NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

निर्वाचनको प्रचारमा साना दललाई सकस

आइतवार मंसिर १७ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

भक्तपुर, १७ मंसिर  ः मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा साना दललाई सकस परेको छ ।

मतदातादेखि सञ्चारमाध्यमले बेवास्ता गरेको र ठूला दलले गरेको आचारसंहिताविपरीतको प्रचारले सकस परेको साना दलका उम्मेदवारको गुनासो छ ।

राष्ट्रिय जनमोर्चा नेपालबाट क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार शिवहरि खनालले साना दललाई प्रचारप्रचारमा निकै समस्या परेको बताउँदै पार्टी अस्तित्व जोगाउनका लागि उम्मेदवारी दिएको बताउनुभयो । निर्वाचनमा साना दलले ठूला दलको दाँजोमा पैसा खर्च नसक्दा प्रचारमा पछाडि परेको उहाँको भनाइ छ । सञ्चारकर्मीसमेत ठूला दलका पछि लाग्दा साना दलको चुनावी कार्यक्रम ओझेलमा परेको खनालको भनाइ छ ।

Advertisement

विवेकशिल साझा पार्टीबाट क्षेत्र नं २ प्रदेश (ख) मा उम्मेदवारी दिनुभएका कालीचरण कार्कीले ठूला दलले आचारसंहिता उल्लंघन गरेर प्रचार गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला र पैसा हुनेले यहाँ जे गर्दा पनि हुँदोरहेछ, आचारसंहिता उल्लंघन गरेर प्रचार गर्दा पनि कारबाही हुँदैन, हामी साना दललाई प्रचारमा समेत समस्या परेको छ ।”

विवेशशिल साझा पार्टीकै क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार शशिविक्रम कार्कीले ठूला दलले पैसा खर्च गरेर तडकभडकको प्रचार गरे पनि आफ्नो पार्टीले साइकल चढेर प्रचार गरेको बताउनुभयो ।

संघीय समाजवादी फोरमका क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार कृष्णबहादुर घजुःले साना दलका घोषणापत्र राम्रो भए पनि प्रचारमा कठिनाइ आएको बताउनुभयो । उहाँले ठूला दलले आचारसंहिताविपरीत बजारभरि पोष्टरदेखि तुल र ब्यानरसहित प्रचार गर्दैआएको बताउनुभयो ।

एकीकृत राष्ट्रिय जनता पार्टीकी क्षेत्र नं २ प्रदेशसभा ‘ख’ उम्मेदवार दुर्गा खत्रीले साना दललाई प्रचारप्रसारमा कठिनाइ भएको बताउनुभयो । पार्टीको अस्तित्व समाप्त नहोस् भनेर चुनाव लडेको उहाँको भनाइ छ । साना दलका उम्मेदवार हुन वा स्वतन्त्र उम्मेदवारले समेत प्रचारप्रचार प्रभावकारी ढंगले गर्न नसक्दा मतदातामाझ पछाडि परेको बताएका छन् । कतिपय स्वतन्त्र उम्मेदवारले लहलहैमा उम्मेदवारी दिए पनि प्रचारप्रसार गर्न नसक्दा चुनावबाटै अत्याश लागेको बताएका छन् ।

भक्तपुरमा विशेषगरी लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र नेमकिपाले व्यापकरुपमा घरदैलो, आमसभादेखि विभिन्न प्रक्रियाबाट प्रचारप्रसार तीव्र पारे पनि साना दल र स्वतन्त्र उम्मेदवारले भने प्रचारप्रसार गर्न र आफ्ना चुनावी घोषणापत्र जनतामाझ प्रभावकारीरुपमा लैजान नसक्दा पछाडि परेका छन् ।
रासस

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.