दोभानसम्मको नदी तटीय क्षेत्रहरूमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैबीच मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ । तथापि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज पनि सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको कारण भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेको छ ।

खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ । भोली मंगलबार पनि सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Tags: # कञ्चनपुरमा भारी वर्षा#काठमाडौंमै बाढी#बाढी पूर्वानुमान महाशाखा#महाकालीको बाढी बस्तीमा#विष्णुमतीको जलसतह सतर्कता तह पार

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.