×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026

अमेरिकामा राष्ट्रपतिहरु नै किन भए असुरक्षित ?

३१ असार २०८१

३० असार , विराटनगर ।

नोभेम्बरमा नयाँ राष्ट्रपति छान्ने दिन नजिकिदै गर्दा अमेरिकामा यतिबेला चुनावी चहलपहल निकै बढेको छ । यद्यपी हालका राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नै त्यहाँ मुख्य प्रतिष्पर्धी हुन् ।

यस मानेमा चाहीँ उनीहरुको कार्यकाल नयाँ हुने भएपनि राष्ट्रपतिको अनुहार भने पुरानै हो । तर पछिल्ला दिनहरुमा कमजोर प्रस्तुति र उमेरलाई लिएर उमेद्वारीबाट नै पछि हट्न बाइडेनलाई दबाव परेको छ ।

उनले उमेद्वारी फिर्ता लिए डेमोक्र्याटिकबाट हालकी उपराष्ट्रपति कमला ह्यारिस ट्रम्पको प्रतिष्पर्धी बन्नेछिन् । यता ट्रम्प भने चुनावी र्यालीकै क्रममा आज बालबाल बाँचेका छन् । उनीमाथि ज्यान लिने उद्येश्यले गोली प्रहार भएको छ ।

गोलीले उनको कानलाई छोएर निस्किएको छ । घटनास्थलमा अनुहार रगतले लतपत देखिएका उनको स्वास्थ अवस्था भने ठिक रहेको बताइएको छ । यता गोली हान्नेको पनि तत्कालै इन्काउन्टरमा परेर ज्यान गएको छ ।

सो क्रममा एक सर्वसाधारणको मृत्यु भएको छ र एकजना गम्भीर घाइते रहेको बताइएको छ ।अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले पूर्वराष्ट्रपतिलाई गोली हान्ने व्यक्तिको पहिचान पनि सार्वजनिक गरेको छ ।

एफबीआईका अनुसार ट्रम्पलाई मार्ने प्रयास गर्ने व्यक्ति २० वर्षीय थोमस म्याथ्यु क्रुक्स हुन् । र क्रुक्स पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा थिए । जुन बटलर अर्थात र्याली स्थानबाट ७० किलोमीटरको दुरीमा छ ।

उनले किन ट्रम्पमाथि गोली चलाए भन्न चाहीँ अहिलेसम्म खुलेको छैन । अमेरिकी इतिहास हेर्ने हो भने राष्ट्रपति वा पूर्व राष्ट्रपतिमाथि हमला भएको यो पहिलो पटक भने होइन । अमेरिकामा यस्ता राष्ट्रपतिहरुको लामै सूची छ जसमाथि गोली प्रहार भएको छ ।

यस्तो घटना पहिलो पटक सन १८३५ मा भएको थियो । जतिबेला एक ब्यक्तिले तत्कालीन राष्ट्रपति एंड्रयू ज्याक्सनको ज्यान लिने असफल प्रयास गरेका थिए । घटनाका बेला ज्याक्सन एक अन्तिम संस्कारमा भाग लिन गएका थिए ।

त्यतिबेला उनीमाथि २ पटक फायरिंग भएको थियो । भाग्यवस दुवै पटक मिसफायर भएको थियो । अमेरिकामा यसप्रकारले राष्ट्रपतिको हत्याकै पहिलो घटना भने सन १८६५मा भएको थियो । अब्राहम लिंकन यसको पहिलो शिकार भएका थिए ।

गृहयुद्ध अन्त्य भएपछि वाशिंगटन डी.सी.को फोर्ड थिएटरमा एक प्रस्तुतिका क्रममा जन विल्क्स बूथले लिंकनको टाउको पछाडी पट्टी गोली हानेका थिए । त्यसपति बूथ घटनास्थलबाट भागे ।

केही सातापछि भर्जिनियामा उनी पक्राउ परे र उनलाई गोली हानेर मारिएको थियो । यता गोली लागेको १२ घण्टाभित्रमा लिंकनको पनि ज्यान गएको थियो । त्यसपछि यस्तै प्रकारको दोस्रो घटना जेम्स गारफील्डमाथि भएको थियो ।

सन १८८१ जुलाईमा जब उनी वाशिंगटन डी.सी. को एक रेलवे स्टेशनमा थिए त्यतिबेला उनीमाथि गोली प्रहार भएको थियो । यद्यपी उनको मृत्यु त्यतिबेलै भएको होइन । तर त्यसपछि धेरै दिन उनी बाँचेनन् ।

उनलाई गोली हान्ने उनकै एक पूर्व समर्थक चार्ल्स गुइटो थिए, जो मानसिक रोगी पनि थिए । चाल्र्स गारफील्ड प्रशासनमा नोकरी नपाएका कारण रुष्ट थिए । उनलाई पनि मृत्युदण्ड दिइएको थियो ।

त्यसपछि सन १९०१ मा अमेरिकी राष्ट्रपति विलियम म्याककिन पनि यस्तै घटनाको शिकार भए । उनलाई उनको दोस्रो कार्यकालको ६ महिनापछि एक सार्वजनिक प्रदर्शनीमा गोली हानिएको थियो ।

हमलाको एक सातापछि उनको ज्यान गएको थियो । अमेरिकामा हत्या हुने चौथौ राष्ट्रपतिको रुपमा जोन एफ केनेडी हुन् । उनलाई एक पूर्व नौसैनिक ली हार्वे ओसवाल्डद्वारा गोली हानिएको थियो ।

स्नाइपर ओसवाल्डले नोभेम्बर १९६३ मा डलासमा एक पब्लिक कार र्यालीको दौरान जब केनेडी एक छत खुला भएको लिमोसिनमा सवार थिए त्यतिबेला नजिकैको गोदामको छटौं तलाबाट गोली हानेका थिए ।

ओसवाल्ड सोभियत समर्थक थिए, उनलाई हमलाको केही दिनपछि पक्राउ गरिएको थियो । यस्तै ट्रम्पजस्तै गरि सन १९१२ मा जब पूर्व राष्ट्रपति थियोडोर रूजवेल्ट दोस्रो पटक राष्ट्रपति बन्नका लागि चुनावी अभियानमा थिए, त्यतिबेला मिल्वौकीमा एक भाषणका लागि गइरहेका बेला एक सैलून संचालकले उनलाई गोली हानेको थियो ।

यद्यपी उनी यो हमलामा बचेका थिए । गोलीबारीका बावजूद उनले भाषण पनि गरे । यस्तै १९३३ मा मायामीमा फ्रंयाकलिन डी. रूजवेल्टमाथि पनि हमला भएको थियो ।

रूजवेल्टको मृत्युपछि राष्ट्रपति पद सम्हालेका ह्यारी ट्रूम्यानको पनि १९५० मा प्यूर्टो रिकान राष्ट्रवादिहरुद्वारा व्हाइट हाउसकै अगाडी गोली हानिएको थियो ।

यस्तै १९७२ मा अलबामाका गभर्नर जर्ज वालेस तेस्रो राष्ट्रपति पदका लागि चुनाव प्रचारमा थिए, त्यतिबेला उनलाई वाशिंगटन डीसी बाहिर गोली लागेको थियो । जसका कारण उनको कमर मुनीको भागमा प्यारालाइसिस भएको थियो ।

यस्तै सेप्टेम्बर १९७५ मा राष्ट्रपति गेराल्ड फोर्डमाथि क्यालिफोर्नियामा २ पटक हमला भएको थियो । दुवै पटक उनी बचेका थिए । सन १९८१ म पनि राष्ट्रपति रोनाल्ड रीगनमा वाशिंगटन डीसीमा हिल्टन बाहिर हमला भएको थियो ।

यो हमलामा उनका प्रेस सचिव जेम्स ब्राडी, रीगनको तुलनामा अधिक गंभीर रूपले घाइते भएका थिए । यस्तै सन २००५ मा जर्ज डब्ल्यू बुशमाथि जब उनी जर्जियाको तिबिलिसीमा भाषण गर्दै थिए त्यतिबेला हमलामा परेका थिए ।

यो घटनामा उनको मञ्चमा ग्रेनेड फालिएको थियो । यो हमलामा कयौं मानिसहरु पनि घाइते भएका थिए । पछिल्लो पटक पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पनि यस्तै घटनाहरुको लहरोमा सूचीबद्ध भएका हुन् ।

आफूलाई गोली लागेपछि ट्रम्पले भगवानले अमेरिकाको रक्षा गरुन् भनेका छन् । यस्तै राष्ट्रपति जो बाइडेनले पनि अमेरिकामा यस्ता हिंसाका घटनालाई ठाउँ नदिने बताएका छन् भने पूर्व राष्ट्रपति बराक ओबामाले पनि यसको निन्दा गरेका छन् ।

चुनावको मुखमा बाइडेनलाई कडा टक्कर दिन सक्ने र जसरी पछिल्लो समय बाइडेनको उमेद्वारी फिर्ताको माग बढिरहेका, एकथरीले ट्रम्पले बाइडेनलाई सजिलै हराउन सक्ने आँकलनहरु गरिएका बेला ट्रम्ममाथि भएको यो हमलाको संकेत र उद्येश्य के हो ।

मारिएका हत्या आरोपी एक्लै यो घटनामा संलग्न छन् वा पर्दा पछाडी अरु नै छन् ? डोनाल्ड ट्रम्प नै हत्या हुने वा यसको प्रयास हुने राष्ट्रपतिको सूचीमा किन परे ? यसले आगामी चुनावमा कस्तो असर गर्छ ? अमेरिकामा अहिले यस्ता थुप्रै प्रश्नहरु उठिरहेका छन् ।

र समग्रमा यस्ता गोलीकाण्ड वा चक्कु वा अन्य हतियार प्रहारबाट अमेरिकामा सर्वसाधारण, विद्यार्थी, बालबालिकाहरु समेत, धेरै त सामुहिकरुपमा नै मारिने गरेका समाचारहरु आइरहेका बेला अब पूर्वराष्ट्रपति जो भावी राष्ट्रपतिका पनि उम्मेदवार हुन् उनीमाथि भएको आक्रमणले बाइडेन प्रशासनमाथि पुनः प्रश्न खडा भएको छ ।

यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top