×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

किभमा भीषण आक्रमण चलिरहँदा मोदी–पुटिनबीच भलाकुसारी

२६ असार २०८१

२५ असार, विराटनगर ।

दुई दिने औपचारिक भ्रमणका लागि मस्को पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसी सेनामा रहेका भारतीयलाई फिर्ता पठाउनका लागि राष्ट्रपति भ्लादिमिर पुटिनलाई फकाउन सफल भएका छन् । मोदीसंगको भेटपछि रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएका हुन् । नरेन्द्र मोदी अहिले रूसमा छन् ।

Advertisement
Advertisement

सोमबार साँझ भएको रात्रीभोजमा पुटिन र मोदीबीच वार्ता भएको थियो । जसमा मोदीले भारतीय नागरिकलाई फिर्ता गर्न राष्ट्रपति पुटिन समक्ष अनुरोध गरेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ । उक्त अनुरोधसँगै रूसले युक्रेनविरूद्धको युद्धमा सहभागी भएका भारतीय नागरिकलाई फिर्ता गर्ने सहमति जनाएको हो । त्यस्तै उनीहरूलाई फिर्ता गर्न सहजीकरण समेत गरिदिने समाचारमा उल्लेख छ ।

एनडिटिभीका अनुसार कम्तिमा दुई जना भारतीय नागरिकको युद्धमा मृत्यु भएको छ । रुसमा ठूलो संख्यामा नेपालीहरु रुसी सेनामा भर्ती भएपनि उनीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारको पहल भने अझै प्रभावकारी बन्न सकेको छैन् । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले रुसी समकक्षी सर्जियो लाभरोभसँग टेलिफोन संवादमा नेपालीको स्वदेश फिर्ती र मृतकलाई क्षतिपूर्तिबारे ध्यानाकर्षण गराएपनि रुसले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छै्रन् ।

रुसी सेनामा अवैध रुपमा भर्ती भएका डेढ दर्जन नेपालीको मृत्यु भइसकेको छ भने केही नेपाली अझै युक्रेनमा बन्दी जिवन बिताइरहेका छन् । सरकारसँग रुसी सेनामा रहेका नेपालीको आधिकारिक तथ्याङ समेत रहेको छैन् । यसैबीच मोदी मस्कोमै रहेकाबेला सोमबार मात्रै रूसले युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणबाट कम्तिमा ४१ जनाले ज्यान गुमाएका छन् ।

झण्डै दुई सय जना घाइते भएका छन् । रुसले हिजो युक्रेनको राजधानी कीभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा हिजो दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । हिजोको आक्रमणमा ४१ जनाको ज्यान गएको र १ सय ८४ जना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ । मारिनेमा तीन जना बालबालिका रहेका छन् ।

कीभको ओखमाटित बाल अस्पतालमा भएको आक्रमणले ठूलो चिन्ता सृजना गरेको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेनेस्कीले बताएका छन् । रुसले युक्रेनका सबैजसो ठूला उर्जा केन्द्रमा आक्रमण गरेर जनजीवन कष्टकर बनाएको अवस्थामा अस्पताल लक्षित आक्रमणले थप चिन्ता थपेको उनले बताए । हिजो आक्रमणमा परेको बाल अस्पताल युरोपको सबैभन्दा महत्त्वपूर्ण अस्पतालमध्येकै एक थियो ।

यसले हजारौँ बालबालिकाको जीवन रक्षा र पुनर्स्थापना गर्दै आएको छ । हिजो रुसले युक्रेनका विभिन्न सहरमा ४० वटा भन्दा धेरै मिसाइल प्रहार गरेको खबरमा उल्लेख छ । हिजोको आक्रमणमा रुसले किन्जल हाइपरसोनिक मिसाइलको प्रयोग गरेको थियो । जुन रुसको सबैभन्दा उन्नत हतियार हो ।

Advertisement

किन्जल मिसाइल ध्वनिको गतिभन्दा १० गुणा छिटो उड्छ, यो मिसाइललाई रोक्न धेरै गाह्रो हुने युक्रेनी सेनाले जनाएको छ । पछिल्लो समय अमेरिका र युरोपले युक्रेनलाई अत्याधुनिक हतियार सहयोग गरेपनि रुसी सेनाको आक्रमण रोक्न हम्मेहम्मे परिरहेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top