विराटनगरको अरनिकोलाई ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’

विराटनगरको अरनिकोलाई ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’

२८ असार, विराटनगर । 

विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’ प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका आधारमा अरनिको आवासीय माविले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’ प्रदान गरेको हो ।

विसं २०३३ सालमा स्थापना भएको अरनिकोले आफ्नो लामो शैक्षिक इतिहास मात्र बनाएको छैन, उत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल उपलब्ध गराउँदै आएको विद्यालयका प्रिन्सिपल राजेश कार्कीले बताए । देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुको पंक्तिमा अरनिकोले आफूलाई पनि स–गरौव उभ्याएको उनले बताए ।

अरनिकोले कक्षा ११ र १२ मा विज्ञान, व्यस्थापन , कम्प्युटर साइन्स र होटल व्यवस्थापनका कक्षा सञ्चालन गर्दै आएको छ । यस विद्यालयले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी रहेको समेत कार्कीले बताएका छन् ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.