ओली आइतबार बिहान प्रधानमन्त्री बन्दै

२९ असार ८१, शनिबार

२९ असार,काठमाण्डौ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अबको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी भोलि बिहान प्रधानमन्त्रीमा नियुक्त हुने छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठन गर्न आह्वान गरेका थिए । सोही अनुसार ओलीलले शुक्रबार साँझ नै प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेस गरेका हुन् । उनले पेस गरेको दाबीपत्रमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूबाट मिति २०८१।०३।२८ गतेका दिन नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नको लागि दाबी पेश गर्न आह्वान भएकोमा सो समय सीमाभित्रै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने निम्न दलहरूको समर्थनमा प्रतिनिधि सभामा स्पष्ट बहुमत सहित नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य श्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा हामीहरूको समर्थन भएको व्यहोरा अनुरोध गर्दछौं।

हामी हस्ताक्षरकर्ता दलको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य संख्या कुल प्रतिनिधि सभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँलाई नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिदिनु हुन अनुरोध गर्दछौं।’ ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका हुन् । यसो हुँदा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार बिहान प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

ओलीले भोलि दिउँसो प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको पनि राष्ट्रपतिको सचिवालयले जनाएको छ । पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । यो धाराअनुसार दुई वा दुईभन्दा बढी दलले मिलेर सरकार बनाउन सक्छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’२०७९ पुस १० गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी मिति २०८१÷३÷३० गते आइतबार अपराह्न ५ः०० बजे भित्र पेस गर्न आह्वान भएको छ।’

अर्को सरकार गठन नभएसम्मका लागि ’प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदलाई नै कार्य सञ्चालन गर्ने जिम्मेवारी राष्ट्रपति पौडेलले तोकेका छन् । प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नआएपछि प्रचण्ड पदमुक्त भएका हुन्। बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्थ्यो ।

शुक्रबार २५८ जना सांसद उपस्थित रहेकोमा प्रधानमन्त्रीको प्रस्तावका पक्षमा जम्मा ६३ मत परेको थियो भने विपक्षमा १९४ मत परेको थियो । प्रस्तावमा मत दिन्नँ भन्नेमा जम्मा १ मत परेको थियो । गत असार १७ गते संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्नेलगायत सहमति बनेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top